साहित्य

गण्डकी प्रज्ञा–प्रतिष्ठानले सातजना स्रष्टालाई सम्मान गर्ने

गण्डकी । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवका अवसरमा सातजना श्रष्टालाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका भूपिन खड्का, गण्डकी प्रज्ञा सङ्गीत सम्मानबाट स्याङ्जाका पुरुषोत्तम न्यौपाने, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठलाई सम्मान गर्ने भएको हो । उहाँहरूलाई जनही रु एक लाख नगद, सम्मानपत्र, दोसल्लासहित सम्मान गरिने गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिनुुभयो । त्यसैगरी, गण्डकी प्रज्ञा–प्रतिष्ठान नारी सम्मानबाट तनहुँकी सरस्वती प्रतीक्षा सम्मानित हुनु हुने भएको छ ।… पुरा पढौ

खास्टे ताल किनारमा जीवन र जगतको खोजी

गण्डकी, १६ वैशाख । पोखरेली साहित्यकारहरूले प्रत्येक महिनाको तेस्रो शनिबार साहित्यिक अभियान ‘अक्षरयात्रा’ सञ्चालन गर्दै आएका छन् । अभियानका क्रममा दुई सय १० औँ श्रृङ्खला लिएर शनिबार साहित्यकारहरू पोखरा महानगरपालिका–२६ स्थित खास्टेताल किनार पुगे । साहित्यका माध्यमबाट गाउँ पर्यटनलाई जोड्ने उद्देश्यसहित सञ्चालन गरिएको अभियानअन्तर्गतको यस श्रृङ्खलामा कविहरूले खास्टे ताल किनारमा साहित्यीक रचनाका माध्यमबाट जीवन र जगतको यथार्थ खोजी गर्ने प्रयासमा गरेका थिए । खास्टेताल किनारस्थित ज्येष्ठी बाराही मन्दिर परिसरमा अभियानका परिकल्पनाकारमध्येका एक स्वर्गीय प्रकट पङ्गेनी शिवप्रति सम्मान र सम्झना गर्दै… पुरा पढौ

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा ल्याऔँ’

पोखरा । पूर्वअर्थमन्त्रीद्वय वर्षमान पुन र सुरेन्द्र पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । आन्तरिक उडान मात्र भइरहेको उक्त विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकारले विदेशी मुलुकसँग कूटनीतिक पहल गर्नुपर्नेमा उनीहरुको जोड छ । पोखरामा जारी नेपाल साहित्यको महोत्सवको ‘अर्थमन्त्री हुनुको अर्थ’ सत्रमा पत्रकार किरण नेपालसँगको संवादमा पूर्वअर्थमन्त्री पुनले सम्भावना पहिचान गरेरै सरकारले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएको बताए । “पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक छ, चलाउन सकिन्छ, बरु सरकारले छिटो हवाइमार्ग खुला गरेर अन्तर्राष्ट्रिय उडान सुरु गर्न सार्थक… पुरा पढौ

नेपाल फर्केर के गर्ने ?

पोखरा, ५ फागुन । नेपाल साहित्य महोत्सवको ‘ब्रेन गेन ? फर्केर के गर्ने ?’ सत्रमा वक्ता स्वर्णिम वाग्ले र शृङ्खला खतिवडा आफ्नो विद्वतासहित प्रस्तुत भए । उनीहरु दुवै विदेशमा ज्ञान, सीप र अनुभव आर्जेर स्वदेश फर्कनेमध्येमा पर्छन् । पोखराको फेवाताल किनारस्थित बाराहीघाटमा जारी महोत्सवमा वाग्ले र खतिवडालाई सुन्न दर्शकको उल्लेख्य उपस्थिति रह्यो । पत्रकार सोनिया अवालेले युवाहरुको पलायनलाई कसरी रोक्ने ? भविष्यको खोजीमा देश छाडिरहेका युवाहरू नेपाल फर्केर के गर्ने ? जस्ता सवालमा वाग्ले र खतिवडाबीच बहस गराए । प्रतिनिधिसभा… पुरा पढौ

काठमाडौँमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘नगरको शान दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्ने भएको छ । नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल) बबरमहल काठमाडौँमा यही फागुन ५ गतेदेखि १७ गतेसम्म आयोजना गरिने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने तय भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए । प्रदर्शनीमा ५० देशका चित्रकारले बनाएका १७० भन्दा बढी चित्रहरु राखिनेछन् । जसमा दिक्तेल रुपाकोट… पुरा पढौ

‘राष्ट्रिय मुक्तक पुरस्कार’ शेरचनलाई

पोखरा, २८ माघ । मुक्तक मञ्च पोखरामा स्थापित ‘राष्ट्रिय मुक्तक पुरस्कार–२०८०’ साहित्यकार उषा शेरचनलाई अर्पण गरिएको छ । रु ३३ हजार तीन सय ३३ राशिको सो पुरस्कार शनिबार आयोजित समारोहमा कलाकार दुर्गा बराल ‘वात्सायन’, साहित्यकार सरुभक्तलगायतले संयुक्तरूपमा शेरचनलाई हस्तान्तरण गरे । पोखरेली साहित्यकार अल्पबिरामले स्थापना गर्नुभएको उक्त पुरस्कार छैटौँपटकमा साहित्यकार शेरचनलाई प्रदान गरिएको हो । मुक्तक विधाको उन्नयनमा सिर्जनात्मक योगदान पुर्याएबापत उनलाई पुरस्कृत गरिएको मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यले जानकारी दिए । शेरचनका मुक्तकसहित, कविता, गीत, कथा, उपन्यासलगायतका विधामा कृति र… पुरा पढौ

नेपाल लिट्रेचर फेस्टिभल ३ फागुनदेखि पोखरामा हुने

पोखरा । नेपाल लिट्रेचर फेस्टिभल फागुन पहिलो साता पोखरामा हुने भएको छ । बुकवर्म फाउन्डेसनको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवद्र्धनमा हुने नेपाल लिट्रेचर फेष्टिभलको एघारौं संस्करण आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म पोखराको लेकसाइडस्थित बाराहीघाटमा हुने बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । यसवर्षको फेस्टिभलको प्रवद्र्धकमा पोखरा महानगरपालिका रहेको आयोजक संस्था बुकवर्म फाउण्डेसनले जनाएको छ । लिट्रेचर फेष्टिभलमा देशविदेशका गरेर दुई सय भन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहने आयोजक संस्थाका केशवशरण… पुरा पढौ