शिक्षा

कर्मफ्लाइट्सद्वारा रुकुम पूर्वका १७३३ जना बालबालिकालाई न्यानो ज्याकेट र पुस्तकालय वितरण

पोखरा । कर्मफ्लाइट्स फाउण्डेसन नेपालले लुम्बिनी प्रदेश अन्तर्गत पर्ने रुकुम (पूर्वी भाग)का २२ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई हालै न्यानो ज्याकेट वितरण गरेका छन् । रुकुमको पुथा उत्तरगङ्गा गाउँपालिकाका २२ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गत डिसेम्बर ५ देखि १७ तारिखसम्म पैदल यात्रा गरि सम्बन्धित विद्यालयमै पुगेर न्यानो ज्याकेट वितरण सम्पन्न गरिएको फाउण्डेसनले जनाएको छ । कर्मफ्लाइट्स फाउन्डेसन नेपाल, एसडब्लूएन र मेटल फर नेपालको आर्थिक साझेदारी, कर्मफ्लाइट्सको व्यवस्थापन तथा पुथा उत्तरगङ्गा गाउँपालिकाको समन्वयमा हिमाली जिल्ला रुकुम (पूर्वी भाग)का विद्यार्थीको पठन अभियानमा सहजीकरण… पुरा पढौ

विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द

बागलुङ । विद्यार्थी सङ्ख्या न्यून भएपछि यहाँको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् ।  नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने बाँकी पाँच विद्यालय आगामी शैक्षिक सत्रदेखि बन्द गर्नेगरी समायोजन गरेको छ । पाँच विद्यालयका शिक्षक दरबन्दी अन्यत्र मिलान गरिएको छ । पाँच विद्यालयमा एकजना मात्रै दरबन्दी कायम गरिएको छ ।  नगरपालिकाले विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्यान्वयन निर्देशिका २०८० अनुसार आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी पाँचवटा विद्यालय समायोजन गर्ने निर्णय गरेको जैमिनी नगरपालिकाका उपप्रमुख… पुरा पढौ

पोखरामा सामुदायिक विद्यालय छोराछोरी पढाउने अभिभावकको नि:शुल्क बीमा 

कास्की । पोखरा महानगरपालिका-१२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाएका सबै अभिभावकको नि:शुल्क पारिवारिक स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ ।  सरकारी विद्यालयहरूप्रति आकर्षण वृद्धि गर्नका लागि चालू आर्थिक वर्षदेखी कार्यान्वयन हुने गरी सो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए। यस कार्यक्रमबाट सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको शिक्षा र स्वास्थ्य दुवै निःशुल्क हुने उनले बताए। वडाध्यक्ष बास्तोलाले भने ,“सरकारी विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरेर विद्यार्थी आकर्षण बढाउने गरी हाकीले काम गरिरहेका छौँ । सोही अनुसार वडामा स्थायी बसोबास रहेका र सामुदायिक… पुरा पढौ

देउसीभैलोबाट क्याम्पसलाई ४० लाख जुट्यो

म्याग्दी । ग्रामीण क्षेत्रमा समुदायस्तरबाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापनाका लागि तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलोबाट रु ४० लाख सहयोग जुटेको छ । मङ्गला गाउँपालिका–२ बाबियाचौरको लाम्पाटामा रहेको क्याम्पसले सेवा क्षेत्रमा तिहारको अवसर पारेर देउसीभैलो कार्यक्रमबाट जुटेको उक्त रकम अक्षयकोषमा बचत गर्ने जनाएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बुधबारसम्म देउसीभैलोबाट रु ४० लाख सहयोग जुटेको जानकारी दिए । “रु दुई करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित सञ्चालन भएको अभियानमा देउसीभैलोसहित हालसम्म रु ५३ लाख जुटेको… पुरा पढौ

पाँच दिवसीय अन्तराष्ट्रिय शिक्षक तालिमको पोखरामा शुभारम्भ

पोखरा । राष्ट्रिय शिक्षक सीप विकास फाउन्डेसन (एन्फोर्स्ड्ट) कास्कीले कर्मफ्लाइट्स र थिओले फाउन्डेसनसँगको सहकार्यमा ‘समावेशी प्रारम्भिक शिक्षामा अभिभावकको संलग्नता’ भन्ने विषयमा केन्द्रित रहेर पोखरामा २ वर्षे शिक्षक प्रशिक्षण शृङ्खलाको तेस्रो मोड्युल सुरु गरेको छ । पोखरा–११ फूलबारीस्थित भास्कर मेमोरियल स्कुलमा कात्तिक २० देखि २६ गतेसम्म सञ्चालन हुने यस कार्यक्रमले शिक्षकहरुलाई अभिभावकहरुसँग बलियो सम्बन्ध विकास गर्ने रणनीतिका साथ प्रशिक्षित गर्ने र विद्यार्थीको विकासका लागि सहयोगी वातावरण सुनिश्चित गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ । शिवशक्ति क्याम्पसका विद्यार्थीसहित आठ साझेदार विद्यालयका २५… पुरा पढौ

गण्डकी कविता मञ्जरी सार्वजनिक

पोखरा । छन्दकवि पुण्यप्रसाद भट्टराईद्वारा लिखित `गण्डकी कविता मञ्जरी´ कविता सङ्ग्रह सार्वजनिक भएको छ । सिर्जनजनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराद्वारा शनिबार आयोजित एक कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व प्रा. डा. रामप्रसाद भट्टराईले उक्त कृतिको लोकार्पण गरेका हुन् । कृतिको लोकार्पण गर्दै भट्टराईले कृतिमा पूर्वीय दर्शन र जीवन जगतका विविध पक्षको चित्रण भएको बताए । कृतिमा विषयगत विविधता, छन्दगत अनेकता र शिल्पगत कुशलता रहेको भनी लेखकलाई बधाई दिनुका साथै साहित्यिक यात्राको शुभकामना व्यक्त गरे । कृतिका समीक्षक प्रा. डा. जगन्नाथ रेग्मीले लेखकलाई बहुआयमिक… पुरा पढौ

पहिरोमा हराएका एन्फा एकेडेमीका ६ छात्रको मृत्यु

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडानम्बरं–३ स्थित वल्सलादेवी माविमा अध्ययनरत एन्फा एकेडेमीका ४० बालक मध्य ६ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । अन्य ३४ बालक सकुशल रहेका छन् । कुलेखानी जलविद्युत आयोजनाको इन्द्र सरोवर भरिएर शनिवार बिहान जलाशयको २ वटै ढोका खोलिएपछि विद्यालयको छात्रावासबाट सुरक्षित स्थलतर्फ सार्न खोज्दा उनीहरूको पहिरोमा पुरिएर मृत्यु भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए । मृत्यु हुनेमा मकवानपुरका अनुप घलान, विवस बाँनिया, आदित्य बलम्पाकी, सर्लाहीका प्रियांक आचार्य, बाराका विकल रेग्मी र काठमाडौँका साइमन… पुरा पढौ