तानसेन (पाल्पा) । केही वर्षअघिसम्म बर्खा लागेपछि यहाँका फाँट र सिमसारमा देखिने बकुल्ला हिजोआज देखिन छाडेका छन्। यहाँका माडीफाँट, अर्गली, रामपुर पूर्वखोला जस्ता फाँट र ससाना खोला किनारामा देखिने सेतो बकुल्ला देखिन छाडेका हुन्। खोला तथा सिमसार क्षेत्रका खेतमा पाइने माछालाई प्रमुख आहारा बनाउँदै आएका बकुल्ला सिमसार मासिँदै गएपछि देखिन छाडेका स्थानीय बताउँछन्। अव्यवस्थित बसोबास, अतिक्रमण, विकास निर्माण, जलवायु परिवर्तनको असरलगायतले सिमसार क्षेत्र मासिँदै गएका छन्। वरपीपल, समी, सिमलजस्ता अग्ला रूखहरूमा सेताम्ये देखिने बकुल्ला एकाएक हराउँदै गएको दमकडाका प्रकाश नेपाल बताउँछन्। “जबजब…
पुरा पढौ