अर्थतन्त्र

सामान्य अङ्कले घट्यो नेप्से

काठमाडौँ, २७ वैशाख । शेयर बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव ४३ अङ्कले घटेर एक हजार आठ सय ४१ दशमलव ९३ अङ्कमा कायम भएको हो । आज दुई सय ६५ वटा कम्पनीको १९ लाख ४२ हजार छ सय २६ कित्ता शेयर रकम रू ५८ करोड ९१ लाखमा कारोबार भएको छ । विभिन्न समूहको उपसूचक हेर्दा आज निर्जीवन बीमा समूह ३० दशमलव ८३ अङ्क र उत्पादन तथा प्रशोधन समूह २६ दशमलव… पुरा पढौ

हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन

काठमाडौँ । वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमासमेत योगदान पुग्छ । यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि नेपालसहित ८० देशका नागरिकले पर्यटन विभागबाट अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्रै नेपालसहित ६५ देशका नागरिकले अनुमति पाएका छन् । विभागको पर्वतारोहण शाखाका अनुसार हिमाल आरोहण अनुमतिबाट हालसम्म ७४ करोड छ लाख राजस्व सङ्कलन भएको छ । सगरमाथाबाट मात्रै ६५ करोड पाँच लाख राजस्व जम्मा भएको… पुरा पढौ

दोहोरो अङ्कले बढ्यो नेप्से

साताको पहिलो दिनबाट लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १० दशमलव ६६ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ३६ अङ्कमा पुगेको छ । आजको कारोबारमा विभिन्न दुई सय ६९ वटा कम्पनीका २८ लाख ३६ हजार एक सय ३९ कित्ता शेय रु ७७ करोड ४७ लाख ६० हजार छ सय ४७ बराबरको कारोबार भएका छन् । सबै समूहको उपसूचकमा हरियाली देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ७५… पुरा पढौ

ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री महत

काठमाडौँ, २६ वैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताएका छन् । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी आजको छलफलमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले सो कुरा बताएको हो । उनले विशेष परिवेशमा आगामी आर्थिक वर्षको बजेट आउन लागेको उल्लेख गर्दै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे । सांसदहरुले महत्वपूर्ण सुझाव दिएको उल्लेख गर्दै… पुरा पढौ

नेप्सेमा १६ दशमलव ९३ अङ्कको गिरावट

काठमाडौँ, २५ वैशाख । पुँजीबजारमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ९३ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ६९ अङ्क कायम भएको हो । आज दुई सय ७० कम्पनीको २८ लाख १० हजार छ सय २७ कित्ता शेयर २५ हजार पाँच सय ८८ पटक खरिदबिक्री हुँदा रू ८२ करोड ४२ लाख १७ हजार बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ, २१ वैशाख । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर एक हजार आठ सय ६९ दशमलब ७३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव शून्य सात अङ्कले बढेर तीन सय ५७ दशमलव ९१ अङ्कमा पुगेको छ । नेप्सेका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको सुधार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ३६ अङ्कले बढेर एक हजार नौ सय पाँच दशमलव ६८ को विन्दुमा पुगेको हो । आज दुई सय ६५ वटा कम्पनीको २७ लाख पाँच सय ७० कित्ता शेयर २७ हजार सात सय ६६ पटक खरिदबिक्री हुँदा रु ८८ करोड ५५ लाख ७८ हजार बराबरको कारोबार भएको छ । आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव एक अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको… पुरा पढौ