वातावरण

सप्तरीमा नयाँ चरा भेटियो, नेपालमा चरा प्रजातिको संख्या अभिलेख नौ सय पुग्यो

पोखरा । सप्तरी जिल्लास्थित कोशी बााँधको पिनटावर क्षेत्रमा ‘छोटो-पुछ्रे समुन्द्री चरा’ फेला परेको छ । उक्त क्षेत्रमा चराविद् अनिश तिम्सिनाले चरा अवलोकनका क्रममा उक्त नयाँ चरा फेला पारेको हो । नेपालमा फेला परेको नयाँ प्रजातिको चराको रुपमा अभिलेखमा राखिएसँगै नेपालको अभिलेखमा चरा प्रजातिको संख्या ९०० पुगेको छ । नेपालका चराविद् अनिश तिम्सिनाले पहिलोपटक वैशाख २० गते बिहान ९ः०६ बजे सो चरा देखेको नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा. तुल्सी सुवेदीले बताए । कोशी व्यारेजमा रहेको पिनटावरबाट कोशी बाँध जलासयमा पौडी… पुरा पढौ

२५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद

काठमाडौँ ।  नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको पहिलो संस्करण यही जेठ २ देखि सुरु भएको थियो । सगरमाथा कार्य आह्वानले दिगो भविष्य सुनिश्चित गर्न साझेदारीलाई सुदृढ गरेर पूर्व–औद्योगिक स्तरभन्दा १‍.५ डिग्री सेल्सियसभन्दा बढी विश्वव्यापी औसत तापक्रम वृद्धि हुन नदिने अत्यावश्यकतालाई पुनः पुष्टि गरेको छ । आफ्नो देश विशेष अनुकूलन आवश्यकताहरू पूरा गर्न राष्ट्रिय अनुकूलन योजनाहरू विकास र कार्यान्वयन… पुरा पढौ

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढी जोखिम

काठमाडौँ । सरोकारवालाहरुले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढी जोखिम रहेको बताएका छन् । शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिनअन्तर्गत हिमाली क्षेत्रको जोखिम र मूल्याङ्कन विषयक समानान्तर सत्रमा जलवायु परिवर्तनको असर न्यूनीकरण उपाय अवलम्बन नगरेमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिस अझै बढी जोखिममा रहने बताएका हुन् । चिनियाँ विज्ञान प्रतिष्ठान चीनका निर्देशक डा टाओ वाङले विश्वव्यापी रुपमा बिढरहेको तापमानका कारण हिमाली क्षेत्र बढी प्रभावमा परेको बताए । ज्युरिक विश्वविद्यालय, स्वीट्जरल्याण्डका वरिष्ठ अनुसन्धान सहयोगी डा साइमन एलनले जलवायु परिवर्तनको… पुरा पढौ

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकर्षण

काठमाडौँ । सरोकारवाला विज्ञहरूले तुलनात्मक रूपमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढी हुने गरेको उल्लेख गर्दै क्षतिपूर्तिका लागि विश्वको ध्यानाकर्षण गराएका छन् । सगरमाथा संवादको आज दोस्रो दिन आयोजित ‘हिमाली क्षेत्रमा हानि र नोक्सानी सम्बोधन’ विषयक समानान्तर सत्रका वक्ताहरूले जलवायुका असरसँग जुध्न अनुकूलनका कार्यक्रम परिचालन गर्नुपर्नेमा जोड दिए । साथै उनीहरूले हानि नोक्सानीको प्रमाणित अनुसन्धान स्पष्ट हुनुपर्ने र कोषमा सहज पहुँचका लागि समेत व्यवस्था गर्नुपर्ने बताएका थिए । कार्यक्रममा हानि तथा नोक्सानी सम्बोधन कोषका कार्यकारी निर्देशक इब्राहिमा शेख डिओङले मुख्य… पुरा पढौ

संकटमा परेको हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनमा भूमिका नभएका संवेदनशील राष्ट्रलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । आजदेखि यहाँ सुरु सगरमाथा संवादको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका रहेको हिमाल बचाउनका लागि विश्व समुदाय एकजुट हुन आवश्यक भएको बताएका हुन् ।  प्रधानमन्त्री ओलीले भने, “जसले सबैभन्दा बढी प्रदूषण गर्छन् उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्छ, उनीहरूले संवेदनशील राष्ट्रहरूलाई वित्त, प्रविधि, र क्षमता अभिवृद्धिमार्फत सहयोग गर्नुपर्छ ।” विश्वका विभिन्न तीन दर्जनभन्दा बढी मुलुकका प्रतिनिधि र विश्व बैंक,… पुरा पढौ

आजदेखि सुरु हुँदै ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना काठमाडौँमा

काठमाडौँ । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ । संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय भएको छ । आजदेखि सुरु हुने सो कार्यक्रम यही जेठ ४ गतेसम्म सञ्चालन हुने छ । परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाका अनुसार, सो सम्मेलनमा एक सय ७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै सङ्ख्यामा नेपाली सहभागी हुने छन् ।… पुरा पढौ

सगरमाथा संवादः जलवायुजन्य सङ्कट समाधानको खोजी

काठमाडौँ, २५ वैशाख(रासस) । नेपालले आगामी जेठ २ गतेदेखि ४ गतेसम्म सगरमाथा संवादको आयोजना गर्दै छ । यो संवादमा विशेषगरी जलवायुजन्य सङ्कटको विषयमा छलफल गर्ने र एउटा निचोड निकाल्ने छ । निचोड निकालेपछि निचोडअनुसार योजना बनाउन सहयोग गर्छ । अनि निचोडले अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन सहयोग गर्छ । छलफलले नीति तर्जुमा देखिएको अन्तर र कस्तो खालको अवसर रहेछ ? र कस्ता खालका चुनौती रहेछ भन्ने कुरा जानकारी पनि हुन्छ । नेपालले पहिलो खालको सुरुवात गरेको छ । एकदमै सकारात्मक छ… पुरा पढौ