कालीकोट । खाँडाचक्र नगरपालिका-१ स्थित पञ्चदेव माध्यमिक विद्यालयमा बहु प्राविधिक शिक्षालय, आवासीय र प्रशासनिक भवन निर्माण भएका छन् । विद्यालयका शिक्षालय, आवासीय र प्रशासनिक गरी तीनवटै भवन रु. दुई करोड ३५ लाख २२ हजार ३९ को लागतमा निर्माण भएको प्रधानाध्यापक बिनाकुमारी शाहीले जानकारी दिइन् । “संघीय सरकार र प्रदेश सरकारमार्फत आएको बजेटले प्रशासनिक भवन, बहु प्राविधिक शिक्षालय भवन र आवासीय भवन निर्माण थालिएको थियो,” उनले भनिन्, “तीनवटै भवन निर्माण भएपछि आइतबार कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले…
पुरा पढौ