मनोरन्जन

सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन

काठमाडौं । कालिकास्थानस्थित सर्वनाम नाटकघरमा साउन १२ गतेदेखि नाटक ‘जब फूलले आकार लिन्छ...’ प्रदर्शन भईरहेको छ । सर्वनाम २१ औं ब्याचको प्रशिक्षार्थी समूहको प्रस्तुति रहेको नाटकको लेखन तथा निर्देशन प्रशिक्षार्थी समूहले नै गरेको हो । नाटकमा गायत्री जोशी, सुमिक्षा न्यौपाने, इस्मिता भुषाल, अन्जली कोइराला, सुभाष पौडेल, राजन मोक्तान, विजय चापागाइँ, मनोज बोहरा, पवन थापालगायत कालाकारहरुको अभिनय रहेको छ ।  सुन्दरता, खुशी र समाजको परिभाषालाई भित्री मनको आँखाले परिभाषित गर्ने यात्रा हो नाटक ‘जब फूलले आकार लिन्छ...’ । जहाँ दुई समानान्तर… पुरा पढौ

तीज गीतमार्फत सामाजिक चेतना जगाउँदै हरिदेवी कोइराला

कास्की-रुढीवाढी यो समाजको अग्लो पर्खाल नाघेरमहिला हामी एक भई उठौँ जागेर … गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीतमार्फत महिलालाई हक र अधिकार प्राप्तिका लागि अघि बढ्न आह्वान गरिएको छ । तीज महिलाको पर्व भएकाले तीजका गीतमा महिलाका कथा नै हुनुपर्छ भन्नुहुन्छ उहाँ । उहाँका तीज गीतमा पनि महिलाका दुःख, पीडा, बेदना, सङ्घर्षका कथाका साथै हक र अधिकारका विषय उठान गरिएको पाइन्छ । नारीहरुको महान् पर्व तीज नजिकिँदै गर्दा उहाँले जस्तै बजारमा तीजका गीत ल्याउने क्रम… पुरा पढौ

२०८१ को उत्कृष्ट चलचित्र बन्यो साम्बाला

काठमाडौँ । मीन बहादुर भाम निर्देशित साम्बाला २०८१ को उत्कृष्ट चलचित्र बन्न सफल भएको छ । चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार-२०८१ मा साम्बालाले उत्कृष्ट चलचित्रका पुरस्कार पाएको हो । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ९ विधामा पुरस्कार प्रदान गरेका हुन् । उत्कृष्ट निर्देशकतर्फको पुरस्कार पनि यसै फिल्मबाट मीनबहादुर भामले नै पाएका छन् । उत्कृष्ट अभिनेताको पुरस्कार पूर्णबहादुरको सारंगीबाट विजय बरालले पाएका छन् । उत्कृष्ट अभिनेत्रीको पुरस्कार उपसना सिंह… पुरा पढौ

हलिउड फिल्म ‘टासी’को छायांकन टोली मुस्ताङमा

मुस्ताङ । पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टाँसी’को छायांकन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ । सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर यहाँका तीन स्थानीय तहका विभिन्न स्थानमा फिल्म ‘टासी’को छायांकन गरिन लागिएको हो । हलिउडदेखि बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति सम्मिलित फिल्म ‘टासी’को ठूलो जम्बो टोली यहाँ आइपुगेका छन् भने कतिपय आउने क्रममा रहेको बताइएको छ । अमेरिकी प्रविधि कम्पनी एप्पलले हलिउड फिल्म… पुरा पढौ

प्रधानमन्त्रीले गरे अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माणको शिलान्यास घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गरेका छन् । बयालिस रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन्। देशमा चलचित्र निर्माण सुरु भएको छ दशक पूरा हुँदा पनि सुविधासम्पन्न स्टुुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए । पुरा पढौ

डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

काठमाडौँ । जसरी सानो ‘झिल्को’ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्न सक्छ । ‘झिल्को’ चलचित्र यही यथार्थमा आधारित छ । यसले डिजिटल कुलतको सुक्ष्म रूप र त्यसले पार्ने प्रभावलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । आज मोबाइल हाम्रो जीवनको अभिन्न अङ्ग बनिसकेको छ । एक समय सम्पर्कको माध्यममात्र रहेको मोबाइल अहिले हाम्रो जीवनशैलीलाई नै निर्देशित गर्ने शक्तिशाली औजार बनेको छ । दुःखको कुरा, यसको कुलतमा बालबालिका पनि फस्दै गइरहेका छन्… पुरा पढौ

बत्तीस वर्षपछि पनि उत्तिकै लोकप्रिय ‘कन्दरा’

काठमाडौँ । २६ वर्षअघिको कुनै दिन । सरुभक्त श्रेष्ठका रचनाहरु कन्दरा ब्यान्डका ‘भोकलिस्ट’ विवेक श्रेष्ठको हातमा प¥यो । जुन रचना पढ्यो उत्तिकै लोभ लाग्दो । कुन रोज्ने, कुन छोड्ने रु गीत छनोटमा उनी दुविधामा परे । तिनै रचना मध्ये, ‘हङकङ पोखरा निर्मोही आफ्नो को छ र रु’ बोलको गीतमा गायक श्रेष्ठको नजर प¥यो । सोही गीत छनोट गरी गाए । जुन गीतले सोच्दै नसोचेको सफलता प्राप्त ग¥यो । उक्त गीत हालसम्म पनि श्रोतामाझ उत्तिकै लोकप्रिय छ । श्रेष्ठ भन्छन्, “ऊ… पुरा पढौ