फिचर

रवीन्द्रको कलात्मक ‘डुङ्गा चियाघर’

काठमाडौं । अग्ला रुखले घामको तातो राप रोक्दै शीतलता दिने कोसिस गरिरहेको छ। वरिपरि झुरुप्प झाडी र बुट्यानले घरभन्दा पर नयाँ बसाइको अनुभूति थपिदिएको छ। फाट्टफुट्ट झुल्कने कीटपतङ्गले घरआँगनको झल्को दिन्छ। झाडीकै बीचमा एउटा पुरानो डुङ्गा टक्क अडिएको छ। डुङ्गाको अस्तित्व पानी र त्यसको बहाबसँग जोडिएको हुन्छ। तर त्यहाँ जमिनसँग नाता जोड्ने प्रयत्नमा डुङ्गा लागेको छ। अनुभूति मात्रै पानीको बहाबसँग जोडिन्छ। नारायणी, राप्ती, कोशी जस्ता ठूला नदीमा बग्दाको स्मरण अनि काठमाडौंकै ठूला पोखरीमा तैरिँदाको स्मृति त्यो डुङ्गासँग छ। अहिले डुङ्गा… पुरा पढौ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः वर्ष बित्यो, जहाज उडेनन्

लुम्बिनी । काठमाडौँपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले रु ६० अर्बभन्दा बढी लगानी गरेको बताउनुहुन्छ नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा । होटलमा मात्र होइन, होटल निर्माणदेखि सेवा तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निर्माण सामग्री विक्रेता, साजसज्जाका सामान बिक्री गर्ने ठूला व्यावसायिक प्रतिष्ठानका साथै अन्य व्यवसायमा पनि यहाँ अर्बौँअर्बको लगानी भएको उहाँ बताउनुहुन्छ । अध्यक्ष शर्मा भन्नुहुन्छ, “विमानस्थल सञ्चालनमा आएपछि यसका कारणले मात्र दैनिक करिब २० हजार व्यक्तिको चहलपहल र चाप… पुरा पढौ

नेपाली पत्रकारिताको जग बसाल्नुभएका जयपृथ्वी

बझाङ । नेपालमा पत्रकारिताको इतिहास हेर्दा विसं १९४३ मा फर्कनुपर्छ । युवाकवि मोतीराम भट्टले काशी (बनारस) पढ्न गएको बेलामा नेपाली भाषाको पत्रिका ‘गोरखा–भारत जीवन’ प्रकाशन गर्नुभएको थियो । त्यो पत्रिका दुई वर्षसम्म चल्यो । उहाँ नेपाल फर्किएपछि ‘मोतीमण्डली’ टोली बनाएर पत्रिकाको तयारी गर्नुभयो । विसं १९५३ मा मोतीरामको निधन भएपछि १९५५ सालमा मोतीमण्डलीले ‘सुधासागर’ पत्रिका प्रकाशनमा ल्यायो तर, त्यसलाई तत्कालीन सरकारले मान्यता भने दिएन । विसं १९५८ मा तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंह २४ वर्षको हुनुहुन्थ्यो । त्यो समयमा सरकारलाई… पुरा पढौ

बसाइँसराइले गाउँका आकर्षक घर रित्ता

गलेश्वर । हरियाली जङ्गलको पुछारमा समथर मैदान । ढुङ्गाको छानो भएका चिटिक्कका घर । पश्चिमतर्फ हिमाल र मन्दिरको प्रतिविम्ब देखिने विशाल बराहा ताल । उत्तरतर्फ फर्किदा दन्तलहरजस्तै देखिने सेता हिमाल । छङछङ गर्दै बगेका खोला । रमाइलो प्रकृति तर,उदास उदास लाग्ने बस्ती । यो शब्द चित्र म्याग्दीको मालिका गाउँपालिका–७ को विममा पर्ने सुन्दर वाइन्दाफाँटको बस्तीको हो । हेर्दै आकर्षक रैथाने सीप र प्रविधिको प्रयोग गरी बनाइएका आकर्षक ग्रामीण घर रित्ता छन् । फराकिलो आँगनमा बाक्लो झारको साम्राज्य छ । पिँढी… पुरा पढौ

जलवायु परिवर्तनः न वर्षा न हिमपात

मनाङ । यसवर्ष हिउँदमा वर्षा हुनुपर्ने हो । तर वर्षा हुन सकेको छैन । पहाड तथा तराईमा वर्षा नहुँदा हिमाली क्षेत्रमा पनि हिमपात हुनसकेको छैन । यसवर्ष हिमाली क्षेत्रमा आवश्यक मात्रामा मात्रै नभइ हिमपात नै हुनसकेन । अहिले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको देख्न सकिन्छ । हिमाली क्षेत्रमा हिमपात भएर सेताम्मे हिउँ देखिनुपर्ने समयमा काला पत्थर मात्रै देखिन्छ । हिउँले रुझेर यहाँका धुलो हिलाम्मे हुनुपर्ने समय हो । तर, यसवर्ष यहाँ मौसम प्रतिकूल भएर हिमपात हुनसक्ने सम्भाव्यता देखिए… पुरा पढौ

त्यो निशाचर

दुइ चार दिन भयोत्यो त्यही छ!घरमुनी, गोठमाथीबढहरको डालीमा। एकाग्रअनि एकचित्तकति सकेको हेर! रातभर त्यही।उशाले आखा उघारीसकेरओजस्वी किरणहरु बिस्तारैतापमा परिणत हुदै गर्दाउसले हेर्छ वरीपरीपल्याकपुलुक!टाउको बटार्दै। त्यहीमुनीएउटा मुल छ।बेला बेला एउटा बकुल्लो पनित्यही चरिरहन्छ खेतका आलिमान तिन्लाइ एक अर्काको चासो।पलेटी कसेर शुन्यतामा षटकोणभित्रएउटा कोणले आकाशतिरअर्को कोणले धर्तीतिरखिचिरहदा: त्यही शुन्यताको मुलमामेरो मोल खोज्दै घुमिरहेछु।आकर्षण र बिकर्षणको चापमापिण्ड बनेर झुन्डिदा, अनायासै!अवतरित चेतनाले धर्तीमा तान्दादिग्भ्रमित मानसपटलत्यही लाटोकोसेरोकोध्यानमा केन्द्रीत थियो। आंखा उघारेर हेर्दा,त्यो निशाचर! फेरी,अध्यारोको खोजीमाउडिसकेको थियो। हेमराज बास्तोला पुरा पढौ

चुरे विनासले बस्ती नै सखाप

धनुषा । झट्ट हेर्दा विश्वासै लाग्दैन,कुनै समय यहाँ बस्ती थियो । चुरे विनासको कारण कुनै बेला धनुषामा रहेको यो गुल्जार बस्तीको अहिले नामोनिसान छैन । तत्कालीन धनुषाको दिगम्बरपुर गाविस–४ छेडीपोखरी मानवविहीन बन्न पुगेर त्यहाँका सम्पूर्ण गाउँले अन्यत्र बसाइँ सर्न विवश भएका छन् । हाल उनीहरू गाउँभन्दा करिब दुई किलोमिटर पर अलिक अग्लो जमिनमा पुगेर बसोबास गरेका छन् । त्यस ठाउँलाई अहिले क्षीरेश्वरनाथ नगरपालिका–६ सखुवा बजार नयाँ टोल भनेर चिनिन्छ । ‘केही वर्ष अघिसम्म यहाँ मासि बस्थे, तिनले खाने पानीको इनार… पुरा पढौ