अर्थतन्त्र

नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३ दशमलव ७० अङ्कले ओरालो लागेर दुई हजार ९७ दशमलव २९ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२ दशमलव २३ अङ्कले ओरालो लागेर तीन सय ९० दशमलव ५२ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । कूल एक करोड १३ लाख २३ हजार एक सय ८३… पुरा पढौ

एकैदिन ५७ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । पछिल्ला कारोबार दिनमा धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार उकालो लागेको छ । गएको बिहीबारदेखि लगातार उकालो लागेको परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार ५६.९४ अङ्क बढेर बन्द भएको छ । सोमबार (हिजो) नेप्से साढे ११ अङ्कले वृद्धि भएर बन्द भएको थियो । साताको पहिलो कारोबार दिन आइतबार ६२.२१ अङ्कले बढेर बन्द भएको थियो । मंगलबार नेप्से परिसूचक २.६७ प्रतिशतले वृद्धि भएर २१८६.३६ विन्दुमा बन्द भएको छ । कारोबार रकम पनि वृद्धि भएको छ । यस दिन… पुरा पढौ

नेप्सेमा ६२ अंकको वृद्धि, ६ अर्बमाथिको सेयर कारोबार

काठमाडौँ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइबार चार महिनायताकै उच्च विन्दुमा पुगेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा बन्द भएको छ । यो विन्दु फागुन २ गतेयताकै उच्च हो । फागुन २ गते नेप्से परिसूचक २१०५.४६ विन्दुमा बन्द भएको थियो । त्यसयताका दिनमा नेप्सेले उक्त विन्दु पार गर्न सकेको थिएन । आज कारोबार रकम पनि पाँच महिनायताकै उच्च छ । पुस २८ गते पाँच अर्ब ४७ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार… पुरा पढौ

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । परिसूचक १४ दशमलव ०५ अङ्कले घटेर दुई हजार ५० दशमलव ७८ को बिन्दुमा कायम भएको हो । आज विभिन्न दुई सय ७१ कम्पनीका ८६ लाख ५१ हजार एक सय ६४ कित्ता शेयर रू तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार दुई सय ६० बराबरको कारोबार भएको छ । यो दिनको कारोबारमा होटल तथा पर्यटन, जीवन बीमा उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलब ५६ अङ्कले ओरालो लागेर दुई हजार ६४ दशमलब ८३ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलब ३६ अङ्कले ओरालो लागेर तीन सय ८८ दशमलब शुन्य दुईमा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा १० उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ… पुरा पढौ

रोकिएको ब्रोकर लाइसेन्स प्रक्रिया खुलाउन अर्थ समितिको निर्देशन

काठमाडौँ, ५ असार । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले रोकिएको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स)को प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । अर्थ समितिको आजको बैठकले विधि र प्रक्रिया पुर्‍याएर लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको हो । धितोपत्र दलाल तथा व्यापारीलाई मापदण्ड र विधि पूरा गरी इजाजत दिन निर्देशन दिइएको समितिका ज्येष्ठ सदस्य सन्तोष चालिसेले जानकारी दिए । अर्थ समितिको जेठ २९ गतेको बैठकले धितोपत्र दलाल… पुरा पढौ

गण्डकीमा दोस्रो पञ्चवर्षीय योजना तर्जुमा थालिने

कास्की । गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०८१÷८२–२०८५÷८६) तर्जुमा थाल्ने भएको छ । सरकारको आव २०८०÷८१ को बजेटमा प्रदेशको समग्र विकासलाई प्रभावकारी बनाउन पहिलो पञ्चवर्षीय योजनाको मध्यावधि समीक्षाबाट प्राप्त अनुभव र यसको मूल्याङ्कनबाट प्राप्त पृष्ठपोषणका आधारमा प्रदेशको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा थालनी गरिने उल्लेख छ । यसका लागि बजेटको व्यवस्था गरिएको अर्थमन्त्री जीतप्रकाश आलेले बताए । बृहत् लगानीयोग्य आयोजनाको पहिचान र प्रादेशिक अर्थतन्त्रको सवलीकरणका लागि स्वदेशी तथा विदेशी लगानीलाई आकर्षण गर्न नीतिगत तथा कानुनी व्यवस्था र लगानीमैत्री… पुरा पढौ