वातावरण

तालुधर्से अर्जुनक नेपालको लागि नयाँ प्रजाति

अन्नपूर्ण संरक्षण क्षेत्रको समर गाउँमा तालुधर्से अर्जुनकको नेपालका लागि पहिलो अभिलेख गरिएको छ । यहि श्रावण महिनाको २ गते भेटिएको उक्त अर्जुनकले नेपालमा चराको प्रजाति ८९६ पुर्याएको छ । पंछी अवलोकन तथा फोटोग्राफीका लागि उक्त क्षेत्रमा पुगेका पर्यटनकर्मी, पंछीविद तथा फोटोग्राफरद्धय सञ्जय था श्रेष्ठ र शंकर तिवारीको टोलीले विहानी पखको समयमा उक्त प्रजातिको अवलोकन, फोटो तथा भिडियोहरु संकलन गरि हेर्दा नयाँ प्रजातिको चरा भनि अनुमान तथा प्रारम्भिक पहिचान गरेका थिए । त्यस पश्चात नेपाल पंछीविद् संघ अन्र्तगतको नेपाल वर्ड रेकर्ड… पुरा पढौ

खोला किनारमा मत्ता हात्ती मृत भेटियो

झापा, १३ असार । मेचीनगर नगरपालिका–३ मा आज बिहान एउटा हात्ती मृत अवस्थामा फेला भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वडा नं ३ को धरधरे टोल सुकेनिन्दा खोलाकिनारमा मत्ता हात्ती मृत फेला परेको हो । स्थानीवासीले खोलामा मरेको हात्ती देख्नेवित्तिकै जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयमा खबर गरेका थिए । उक्त खबर प्राप्त हुनासाथ ती निकायको संयुक्त टोली खोला किनारमा पुगेको छ । झापाका प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले मृत हात्तीको परीक्षणका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट पशुविशेषज्ञ टोली आउने… पुरा पढौ

‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरो भक्तपुरमा देखियो

भक्तपुर, ६ असार । युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ । तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित मिनि कोशी टप्पुमा भेटिएको चरा अन्वेषणकर्ता सञ्जय थाश्रेष्ठले जानकारी दिए । उनले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको बताए । पन्छी पथ प्रदर्शक शङ्कर तिवारीले मनोहरामा ‘लेसर ग्रे स्राइक’ भेटेपछि तस्बिर कैद गर्दै काठमाडौँ उपत्यकासँगै नेपालको पहाडी भेगका लागि पहिलो अभिलेख गरिएको जानकारी दिए । नेपालमा पहिलोपटक गत… पुरा पढौ

दुर्लभ चराको बासस्थान बन्यो रेसुङ्गा र मदाने

गुल्मी, ३० जेठ । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ३५ प्रतिशत चरा फेला परेका छन् । पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले गुल्मीको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्रमा ३५ प्रतिशत चरा फेला चरा रहेका जानकारी दिए । उनका अनुसार यहाँका वनक्षेत्रमा विश्वमा दुर्लभ मानिनेमध्ये छ प्रजातिका चरा पाइन्छ । नेपालमा पाइने दुर्लभ प्रजातिमध्ये चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिलसहित यो क्षेत्र दुर्लभ चराहरुको बासस्थान बनेको उनले… पुरा पढौ

यसवर्षको मनसुनमा कोशी र मधेस बढी प्रभावित हुने अनुमान

काठमाडौँ, २४ जेठ । यसवर्षको मनसुनमा कोशी प्रदेश र मधेस प्रदेश बढी प्रभावित हुने अनुमान गरिएको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैभन्दा बढी कोशी र त्यसपछि मधेस प्रदेश प्रभावित हुने अनुमान गरेको हो । तेस्रोमा लुम्बिनी पनि प्रभावित हुने प्राधिकरणको अनुमान छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले मनसुन अवधिमा कोशीमा एक लाख १३ हजार परिवारका झण्डै पाँच लाख मानिस विपद्बाट कुनै न कुनै रुपमा प्रभावित हुने अनुमान गरिएको जानकारी दिए । बढी… पुरा पढौ

सफा हिमाल अभियानः पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो

काठमाडौँ, २३ जेठ । नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट पाँच वर्षको अवधिमा सर्वोच्च शिखर सगरमाथासहित प्रमुख हिमालबाट १२ शव र एक सय आठ मेट्रिकटन फोहर सङ्कलन गरिएको छ । नेपालमा रहेका हिमालको स्वच्छता कायम राख्ने उद्देश्यले सन् २०१९ देखि सुरु भएको अभियानका क्रममा हालसम्म चारवटा अस्थिरपञ्जर सङ्कलन गरिएको सेनाले जनाएको छ । सन् २०२४ मा सञ्चालित अभियानअन्तर्गत विभिन्न हिमालबाट ११ मेट्रिकटन फोहर, चारवटा शव तथा एउटा अस्थिरपञ्जर सङ्कलन तथा व्यवस्थापन गरिएको छ । सगरमाथा, ल्होत्से र नुप्से हिमालका… पुरा पढौ

पोखरालाई हरित सहरमा विकास गरिँदै

कास्की । पोखरालाई हरित सहरका रूपमा विकास गरिने भएको छ । महानगरपालिकालाई स्वच्छ सहरः हरित सहरको रूपमा विकास गर्न सम्भावित वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तयारका लागि गठन गरिएको कार्यदलले अध्ययन प्रतिवेदन महानगरपालिकालाई बुझाएको छ । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उपप्राध्यापक डा शेषकान्त भण्डारीको संयोजकत्वमा अध्ययन कार्यदल बनाइएको थियो । अध्ययन प्रतिवेदनमा महानगर क्षेत्रमा दुई लाख २६ हजार दुई सय ६१ बिरुवा रोप्न सकिने उल्लेख छ । जसअन्तर्गत सार्वजनिक खुला क्षेत्रमा ७३ हजार चार सय ९० र सडक,… पुरा पढौ