वातावरण

ठूलो बगाले भ्याकुर पूर्वतर्फ विचरण गर्दै, नवलपुरमा अभिलेख

नेपालको पश्चिम तराईमा ठाउँ विशेष स्थानिय रुपमा प्राय भेटिने ठूलो बगाले भ्याकुर मध्य पश्चिमको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र नन्द भाउजु उपभोक्ता समिति, मध्यबिन्दु नगरपालिका वडा नं ३ को नारायणी हाइटमा आज विहान अभिलेख गरिएको छ । यस रेकर्ड सँगै यस भ्याकुरको विचरण गर्ने क्षेत्र पूर्वतर्फ सर्दै गरेको छ । बर्डस् नेपालका कार्यकारी निर्देशक सिजन ज्ञवाली एवं सदस्यहरु सोभित के.सि. र चित्र मगरको टोलीले पंछी अवलोकनका क्रममा यस प्रजाति ३ वटाको सख्यामा देखि फोटो सहित अभिलेख गरेका थिए । अंग्रेजीमा… पुरा पढौ

कालोटाउके चित्रकचरी पहिलो पटक चितवनमा अभिलेख

नेपालका लागि विरल तथा अनियमित हिउँदे आगन्तुक चरा कालोटाउके चित्रकचरी चितवन जिल्लाका लागि पहिलो पटक आज पुस ७ गते दिउँसो अभिलेख गरिएको छ । अंग्रेजीमा Brambling भनिने यो प्रजाति सँगै चितवन जिल्लामा पाईने चराको प्रजाति ६६६ पुगेको छ । पंछी अवलोकनका क्रममा पश्चिम चितवनको मेघौली क्षेत्रमा रहेको मेघौली सेराई ताज सफारीका कार्यरत नेचुरलिस्टहरु सन्तोष बस्नेत, अस्बिन गुरुङ, स्वस्तिका र सन्दिप महतोले होटल नजिकै खेतवारीमा उक्त प्रजातिको एक अल्पवयस्कको तस्विर सहित अभिलेख गरेका थिए । अभिलेख पश्चात आजै सोही क्षेत्रमा उक्त… पुरा पढौ

भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका-४ स्थित खुमखानीमा भालुले बाख्रा खान थालेपछि किसान चिन्तित भएका छन् ।  राति बाख्रा खोरमा पसेर बाख्रा मारिदिने र खाइदिने गरेको किसानले बताएका छन् । त्यहाँ अहिलेसम्म पाँच घरका २१ बाख्रा मारिदिएको स्थानीयले बताएका छन् । स्थानीय निर्मला थापाका सात वटा, थम्मन विकका पाँच वटा, विकास घर्तीका पाँच र पोकोबहादुर थापाका चार वटा बाख्रा मारिदिएको छ । भालुले बाख्रा खोर भत्काउन थालेपछि खाना खाने कोठामा बाख्रालाई राख्ने गरिएको स्थानीय पोकोबहादुर थापाले बताए । “हामीले पालेका बाख्रा… पुरा पढौ

म्याग्दीमा लाटोकोसेरो संरक्षण अभियान

म्याग्दी । ‘प्रकृतिका साथीहरू’ नामक संस्थाले म्याग्दीमा लाटोकोसेरो संरक्षण अभियान सुरु गरेको छ । वयट्ली फन्ड फर नेचर (डब्लुएफएन) अवार्डको सहयोगमा यहाँका विद्यालय र समुदाय स्तरमा उक्त अभियान सुरु गरिएको ‘प्रकृतिका साथीहरू’ संस्थाका लाटोकोसेरो संरक्षण दूत आयुष ढुंगानाले जानकारी दिए । अभियन्ता ढुंगानाका अनुसार अङ्ग्रेजीमा ‘आउल’ भनिने यो पक्षी किसानको साथी हुँदाहुँदै पनि हेपिएको पक्षी मानिन्छ । आकारमा सानो र ठूलो हुने यस पक्षीको सानो प्रजातिलाई लाटोकोसेरो र ठूलोलाई हुचिल भनिन्छ । दिउँसो यिनको हेर्ने क्षमता कमजोर हुन्छ । ठूलाठूला… पुरा पढौ

पहिलो याममा १० नाउर र पाँच झारलको सिकार

गलकोट (बागलुङ) । यस वर्षको पहिलो सिकार याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र आठ झारलको सिकार गर्न चार कम्पनीमार्फत १२ विदेशी सिकारले अनुमति प्राप्त गरेका थिए ।  एउटा नाउरको सिकार गर्नका लागि अनुमति प्राप्त सिकारी आउन नपाएको र एक जना सिकारी नाउर सिकार गर्न असमर्थ भएको  ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ । जंगली जनावर नाउर र झारलको… पुरा पढौ

म्याग्दीको मुनामा संकटापन्न रेडपाण्डा भेटियो

म्याग्दी । धौलागिरि गाउँपालिका-३ मुनाको बञ्चरेडाँडा जंगलमा संकटापन्न जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार आठ सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । मुना मालिका पुगेर फर्कने क्रममा आइतबार धौलागिरि गाउँपालिका जनप्रतिनिधि र कर्मचारीको टोलीले समुद्री सतहदेखि तीन हजार एक सय मिटर उचाइमा रेडपाण्ड भेटाएका हुन् । धौलागिरि गाउँपालिकाका कर्मचारी तेजिन्द्र पुनले रेडपाण्डाको तस्बिर र भिडियो खिचेर वन प्राविधिकलाई उपलब्ध गराउनुका साथै सार्वजनिक गरेका थिए। साविक मुना गाविसको… पुरा पढौ

फेवातालमा माछा घट्दा जलारी समुदायको पेसा संकटमा

लेखनाथ(कास्की) । पोखरा-१८ खपौंदी निवासी ८० वर्षीया मिश्री जलारी जीवनको उत्तरार्धमा पनि फेवातालका माछा बिक्री गर्न पोखरा बजार पुग्छिन् । जाल थापेर निस्केका माछा बिक्री गर्न उनी पोखरा बजारमा जान थालेको पनि ६७ वर्ष बितिसकेको छ । उनले भनिन्, “तेह्र वर्षको उमेरमा विवाह भयो, श्रीमान् पनि उमेर छदै बित्नुभयो, दुई छोरा छन्, उनीहरू पनि भिन्दै बस्छन्, छोराहरूले जाल थापेर मारेका माछा बिक्री जान्छु । पछिल्ला वर्ष जालमा माछा पर्न पनि कम भइसकेको छ, दशौँ वर्ष भयो स्थानीय जातमा शहर, असला… पुरा पढौ