पोखरा । कर्मफ्लाइट्स फाउन्डेशन नेपालले नेपाल एपीएफ मुक्तिनाथ फिल्ड अस्पताल, मालेपाटनसँग संयुक्त रूपमा एकदिने पर्वतीय विपद् व्यवस्थापन र प्राथमिक उपचार सम्बन्धि तालिम सम्पन्न गरेको छ। गत मंगलवार पोखरामा सम्पन्न तालिममा सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) कालिका गण पोखराको विपद व्यवस्थापन टोली र नेपाल रेडक्रस सोसाइटी, कास्कीले म्यानिकिनसहितको सिपिआर सहयोग प्रदान गरेका थिए । जम्मा ३५ जना सहभागीमध्ये कर्मफ्लाइट्सका विपद् व्यवस्थापनमा सक्रिय स्टाफहरु, बोर्डका सदस्य, प्याराग्लाइडिङ पाइलटहरू, कर्मट्रे्क्ससँग आवद्ध गाइडहरू र एपीएफ अस्पतालका अग्रपंक्तिका सुरक्षाकर्मीहरू सक्रिय रूपमा संलग्न भएका थिए ।…
पुरा पढौ