वातावरण

कालीकोटमा भेटियो रेडपान्डा

मान्म (कालीकोट) । कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे) भेटिएको छ । जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिका रेडपान्डा भेटिएको संरक्षण क्षेत्रमा लागेका सरकारी तथा गैरसरकारी संस्थाहरुले जनाएका छन् । तिलागुफा नगरपालिका–१० को रुरुबन्चु पाटन, शुभकालिका गाउँपालिका–६ को हाउडी लेकमा र महावै गाउँपालिका–२ को महावै पाटन क्षेत्रमा रेडपाण्डा भेटिएको उनीहरुको भनाइ छ । तिलागुफा नगरपालिका–१० स्थित रेडपान्डा संरक्षण वन क्षेत्र रुडुबञ्चुमा जैविक विविधता अनुगमनका क्रममा दुर्लभ रेडपान्डा भेटिएको हुरन्डेक नेपालका कालीकोट जिल्ला संयोजक दिलीपकुमार शाहीले… पुरा पढौ

काँडे भ्याकुरः मधेश प्रदेशमा पहिलो पटक अभिलेख

बारा, २४ जेठ । नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर मधेश प्रदेशमा पहिलो पटक अभिलेख गरिएको छ। बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित दूधौरा खोलानजिकको चुरे वन क्षेत्रमा गरिएको चरा सर्वेक्षणका क्रममा उक्त चराको अभिलेख गरिएको हो। नेपाल पक्षीविद संघ र मिथिला वाइल्डलाइफ ट्रस्टको संयुक्त सहकार्यमा मधेश प्रदेशका आठ जिल्लामा सञ्चालन भइरहेको चरा सर्वेक्षणका क्रममा २०८३ जेठ २१ गते बिहान उक्त प्रजाति समुन्द्री सतह देखि ४४३ मिटरमा फेला परेको हो। यो अभिलेख हाल सम्मकै होंचो भूभागमा भेटिएको पुष्टि भएको छ ।… पुरा पढौ

विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो । दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । विश्व वातावरण दिवसको मुख्य समारोहमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । वातावरण विभागले विभिन्न सरकारी निकाय, विकास साझेदार, वातावरणविद् तथा सरोकारवाला कार्यक्रममा उपस्थिति हुने जनाएको छ । विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु… पुरा पढौ

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

म्याग्दी । सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को अवस्था पहिचान गर्न म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा क्यामेरा जडान गरिएको छ । दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले रेडपाण्डाको बसोबास भएको धौलागिरि गाउँपालिका २ र ३ मा पर्ने जलजला, मुना, मरेनी र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा ‘क्यामेरा ट्यापिङ’ विधिबाट हाब्रेको अवस्था पहिचान गर्न थालिएको हो । बोयोकस नेपालका कार्यक्रम अधिकृत पवन राईले हाब्रेको आवतजावत हुने सम्भावित र दिसा भेटिएका ठाउँमा १२ वटा स्वचालित… पुरा पढौ

प्रसारण लाइन निर्माणका लागि एक हजार रुख कटान गरिँदै

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन खण्डमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ । डिभिजन वन कार्यालय चितवनले २०८३ वैशाख २५ गतेदेखि लागू हुनेगरी प्रसारण लाइनको मार्गधिकारमा पर्ने राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रका रुखहरू कटान, मुछान र घाटगद्दीका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र प्रदान गरेको हो । यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालयबीच औपचारिक सम्झौता सम्पन्न भएसँगै निर्माण कार्यले थप गति लिने आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनका अनुसार भरतपुर महानगरपालिका–१… पुरा पढौ

याे वर्ष अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने, गर्मी बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन अवधिमा देशका धेरैजसो भू-भागमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ। विभागले मनसुन अवधिभर अधिकतम तथा न्यूनतम तापक्रम पनि औसतभन्दा उच्च रहने सम्भावना औँल्याएको छ। ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा विभागले मनसुन २०८३ को सम्भावित अवस्थाबारे जानकारी सार्वजनिक गरेको हो। कार्यक्रममा मौसमविद् सुदर्शन हुमागाईँले प्रस्तुत गरेको विवरणअनुसार यस वर्ष देशका अधिकांश क्षेत्रमा वर्षा औसतभन्दा कम हुने संकेत देखिएको छ, यद्यपि भौगोलिक क्षेत्रअनुसार अवस्था फरक रहनेछ। विभागको प्रक्षेपणअनुसार कर्णाली प्रदेशका दक्षिणी क्षेत्र,… पुरा पढौ

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा माथिको चरन क्षेत्रमा ठूलो सङ्ख्यामा जङ्गली गधा (क्याङ) देखापरेका छन् । समून्द्री सतहभन्दा करिब पाँच हजार मिटर उचाइको लोमान्थाङ गाउँपालिकास्थित धालुङ उच्चलेक र सेतारा लेकमा जङ्गली गधा (क्याङ) चर्दै गरिहेको अवस्थामा भेटिएका हुन् । जङ्गली गधा (क्याङ) सम्बन्धी अध्ययन गरिरहेका एक्याप लोमान्थाङ कार्यालयका प्रमुख उमेश पौडेलले लोमान्थाङस्थित धालुङ र सेतारा उच्चलेकमा जङ्गली गधा क्याङ चर्दै गरिरहेको अवस्थामा भेटिएको बताए । कोरलास्थित नेपाल—चीन सीमा क्षेत्रबाट फर्किंदै गरेको अवस्थामा धालुङ र… पुरा पढौ