प्रमुख समाचार

बुधबारदेखि खाना पकाउने ग्यासको भरि सिलिन्डर बजारमा पठाइने

बजारमा देखिएको खाना पकाउने ग्यास (एलपी ग्यास) को असहजता र उपभोक्ताको मागलाई सम्बोधन गर्दै नेपाल आयल निगमले बुधबारदेखि देशभर पूर्ण तौल (भरी सिलिण्डर) को ग्यास बिक्री वितरण गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको विशेष निर्देशनपछि निगमले यो व्यवस्था मिलाएको हो। नेपाल आयल निगमले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बजारमा साविककै १४.२ केजीको भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको आधिकारिक जानकारी दिएको छ। आपूर्तिमा सुधार र उच्च मागको सम्बोधन विगत केही समयदेखि ग्यास आपूर्तिमा देखिएका प्राविधिक… पुरा पढौ

२४ घण्टामा ७३ प्राकृतिक प्रकोपका घटना: दुई जनाको मृत्यु, एक बेपत्ता

काठमाडौँ । अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपका घटना बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा देशभर ७३ वटा प्राकृतिक प्रकोपका घटना दर्ता हुँदा दुई जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ८:४५ बजेदेखि आज बिहान ८:४५ बजेसम्मको अवधिमा भएका घटनामा बाढी, पहिरो, सर्प दंश, अविरल वर्षा तथा वन्यजन्तु आक्रमणका घटना समावेश छन् । प्राधिकरणको तथ्यांकअनुसार उक्त अवधिमा पहिरोका ४० घटना दर्ता भएका छन्, जसबाट २६… पुरा पढौ

आत्मदाहको प्रयास गरेका विवेक मण्डलको मृत्यु

सर्लाहीको गोडैताका विवेक मण्डलको उपचार क्रममा मृत्यु भएको छ । असार २६ गते आत्मदाहको प्रयास गरेका उनको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा राति दुई बजे निधन भएको हो । उनलाई शुक्रबार सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३४ वर्षीय मण्डलले बिहीबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए । उनलाई प्रादेशिक अस्पतालबाट थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । पुरा पढौ

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका धैरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र… पुरा पढौ

‘विकास आयोजनाका काममा ढिलासुस्ती स्वीकार्य छैन’ : मुख्यमन्त्री पाण्डे

दमौली (तनहुँ) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विकास आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताएका छन् ।  भानु नगरपालिका–१ र बन्दीपुर गाउँपालिका–४ जोड्ने चुँदी खोलामाथि निर्माण सम्पन्न भएको पुलको आज उद्घाटन गर्दै उनले विकास आयोजनामा ढिलासुस्ती स्वीकार्य नहुने बताए।  प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय, तनहुँमार्फत निर्माण सम्पन्न भएको उक्त पुल निर्धारित समयभन्दा करिब सात महिना अगाडि सम्पन्न हुनु विकास निर्माणको क्षेत्रमा सकारात्मक सन्देश भएको बताए ।  “यो पुल गुणस्तरीय र समयमै विकास आयोजना सम्पन्न गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण बनेको छ,”… पुरा पढौ

नयाँपुल-विरेठाँटी-घान्द्रुक सडकमा यातायात बन्द, यात्रुहरु समस्यामा

कास्की । मोदी खोलामा आज आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ र १० को सीमा स्याउलीबजार नजिक मोदी खोलाले सडक बगाएपछि अहिले नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकमा यातायात बन्द भएको छ । अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला थुनिपछि आएको बाढीका कारण उर्लिएको मोदी खोलाले सडक बगाउँदा ग्रामीण पर्यटको केन्द्र घान्द्रुकसँगको सडक सम्पर्क टुटेको थियो । सडक बन्द हुँदा घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् । पैदल यात्राका लागि समस्या नभए पनि सवारीसाधनमा गएका पर्यटक घान्द्रुकमै रोकिएका हुन् । घान्द्रुक पर्यटन व्यवसायी समितिका कोषाध्यक्ष कृष्ण गुरुङले तीन दिन बिदा मनाउने सिलसिलामा घान्द्रुक पुगेका ३०० जना पर्यटक अहिले… पुरा पढौ

अविरल वर्षा र बाढीपहिरोले देशका विभिन्न राजमार्गमा यातायात अवरुद्ध

देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् ।  बाढी र पहिरोले सडक बगाउने र बाटो अवरुद्ध बढेपछि यात्रुहरू बाटोमै अलपत्र परेका छन् । सडक विभाग र प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार बाढी र पहिरोका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो राजमार्ग ठप्प भएका छन् । कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्गमा सडकमा यातायात एकतर्फी सञ्चालनमा छ । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग असार २३ गतेदेखि अविरल वर्षाका कारण पूर्ण… पुरा पढौ