वातावरण

माछापुच्छ्रेमा डाँफे मुनाल गणना

पोखरा । जैविक विविधता संरक्षण समाज नेपाल र वल्र्ड फेजेन्ट असोसियसनको संयुक्त आयोजनामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहकार्यमा यही बैशाख ४ गते देखि १८ गतेसम्म कालिज प्रजातीहरु (डाँफे, मुनाल, फोक्रास र प्यूरा) को गणना गरेका छन् । अनुसन्धानकर्ता र सहयोगीहरुसित १९ व्यक्तिहरुको परिचालन गरि अन्नपूर्ण संरक्षण क्षेत्रभित्र रहेको माछापुच्छ्रे गाउपालिकाको पिलिचो, पिपर, खुमई, कोर्चा, लुबु्रचु, चिचिम्ले, डाँफे चौर, हिले, ओदाने लगाएतका बनक्षेत्रमा रहेका कालिज प्रजातीहरु (डाँफे, मुनाल, फोक्रास र प्यूरा) को गणना गरेको हो ।गणनामा डाँफे १४६ वटा, मुनाल १४८,… पुरा पढौ

विश्वका कुल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

काठमाडौं । विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्यांक सार्वजनिक गरिएको छ। अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयुसीएन) का अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या ३९७ भएको पाइएको छ।  विश्वको कुल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएका आइयूसिएनको भनाइ छ। नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार ५०० वर्गकिमी क्षेत्रफलमा यसको बासस्थान छ। अमेरिकामा रहेको ‘स्नो लियोपार्ड ट्रष्ट’ का अनुसार हाल विश्वको २० लाख किलोमिटर क्षेत्रमा तीन हजार २० देखि पाँच हजार ३९० को सङ्ख्यामा हिउँचितुवा रहेको अनुमान छ। हिउँचितुवा बढी… पुरा पढौ

संरक्षणको पर्खाइमा सेकुङ ताल

मुस्ताङ । थासाङ गाउँपालिका-२ स्थित सेकुङ ताल संरक्षणको पर्खाइमा छ । ताल संरक्षणका लागि सरोकारवाला निकायले ध्यान नदिँदा सेकुङ ताल ओझेलमा परेको छ । धौलागिरि हिमालको हिउँबाट बग्ने पानीको स्रोतले सेकुङ ताल बनेको छ । बेनी-जोमसोम सडकबाट १५ मिनेटमै पुग्न सकिने भएपनि तालको संरक्षण तथा आवश्यक प्रचार नहुँदा पर्यटकीय दृष्टिकोणले ओझेलमा परेको हो ।  थासाङ गाउँपालिका–२ का वडाध्यक्ष गौतम शेरचनले सेकुङ तालमा आवश्यक स्तरोन्नति गर्नुपर्ने देखिएकाले पानीको सतह घटाइएको जानकारी दिए । प्राकृतिक स्रोत साधनको संरक्षण तथा संम्वर्द्धन गर्ने पहिलो… पुरा पढौ

इलाममा भेटियो नयाँ प्रजातिको चरा, नाम राखियो ‘बैजनी कोइली’

पोखरा । इलामको सुखानी वन क्षेत्रमा बैजनी रंगको कोइली चरा फेला परेको छ । समुद्रसतहबाट ३०० मिटर उचाइमा रहेको सुवानी वन क्षेत्रमा चराविद् राजेन्द्र गुरुङको टोलीले चरा अवलोकनको क्रममा उक्त चरा फेला पारेको हो । नेपालमा फेला परेको नयाँ प्रजातिको चराको रुपमा अभिलेखमा राखिएसँगै नेपालको अभिलेखमा चरा प्रजातिको संख्या ८९९ पुगेको छ । नेपालका चराविद राजेन्द्र गुरुङले पहिलोपटक चैत १२ गते बिहान ११ः२० बजे सो भाले चरा देखेको नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा. तुल्सी सुवेदीले बताए । उनीसँगै रहेका… पुरा पढौ

तनहुँको बन्दीपुरमा चितुवा आतंक : सावधानी अपनाउन आग्रह

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका-२ कामी डाँडामा गत शुक्रबार राति चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएपछि चितुवा नियन्त्रणका लागि बाख्रा खोर राखिएको छ । डिभिजन वन कार्यालय तनहुँले यस क्षेत्रको जंगलमा आइतबार बाख्रासहितको खोर राखेको हो । चितुवाको आक्रमणपश्चात् स्थानीयवासी त्रसित भएकाले चितुवा नियन्त्रणमा लिन अपरिहार्य भएको वडाध्यक्ष तिलकबहादुर कुँवरले बताए । उनले भने, “चितुवाको आक्रमणपश्चात् स्थानीयवासी त्रसित छन् । कामी डाँडा वरपरका गाउँ बस्तीमा चितुवा पटक–पटक देखिएको छ । साँझ र रातको समयमा सावधानी अपनाउन अपिल गरेका छौँ ।” चितुवाको… पुरा पढौ

हुम्लाको उत्तरी नाम्खामा ३९ वटा  दुर्लभ लोपोन्मुख हिउँ चितुवा

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा ३९ वटा दुर्लभ लोपोन्मुख हिउँ चितुवा रहेको पाइएको छ । उकाली तथा तेस्रो ध्रुव संरक्षणले र डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा गरेको सर्वेक्षणमा ३९ वटा हिउँ चितुवा रहेको पाइएको हो । सन् २०२२ देखि २०२३ सम्म त्यस क्षेत्रमा सर्वेक्षण गरिएको थियो । क्यामेरा ट्रयापिङ प्रविधिको प्रयोग गरेर सर्वेक्षण गरिएको उकाली तथा तेस्रो ध्रुव संरक्षण अनुसन्धानकर्ता प्रमुख तथा रोयलेक्स आर्वडका विजेता रिन्जिन फुन्जोक लामाले जानकारी दिए । नाम्खा गाउँपालिकाभर ६१ वटा क्यामेरा ट्र्याप प्रयोग गरी… पुरा पढौ

ढोरपाटन सिकार आरक्षमा रेडपाण्डा संरक्षणमा चुनौती

ढोरपाटन (बागलुङ) । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख रातोहाब्रे (रेडपाण्डा)को संरक्षणमा चुनौती बढ्दै गएको छ । रेडपाण्डाको बासस्थान नासिँदै गएपछि संरक्षणमा चुनौती बढेको हो । रेडपाण्डा निगालोको झाडीमा बस्ने र त्यसको टुसा खाएर बाँच्ने गर्छ । तर पछिल्लो समय निकालोको झाडी फडानी र डढेलोका कारण मासिँदा रेडपाण्डा संकटमा पर्ने जोखिम बढेकामा सरोकारवालाको चासो देखिएको छ । ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार मुलुकभरमा सबैभन्दा बढी रेडपाण्डा ढोरपाटनमा छन् । अहिलेसम्म एकीन गणना नभए पनि सिकार आरक्षभित्र करिब ३००… पुरा पढौ