विपद्को भयले त्रसित मनहरू
काठमाडौँ । गत वर्षको भिषण वर्षासँगै सिन्धुपाल्चोकको हेलम्बुका पहाड खसेर आएको कल्पनीय बाढीले ठूलो क्षति ब्यहोरेकी मेलम्ची नगरपालिका–११ की मैया दुलाललाई वर्षा शुरु हुनै लागेकाले फेरि चिन्ता बढेको छ । उही पुरानै शैलीमा मेलम्ची उर्लिने पो हो कि भने चिन्ता उहाँलाई छ । आकासमा कालो बादल देख्नासाथ उहाँलाई त्यही त्रासदीपूर्ण दिनको भयले सताउँछ । त्यस बाढीले उहाँको घरको दुई तलासम्म पुरिदिएको थियो । क्षणभरमै आएको बाढीले घर सम्पत्तीको नामोनिसानै मेटाइदिएको हेलम्बु गाउँपालिका–२ गणेशबगरका स्थानीय राम तामाङको चिन्ता पनि उस्तै छ…
पुरा पढौ
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
काठमाडौँ, ९ जेठ । सरकारले वार्षिक रुपमा ल्याउने गरेको नीति र कार्यक्रममा विगत १० वर्षदेखि एउटै योजना राखिएका छन् । एउटै कार्यक्रम समावेश छन् । ती कुनै पनि वर्ष छुट्दैनन्, कहिल्यै कार्यान्वयन हुँदैनन् र पूरा पनि हुँदैनन् । बजेट खर्च भएको छ, जनशक्ति पनि परिचालित छन् । त्यसले नागरिकलाई खास अर्थमा लाभ पनि दिएको हुँदैन । सरकारी निकाय पनि यसमा जानकार छ । राजनीतिक नेतृत्वले पनि यो विषयमा राम्रै जानकारी राखेको छ । यस्तै अवस्थाका बीचमा सरकारको आगामी आर्थिक वर्षको…
पुरा पढौ
जिमिरबारी गाउँपुग्दा जे देखियो
कास्की । सुन्दर र पबित्र माछापुच्छ्रे हिमालले लाखौं पर्यटकहरुको मन लोभ्याउछ। धेरैजसो बिदेशी पर्यटकहरु आधार शिविर सम्मनै पुगेर आनन्द लिन रुचाउँछन । माछापुच्छ्रे हिमालको उत्तर (मोदिखोलातर्फ)को आधार शिविर सन १९६० को दशक देखिनै बिश्व चर्चित छ। तर दक्षिणी पाटो (पबित्र सेती नदी अथवा पोखरा तर्फ)ले भने पर्यटनबाट अपेक्षित लाभ लिन सकेको छैन। यसै प्रसंगमा आज नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश कार्यालय प्रमुख काशीराज भण्डारीसंग अनौपचारिक घुमघामको शिलशिलामा जिमिरबारी गाउँ पुग्ने अबसर मिल्यो । गाडी चडेर झन्डै डेढ…
पुरा पढौ
यसरी अवतरण भयो वाइड बडी भैरहवा विमानस्थलमा
काठमाडौँ, १६ वैशाख । संघीय राजधानी काठमाडौँको २२ डिग्री तापक्रम । बिहीबार अपराह्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन अघिल्तर यात्रुको भीडभाड । समूह, समूहमा भलाकुसरी गरिरहेको दृश्य कुनै मेला महोत्सवकै भान दिन्थ्यो । सायद पहिलोपटक हुनुपर्छ यती धेरै भीडभाड आन्तरिक टर्मिनलमा तर, यो भीडभाड व्यवसायिक उडानका यात्रु नभई परीक्षण उडानका लागि वाइड बडी जहाज चड्न तम्तयार यात्रु थिए । आन्तरिक यात्रुले यसै पनि भीडभाड हुने आन्तरिक टर्मिनलमा एकैपटक धेरै सङ्ख्यामा उपस्थिति हुँदा विमानस्थलमा फरक माहोल देखिन्थ्यो । नेपाल नागरिक…
पुरा पढौ
‘नेपालका चराहरु’ पुस्तकको ऐतिहासीकता
सन् २००९ को अन्त्यतिर प्राणीशास्त्र केन्द्रीय बिभागमा स्नाकोत्तर दोस्रो वर्ष अध्यनको चरणमा सोधपत्र (थेसीस)को विषयवस्तुको खोजीमा थिए । मेरो जन्मस्थान पश्चिम नेपालको मध्यपहाडी जिल्ला अर्घाखाँचीको धारापानी हो । बाल्यकालदेखि नै म गिद्धसँग साक्षत्कार थिए । सिनोमा लुछाचुडी गरिरहेका गिद्धको चर्तिकला देख्दा मनै फुरुङ्ग हुन्थ्यो । कयौ पटक सिनो खाईरहेका गिद्ध धपाउदै विद्यालय नै जान बिर्सन्थे । घरदेखि करीव दुई घण्टाको पैदल दुरीमा रहेको घेराभिरका पहरामा ति गिद्धले गुँड बनाएर बस्ने गरेको कुरा हजुरबुवा सुनाउनुहुन्थ्यो । त्यहाँका गिद्धमा सोधपत्र गर्न पाए…
पुरा पढौ
तान्त्रिक विधिबाट भुङ्ग्रामाथि नाच
भक्तपुर। साँझ ढल्किँदै गयो । मानिसहरूको चहलपहल बढ्दै गयो । आँगनमा बाजा बज्दै थियो । बाजाको आवाज सुनेर रातको पर्वाह नगरी वारिदेखि पारि गाउँसम्मका महिला, पुरुष, बालबालिकाको भिड बढ्दै थियो । काखमा सन्तान च्यापेर आउने आमाहरूको उपस्थिति पनि बाक्लै थियो । चाँगुनारायण नगरपालिका–९ ताथली (साविक वडा नं ६) सौडोलको गिरी बस्तीका सुरेश गिरीको घर पछाडिको बारीको पाटामा वरिपरि बाँसले घेरेर बीचमा राखिएको १०८ भारी दाउराको थुप्रामा तान्त्रिक विधिले पूजा गरी बालेको आगोको राप दन्किदै थियो । सेतो धोती बाँधिएको, त्यसमाथि…
पुरा पढौ
जलवायु परिवर्तनको असर घरको बनोटदेखि स्याउखेतीसम्म
मनाङ, १५ फागुन । गत वर्ष जेठ र असारमा आएको भारी वर्षाबाट धेरै क्षति पुगेको छ । सामान्यतः पानी नै नपर्ने र परिहाले पनि अत्यन्त कम पर्ने हिमाली क्षेत्रमा वर्षा हुने गरेको छ । जलवायु परिवर्तनले हिउँसँगै पानी पर्न थालेपछि हिमाली क्षेत्र मनाङ जिल्लामा पक्की घर बन्न थालेका छन् । वर्षाका कारण हिमाली क्षेत्रमा रहेका परम्परागत तथा पुराना माटोका घर मासिँदै गएका छन् । हिमाली क्षेत्रमा माटाको घरभन्दा सुरक्षित हुने भएकाले पनि पक्की घर बनाउनतर्फ स्थानीयवासी लाग्ने गरेको पाइन्छ ।…
पुरा पढौ