फिचर

लकडाउन पछिको पर्यटन र पर्वतीय पर्यटन मजदुरको अवस्था

विश्वका दुईसय भन्दाबढी देशहरु कोरोना भाइरस (कोभिड(१९) को महामारीमा परेका छन । विश्वकै अर्थतन्त्रलाई चलायमान बनाउने पर्यटन उद्योग ठप्पप्राय छ । अन्तर्राष्ट्रिय उडान तथा यातायात सेवा डेढमहिनादेखि बन्द छन । कोरोनाको सुरुवात भएको स्थान चीनको वुहान लगायत युरोपका केहि देशहरुमा संक्रमण दर घट्दै गएको कारण अब यो महामारी नियन्त्रणमा आउनेतर्फ आशावादी भएतापनि ठ्याक्कै नियन्त्रणमा आएर दिन चर्या नियमित कहिले हुन्छ भनिहाल्न सकिने स्थिति छैन । नेपालको अर्थमन्त्रीले देशको जिडिपीमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्रै भन्नु भएतापनि सेवाक्षेत्रको योगदान समेत… पुरा पढौ

यार्सागुम्बा सङ्कलनमा प्रतिबन्ध

पोखरा, १४ वैशाख । नेपालका हिमाली जिल्लाहरुमा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बाको सङ्कलन तथा ओसारपसारमा यो वर्ष धेरैजसो जिल्लाहरुले प्रतिबन्ध लगाएका छन । नेपालमा समुन्द्र सतहबाट ३५ सय मिटरदेखि ४५ सय मिटरको उचाईमा यार्सागुम्बा पाइने भएता पनि तुलनात्मक रूपमा सुक्खा तथा वृष्टिछाया रहेका जिल्लाहरु मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा पाइने यार्सागुम्बा उच्चगुणस्तरको हुन्छ । यी जिल्लाहरुमा सोही जिल्ला तथा अन्य पहाडी जिल्लाका दशौं हजार मानिसहरू यतिखेर यार्सागुम्बा सङ्गकनको लागि विभिन्न लेक तथा पाटनहरुमा पुग्दछन र अधिकतम दुई महिना (बैशाख र जेठ)… पुरा पढौ

विन्दुवाद शैलीमा पेन्टिङ रुचाउने कलाकार सुदिन श्रेष्ठ

पोखरा । कोरोना संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन गरेको आज बिहीवार ३४ दिन बितेको छ । यो लकडाउनमा धेरै मानिसहरू घर भित्रै बस्न बाध्य छ । मानिसहरूलाई बिहानदेखि बेलुकीसम्म समय कटाउन हम्मे हम्मे भइरहेको छ । गाउँ घरतिर घाँस काटने, खन्ने, जोत्ने गरी खेतीपाती लगाउने जस्ता कामहरू हुन्छ त्यसैले समय बिताउन सजिलो हुन्छ । तर शहर बजार तिर मानिसको आवादी धेरै भएकोले महामारी नियन्त्रणको निम्ति घर बाहिर निस्कन, हिडडुल गर्न नियन्त्रित छ । त्यसैले दिन काट्न पनि मुस्किल हुन्छ… पुरा पढौ

३१ औं दिनको लकडाउन (फोटो फिचर)

पोखरा, ११ वैशाख । कोरोना संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन गरेको आज बिहीवार ३१ दिन बितेको छ । यसैको कारण पर्यटकीय नगरी लेकसाइड तथा फेवाताल सुनसान छ । कुनैबेला आन्तरिक तथा विदेशी पर्यटकको घुइँचो हुने यी क्षेत्र अहिले सुनसान र शान्त देखिन्छन् हालसम्म मुलुकभर ४५ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ७ जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् । बुधबार मात्रै ३ जनालाई कोरोना देखिएको छ । लकडाउनको ३१ औं दिन पोखराका फेवाताललगायतका विभिन्न क्षेत्रका दृश्यहरु… पुरा पढौ

आज जन्मदिने आमाप्रति श्रद्धाभाव प्रकट गर्दै मातातिर्थ औशी मनाइदै

पोखरा । आज वैशाख कृष्ण अमावस्या अर्थात् मातृ अमावस्या । नेपालमा आजको दिनलाई आमाको मुख हेर्ने दिनका रूपमा चिनिन्छ । यो दिनलाई अर्काे शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि पनि भनिन्छ । आजको दिन अर्थात् प्रत्येक वैशाख कृष्णपक्ष औंशीका दिन मनाईने मातातीर्थ औंशीका दिन विशेषगरि छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा लुगा लगाउन र मीठा खानेकुरा खान दिई विभिन्न उपहार सहित जन्मदिने आमाप्रति सम्मान र कृतज्ञता सहित आशिर्वाद थाप्ने चलन छ । आमाले नौ महिनासम्म गर्भमा धारण गरेर… पुरा पढौ

कोरोना भाइरस: चीनको प्रयोगशालामा ‘भाइरस बनाइएको’ दाबीमा कति सत्यता

अमेरिकी विदेशमन्त्रालयले दूतावासका अधिकारीहरूसँग गरेका कूटनीतिक पत्राचार वा केबलहरूमा उनीहरू चीनको वुहानस्थित भाइरस प्रयोगशालाले अपनाएको जैविक सुरक्षाका उपायलाई लिएर चिन्तित रहेको पाइन्छ। सो प्रयोगशाला कोरोनाभाइरसको पहिलो प्रकोप देखिएको शहरमै अवस्थित छ। केही समयअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भाइरस उक्त प्रयोगशालाबाट बाहिरिएको भन्ने अप्रमाणित विवरणहरूलाई अमेरिकी सरकारले नियालिरहेको बताएका थिए। त्यसोभए यो पछिल्लो विकासक्रमले वर्तमान महामारीको हाम्रो बुझाइमा के जानकारी वा ज्ञान थप्छ त? के छन् पत्राचारमा? वाशिङ्गटन पोस्ट पत्रिकाले कूटनीतिक पत्राचारबाट प्राप्त जानकारीबारे समाचार बनाएको छ। उसका अनुसार सन् २०१८… पुरा पढौ

लकडाउनमा कलाकार देवेन गुरूङ

पोखरा । विश्व महामारीको रूपमा फैलिदै गएको कोरोनाभाईरसको कारण विश्व नै अहिले लकडाउनको स्थितिमा छ । यसको प्रभावले मासिहरू घरभित्रै बस्न बाध्य छ । घर भित्र के गरेर बस्ने, दिन काट्न सबैलाई गाह्रै नै हुन्छ । तर त्यसै बसिराख्ने कुरो पनि आएन । विशेष त कलाकारहरू आआफनै धुनमा मस्त हुन्छ । जाँगर चल्दा उनीहरू भोग प्यास घाम पानी केही नभनी आफनो सिर्जनामा तल्लिन हुन्छन । अझै भन्नु पर्दा यूवा पिंढीका कलाकारहरू झनै जोसिला हुन्छ । कोरोनो भाइरस रोकथाम तथा नियन्त्रणका… पुरा पढौ