मनोरन्जन

नायिका मिथिला शर्मालाई पुरस्कार

पोखरा, १३ फागुन । नायिका मिथिला शर्मालाई संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा सम्मान गरिने भएको छ । संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा संचालित ‘लालबहादुर चण्डेश्वरी ढेवाजू स्मृति संगीत पुरस्कार’बाट सम्मान गरिने भएको हो । उक्त पुरस्कार आउँदो २७ गते प्रदान गरिने छ भने पुरस्कारको राशी १ लाखको रहेको छ । यसअघि यस पुरस्कारबाट नेपाली संगीत जगतका प्रतिभाहरु स्वर्गीय अम्बर गुरुङ, अर्का प्रसिद्ध गायक दिप श्रेष्ठ र रन्जित गजमेर पुरस्कृत भइसकेका छन् । पुरा पढौ

मिडटाउन मुभि हलमा शनिवार कर्म क्याँ प्रदर्शन

पोखरा । गुरूङ फिल्म एशोशिएसनद्वारा पोखरा मिडटाउन मुभि हलमा शनिवार गुरुङ भाषा, कला र संस्कार संस्कृतिमा आधारित गुरुङ चलचित्र कर्म क्याँ अर्थात कर्मको बाटोको मिडिया माझ प्रदर्शन भयो । निर्देशक जसमाया गुरूङद्वारा निर्देशित कर्म क्याँ २५ वर्ष अगाडिको कथा रहेको छ । टिकट ‘पुस सेल’मा मात्र सीमित गुरूङ चलचित्रलाई नेपाली सिनेमाहरू जस्तै सबै दर्शकहरूले गएर हेर्न सकुन भन्ने अभिप्रायले जिफानको सहयोगमा प्रदर्शन गरिएको निर्देशक जसमाया गुरूङले बताइन् । गुरूङ भाषा तथा संस्कृतिमा आधारित फिल्मलाई खुल्ला प्रतिष्पर्धामा लैजाने उद्देश्यले कदम चालिएको… पुरा पढौ

एलिना गुरुङ भइन् नेपाल स्टार

नेपाल टेलिभिजनमार्फत प्रशारित ‘सिंगिङ रियालिटी शो’ नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङले जितेकी छन् । उनले अन्य ३ प्रतिस्पर्धी सुरेस लामा, सन्देश बमजन लामा र लक्ष्मण लिम्बुलाई पछाडी पार्दै उपाधि हात पारेकी हुन् । उपाधिसँगै उनले ३० लाख रुपैयाँ नगद पुरस्कार पनि पाएकी छन् । विजेता बनेसंगै एलिनाले १ करोड रुपैयाँ बराबरको इन्सुरेन्स पोलिसी पनि पाएकी छन् । यस्तै उपविजेता अन्य ३ जनाले जनही ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा निर्णायकका रुपमा संगीतकार आलोकश्री, गायक रामकृष्ण ढकाल… पुरा पढौ

आशिष गुरुङको ‘ए ङोल्स्यो नानी’ गीत सार्वजनिक

पोखरा । गायक आशिष गुरुङको ‘ए ङोल्स्यो नानी’ गीत सार्वजनिक गरिएको छ । सुपर युनिक फिल्मस् प्रा.लि.ले शनिवार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । आशिष गुरुङ र उषा गुरुङको स्वर तथा लालसुब्बा गुरुङको शब्द संगीत रहेको गीतमा कोरियोग्राफी गायक आशिष गुरुङले नै गरेका छन् । उक्त शीर्षकको गीतमा गायक स्वम् आशिष गुरुङ र अनु थापा मगरको अभिनय देख्न सकिन्छ । आशिषले यसअघि पनि ‘क्योँ खनर याले’ शीर्षकको गीतमा स्वर भरिसकेका छन् । मादी गाउँपालिका ११ भाचोकमा छायाङ्कन गरिएको… पुरा पढौ

नाटक अभिनय के हो ? मैले बुवाबाट थाहा पाएः कलाकार प्रकाश घिमिरे

प्रकाश घिमिरे पोखरेली सेरोफेरोमा उनलाई नचिन्ने सायद कमै होलान । पेशाले शिक्षक, उमेरले ६० को नेटो काटदै छ । ३७ वर्ष जति कन्या माध्यामिक विद्यालय नदिपुर पोखरामा सेवा गरि शिक्षण पेशाबाट २०७५ मंसिरमा अवकाश लिए । हाल उनी अभिनय क्षेत्रमा व्यस्त छन् । पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष्य र सल्लाहकारको भूमिका निभाउदै आएका कलाकार घिमिरे पोखरा प्रतिविम्ब नाटय समूहमा आबद्ध छन् । लगभग ३७ वटा नाटकमा जीवन्त अभिनय गरिसकेका उनले गीत तथा संगीतकार स्व. सुक गुरुङको निर्देशनमा ईज्जत जब… पुरा पढौ

तमु ल्होसार शुभकामना गीत सार्वजनिक

गुरुङ समुदायको महान पर्व तमु ल्होसारका अवसरमा ‘यान खो ङोल्स्यो’ बोलको शुभकामना गीत सार्वजनिक भएको छ । यही पुस १५ अर्थात् ल्होसारको खुशियाली आदानप्रदान गर्ने उक्त गीतमा गायक तथा सङ्गीतकार पवन राना, तारा श्रीस र शिशिर गुरुङको स्वर रहेको छ । गीतको भिडियो गायक पवन राना युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गुरुङ चलचित्रका चर्चित नायक आनन्द गुरुङ र आधा दर्जन बढी भिडियोमा अभिनय गरिसकेकी मोडल कुसुम गुरुङको सशक्त अभिनय रहेको भिडियोमा गुरुङ संस्कृतिका विभिन्न संस्कार देखाइएको छ । पर्यटकीयस्थल… पुरा पढौ

विजेन्द्रसँग मंसिरमै लगनगाँठो कस्दै अभिनेत्री स्वेता

अभिनेत्री श्वेता खड्काले विवाह गर्ने भएकी छन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग यही मंसिरमा लगनगाँठो कस्न लागेकी हुन् । यही मंसिर २२ गते बिहे गर्ने मिति तोकिएको नायिका खड्काले सञ्चारमाध्यमसँग बताएकी छन्। त्यसका लागि निम्तो कार्डसमेत बाँडिसकिएको छ। उनीहरू दुबै केही समयदेखि प्रेममा थिए । सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले रावतसँग विवाह गर्नेछिन्। ‘कहाँ भेटिएला’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यू भएकी श्वेताको यो दोश्रो विवाह हो। यसअघि उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग… पुरा पढौ