मनोरन्जन

लघु तमु चलचित्र निर्माणार्थ जिफानलाई प्ये ल्हुसंघद्वारा रकम हस्तान्तरण

पोखरा । गुरुङ फिल्म एशोसिशन नेपाल (जिफान)लाई तमु (गुरुङ) लघु चलचित्र निर्माणार्थ रकम हस्तान्तरण गरेको छ । तमु प्ये ल्हु संघ, युके शाखाद्वारा उपलब्ध गराएको ९० हजार रुपैयाँ तमु प्ये ल्हु संघ केन्द्रीय समितिले एक कार्यक्रमको बीच आज सोमवार जिफानलाई प्रदान गरेको हो । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी टु तमुले कलाकारहरु समाजका अभियान्तसमेत भएकाले गुरुङ चलचित्र निर्माण गर्दा तोडमोड नगरी मौलिक र यथार्थपरक विषयवस्तु ल्याउनुपर्ने बताए । चलचित्र पनि समाजको ऐना भएकाले गलत… पुरा पढौ

मानहुँकोटले फस्टायो दमौलीका होटल व्यवसाय

तनहुँ । कोभिड–१९ कारण करिब सात महिना तनहुँ जिल्लाका होटल व्यवसाय ठप्प रहे । कहिले लकडाउन त कहिले निषेधाज्ञा कारण जिल्लाका होटल व्यवसाय अधिकांश समय बन्द रहे । कोभिडकै कारण कतिपय होटल व्यवसायी व्यवसायबाटै पलायन भए, कतिपय बन्द हुने अवस्थामा पुगेका छन् । पछिल्लो समय दमौलीका होटल व्यवसाय विस्तारै तंग्रिने प्रयासमा छ । पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको व्यास नगरपालिका–५ मानहुँकोटका कारण यतिबेला दमौलीका अधिकांश होटल भरिभराउ भएका हुन् । राति बास बसेर बिहानै मानहुँकोटमा पुगेर सूर्योदय हेर्नका लागि विभिन्न जिल्लाबाट… पुरा पढौ

पाँडे र पौडेललाई भैरव पुरस्कार

काठमाडौँ । नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६/७७ का लागि क्रमशः रामकुमार पाँँडे र राजाराम पौडेललाई प्रदान गरिने भएको छ । पाँडे चर्चित व्यङ्ग्यकार हुनुहुन्छ भने पौडेल हाँस्य कलाकारिता क्षेत्रमा स्थापित नाम हो । भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कारको राशि क्रमश: रु एक लाख र रु ५० हजार रहेको छ । वरिष्ठ साहित्यकार विजय चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्रा डा खगेन्द्र लुइँटेल र व्यङ्ग्यकार लक्ष्मण गाम्नागे सदस्य रहनुभएको… पुरा पढौ

सन्तोष समिक्षाको एउटै मुटुमा प्रथम, एन्जिलाको अभिनय रहेको गीत सार्वजनिक (भिडियो)

पोखरा । गायक सन्तोष बस्याल र गायिका समिक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । एउटै मुटु बोलको गीत सार्वजनिक भएको हो । इश्वर खड्का ‘विशाल’ले लेखेको गीतलाई संगीतकार बाबुल गिरीले संगीत गरेका हुन् । प्रथम क्षेत्रीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा क्षेत्री सहित एन्जिला बानियाँको अभिनय रहेको छ । गीत सार्वजनिक भएपछि गायक बस्याल आशावादी देखिन्छन् । पोखरामा रहेर संगीत सँगै पत्रकारिता क्षेत्रलाई अगाडि बढाइरहेका बस्यालको यो पहिलो लोक गीत हो । यसअघि बस्यालले जीवन सुनारको शब्दसंगीतमा मैले तिमीलाई… पुरा पढौ

गीतकार अर्जुन गुरुङको ‘गुराँस झैं फुल्न मन लाग्छ’ गीत सार्वजनिक (भिडियोसहित)

पोखरा । सर्जक अर्जुन गुरुङको ‘गुराँस झैं फुल्न मन लाग्छ’ गीत सार्वजनिक गरिएको छ । सुपर युनिक फिल्मस् ले गीतलाई अगाडि बढाउन आप्mनो युट्युब च्यानलमार्फत यो गीत बाहिर ल्याएको हो । ‘गुराँस झैं फुल्न मन लाग्छ’ शीर्षकको गीतमा बेलमाया गुरुङ र साजन गुरुङ लिडमा छन् । देविमाया गुरुङको स्वर तथा अर्जुन गुरुङको शब्द संगीत रहेको गीतमा कोरियोग्राफी आशिष गुरुङले गरेका छन् । गीतकार अर्जुन गुरुङले यसअघि पनि ‘नैनी ताल’, तपाइँ हाम्रो विश्वास, ‘नरुझ धेरै’, ‘अङ्गालोमा’ र ‘नक्कली’ शीर्षकको गीत बजारमा… पुरा पढौ

लोपोन्मुख गुरुङ गीत–संगीतको खोज र संरक्षणमा लाग्दै दम्पत्तिद्वय

आजभोलि नेपाली गीत संगीत र चलचित्र क्षेत्रले उत्साहपूर्वक फडको मारेको छ । हिजो मनोरञ्जनको निम्ति भारतीय गीत, संगीत र सिनेमामा मस्त नेपालीहरू आज आफनै गीत संगीतमा आत्मनिर्भर छ । विगतलाई फर्केर हेर्दा भारतीय चलचित्र र गीत संगीतको नेपालमा साम्राज्य नै थियो । रेडियोमा बिहान, दिउसो र राति हिन्दी सिनेमाका गीतहरू खुबै बज्थ्यो । त्यतिबेला नेपालमा एक दुई नेपाली चलचित्र मात्र निर्माण हुन्थ्यो । नेपालका चलचित्र हलहरूमा भारतीय चलचित्र मात्र धेरै चल्थ्यो । समय र प्रविधिको विकासक्रमसंगै नेपाली चलचित्र र गीत… पुरा पढौ

सालको पातको ‘भ्यूज’ हालसम्मकै सर्वाधिक

बागलुङ, २६ साउन । लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ । सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ज भएको थियो । चार महिना नबित्दै युट्युबमा दुई करोड भ्यूज नाघेको थियो । गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीले मीठो स्वर भरेका छन । युवा… पुरा पढौ