वातावरण

पर्साको ठोरीमा पाटे बाघ मृत भेटियो

पर्सा । पर्साको ठोरी गाउँपालिका-४ मालीबस्तीनजिकै भारततर्फ जाने बाटोमा मृत अवस्थामा पाटेबाघ भेटिएको छ । पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालले आज बिहान ७:३० बजे आसपासमा ठोरीको मालीवस्तीस्थित हुलाकी सडकभन्दा अन्दाजी ५०० मिटर दक्षिणतर्फ पाटेबाघ मृत अवस्थामा भेटिएको जानकारी दिए । “ठोरीका स्थानीयले पाटेबाघ मृत अवस्थामा भेटिएको सूचना दिएपछि प्रहरी चौकी  विजयबस्तीबाट प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साहको कमाण्डमा टोली खटिएर छ, अहिले अनुसन्धान भइरहेको छ”, उनले भने, “पर्सा राष्ट्रिय निकुञ्ज आधारभार र नेपाली सबुज गणको टोली पनि आवश्यक अनुसन्धानका लागि… पुरा पढौ

पोखरा महानगर र लक्ष्मी ग्रुपबीच ताल सरसफाई सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर

पोखरा । पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप (लक्ष्मी फाउण्डेसन)बीच ताल सरसफाई सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । तालहरूको दीगो संरक्षण र विकासका लागि ‘ताल संरक्षण र विकास परियोजना’ सञ्चालन गर्न लक्ष्मी ग्रुपसँग यी दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौता पत्रमा पोखरा महानगरपालिकाका तर्फबाट मेयर धनराज आचार्य र लक्ष्मी फाउण्डेसनको तर्फबाट अध्यक्ष गणेशबहादुर श्रेष्ठले हस्ताक्षर गरे । परियोजना अन्तर्गत पहिलो चरणमा फेवाताल, बेगनासताल, रूपाताल, दीपाङ ताल, गुँदे ताल, कमल पोखरा, न्यूरेनी ताल र खास्टले तालको अवस्थालाई अध्ययन गरेर दीगो… पुरा पढौ

पर्यटक तानिरहेको बुकीपाटनमा ‘गोठबास’ले सहज

बागलुङ । ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो । भीर, जङ्घार र अग्ला पहाड छिचोल्दै यहाँ पुग्ने पर्यटक थकित हुन्छन् । उपत्यकादेखि लगातारको पैदलयात्रामा गर्पाछेडा पुगेका पर्यटकलाई बिश्रामका लागि गोठबास (गोठस्टे) सञ्चालनमा ल्याइएको छ । केही समय अघिसम्म विश्रामका लागि यहाँ भेडीगोठबाहेक अरु कुनै पनि संरचना थिएन । गत वर्षदेखि बुकीपाटनमा पर्यटकको चाप बढ्न थालेपछि गर्पाछेडामा गोठस्टे सञ्चालनमा ल्याइएको हो । अहिले दैनिकजसो औसतमा… पुरा पढौ

विश्व बाघ दिवस: नेपालमा बाघको संख्या ‘धान्ने क्षमता’ चार सय

काठमाडौँ । पाटे बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै ‘विश्व बाघ दिवस’ मनाउन थालिएको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो । नेपालमा पनि दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् २०२२ मा गरिएको पछिल्लो राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या ३५५ पुगेको छ । नेपालमा बाघको संख्या… पुरा पढौ

एक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा ८३ वन्यजन्तु मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ८३ वटा वन्यजन्तु मरेका छन् । जसमध्ये ४५ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गत आवमा २८ वटा गैँडा मरेका छन् । जसमध्ये १८ वटा प्राकृतिक कारणले, जुधेर तीन, विद्युतीय करेन्टबाट एउटा, बाढी पहिरोबाट दुई र दलदलमा फसेर तीन वटा मरेका छन् । एउटाको कारण खुलेको छैन । प्राकृतिक कारणले चितुवा एउटा, हात्ती पाँच वटा मरेका छन् । दुई हात्तीको मृत्युको कारण खुलेको छैन । एउटा… पुरा पढौ

वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै गैँडाको आक्रमणबाट आठ जनाले ज्यान गुमाएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । त्यसैगरी हात्तीको आक्रमणबाट दुई र बाघको आक्रमणबाट एक जनाले ज्यान गुमाएको उनले बताए । सोही अवधिमा वन्यजन्तुको आक्रमणबाट ४१ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते ३२ र सामान्य घाइते नौ जना छन् । वन्यजन्तुबाट मृत्यु हुनेमा अधिकांश घाँस काट्न र निगुरो… पुरा पढौ

भक्तपुरको मनोहारा फाँटमा नयाँ चरा भेटियो

पोखरा । भक्तपुर जिल्लास्थित मध्येपुर थिमीको मनोहारा फाँट क्षेत्रमा 'साइबेरियाली राजपुत्रिका चरा’ फेला परेको छ । उक्त क्षेत्रमा चराविद् कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेसमेतको टोलीले चरा अवलोकनका क्रममा उक्त नयाँ चरा फेला पारेको हो । नेपालमा फेला परेको नयाँ प्रजातिको चराको रुपमा अभिलेखमा राखिएसँगै नेपालको अभिलेखमा चरा प्रजातिको संख्या ९०२ पुगेको छ । नेपालका चराविद् कुमुद पराजुलीलगायतको टीमले पहिलोपटक असार ६ गते दिउँसो २ः३० बजे सो चरा देखेको नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा. तुल्सी सुवेदीले बताए ।… पुरा पढौ