फिचर

दसैँमा ७० वर्षीय वृद्धको बालुवामै सङ्घर्ष

पोखरा । उमेरले ७० वर्ष । सरकारले प्रदान गर्ने ज्येष्ठ नागरिक भत्ता खाने बेला हो । न नागरिकता छ । न परिवारका कुनै सदस्य नै छन् । जीवन बालुवामा सङ्घर्ष गर्दागर्दै नै बित्यो । आइतबार फूलपातीको दिन सबै नेपालीमा दसैँको चहलपहल सुरु भएको छ तर उनलाई न कुनै वर्ष दसैँ न त तिहार लागेको छ । बालुवा बोकेर बिहान–बेलुकाको गाँस जुटाउन कै लागि सङ्घर्ष गर्दै ठिक्क छ । टाउकोभरि नाम्लाको नील डाम । पाइतालामा चप्पल छैन, थोत्रा कपडा, कुप्री पर्दै,… पुरा पढौ

कृष्णसारको बासस्थान बन्दै शुक्लाफाँटा

महेन्द्रनगर, २९ साउन । पछिल्लो समय कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सङ्कटापन्न कृष्णसारको बासस्थान बन्दै गएको छ । बासस्थानको सम्भावना राम्रो देखिएपछि पहिलो पटक शुक्लाफाँटामा २०६९ साल भदौमा नेपालगञ्ज तथा ललितपुरको सदर चिडियाखाना र २०७२ वैशाखमा बर्दियाको खैरापुरबाट यहाँ कृष्णसार स्थानान्तरण गरिएको हो । पहिलो चरणमा २८ र दोस्रो चरणमा १४ कृष्णसार स्थानान्तरण गरिएका थिए । निकुञ्जको पूर्वी क्षेत्रको सुरक्षार्थ तैनाथ नेपाली सेनाको अर्जुनी पोष्ट पश्चिम उत्तर र राजमार्गदेखि करिब चार किलोमिटर उत्तरमा रहेको हिरापुरफाँटामा कृष्णसारका लागि ताल र ‘सेड हाउस’… पुरा पढौ

कृषि कर्ममा रमाउँदै हवाई व्यवसायी बस्नेत

काठमाडौँ, २६ असार । वीरेन्द्रबहादुर बस्नेत नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो । हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक उहाँले वर्षौँदेखि जहाज सञ्चालक रहेर वायुसेवा क्षेत्रमा प्रतिष्ठा कमाउनुभएको छ । सो क्षेत्रमा सफलता हासिल गर्नुभएको व्यक्ति धानमिल अर्थात् धान र खाद्य सुरक्षाको कुरा गर्ने बाटोमा कसरी मोडिनुभयो त ? रासससँगको कुराकानीमा प्रबन्ध निर्देशक बस्नेतले भन्नुभयो, “बुद्ध एयर खोल्नु अगाडि धानमा परिचित थिएँ, धान उत्पादनमा नै खाइखेली आएको व्यक्ति हुँ, यसैले नेपालको सफलता न्यायसङ्गत व्यवसाय के हुनसक्छ भन्दा… पुरा पढौ

विपद्को भयले त्रसित मनहरू

काठमाडौँ । गत वर्षको भिषण वर्षासँगै सिन्धुपाल्चोकको हेलम्बुका पहाड खसेर आएको कल्पनीय बाढीले ठूलो क्षति ब्यहोरेकी मेलम्ची नगरपालिका–११ की मैया दुलाललाई वर्षा शुरु हुनै लागेकाले फेरि चिन्ता बढेको छ । उही पुरानै शैलीमा मेलम्ची उर्लिने पो हो कि भने चिन्ता उहाँलाई छ । आकासमा कालो बादल देख्नासाथ उहाँलाई त्यही त्रासदीपूर्ण दिनको भयले सताउँछ । त्यस बाढीले उहाँको घरको दुई तलासम्म पुरिदिएको थियो । क्षणभरमै आएको बाढीले घर सम्पत्तीको नामोनिसानै मेटाइदिएको हेलम्बु गाउँपालिका–२ गणेशबगरका स्थानीय राम तामाङको चिन्ता पनि उस्तै छ… पुरा पढौ

वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन

काठमाडौँ, ९ जेठ । सरकारले वार्षिक रुपमा ल्याउने गरेको नीति र कार्यक्रममा विगत १० वर्षदेखि एउटै योजना राखिएका छन् । एउटै कार्यक्रम समावेश छन् । ती कुनै पनि वर्ष छुट्दैनन्, कहिल्यै कार्यान्वयन हुँदैनन् र पूरा पनि हुँदैनन् । बजेट खर्च भएको छ, जनशक्ति पनि परिचालित छन् । त्यसले नागरिकलाई खास अर्थमा लाभ पनि दिएको हुँदैन । सरकारी निकाय पनि यसमा जानकार छ । राजनीतिक नेतृत्वले पनि यो विषयमा राम्रै जानकारी राखेको छ । यस्तै अवस्थाका बीचमा सरकारको आगामी आर्थिक वर्षको… पुरा पढौ

जिमिरबारी गाउँपुग्दा जे देखियो

कास्की । सुन्दर र पबित्र माछापुच्छ्रे हिमालले लाखौं पर्यटकहरुको मन लोभ्याउछ। धेरैजसो बिदेशी पर्यटकहरु आधार शिविर सम्मनै पुगेर आनन्द लिन रुचाउँछन । माछापुच्छ्रे हिमालको उत्तर (मोदिखोलातर्फ)को आधार शिविर सन १९६० को दशक देखिनै बिश्व चर्चित छ। तर दक्षिणी पाटो (पबित्र सेती नदी अथवा पोखरा तर्फ)ले भने पर्यटनबाट अपेक्षित लाभ लिन सकेको छैन। यसै प्रसंगमा आज नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश कार्यालय प्रमुख काशीराज भण्डारीसंग अनौपचारिक घुमघामको शिलशिलामा जिमिरबारी गाउँ पुग्ने अबसर मिल्यो । गाडी चडेर झन्डै डेढ… पुरा पढौ

यसरी अवतरण भयो वाइड बडी भैरहवा विमानस्थलमा

काठमाडौँ, १६ वैशाख । संघीय राजधानी काठमाडौँको २२ डिग्री तापक्रम । बिहीबार अपराह्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन अघिल्तर यात्रुको भीडभाड । समूह, समूहमा भलाकुसरी गरिरहेको दृश्य कुनै मेला महोत्सवकै भान दिन्थ्यो । सायद पहिलोपटक हुनुपर्छ यती धेरै भीडभाड आन्तरिक टर्मिनलमा तर, यो भीडभाड व्यवसायिक उडानका यात्रु नभई परीक्षण उडानका लागि वाइड बडी जहाज चड्न तम्तयार यात्रु थिए । आन्तरिक यात्रुले यसै पनि भीडभाड हुने आन्तरिक टर्मिनलमा एकैपटक धेरै सङ्ख्यामा उपस्थिति हुँदा विमानस्थलमा फरक माहोल देखिन्थ्यो । नेपाल नागरिक… पुरा पढौ