प्रमुख समाचार

मनसुनजन्य विपद् प्रतिकार्यका लागि यस्तो छ नेपाली सेनाको तयारी

काठमाडौँ । नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यस वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ । यस अभियानमा सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिइएको छ । सेनाका अनुसार विपद्को समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्लास्थित गण तथा गुल्ममा आवश्यक सङ्ख्यामा फौज तयारी अवस्थामा राखिएको छ । प्रदेशस्थित सबै पृतनामा आवश्यक… पुरा पढौ

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि गर्न-गराउन निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न-गराउन निर्देशन दिएको छ । मन्त्रालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सञ्चालनका लागि समय निर्धारण गरेको हो ।  मन्त्रालयको सो निर्णयबारे शिक्षा, तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गरी आज जानकारी गराएको छ । पुरा पढौ

फिर्केखोला अतिक्रमण हटाउन पोखरा महानगरको अन्तिम चेतावनी

पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघरभित्र निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना निर्धारित समयभित्र हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको छ । महानगरपालिकाले सार्वजनिक गरेको सूचना अनुसार आगामी जेठ ९ गतेभित्र संरचना स्वेच्छाले नहटाए स्थानीय तह आफैँले डोजर प्रयोग गरी हटाउनेछ । त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित पक्षबाट असुल गरिने चेतावनीसमेत दिइएको छ । महानगरका अनुसार फिर्केखोला को वडा नम्बर १८ स्थित अँधेरीकुनादेखि सुरु भई वडा नम्बर २, ४, ५, ७, ८ र १७ हुँदै वडा नम्बर ६ को… पुरा पढौ

हुम्लाको नेप्का गाउँमा पहिरोले विद्यालय भवनसहित खेतीयोग्य जमिन बगायो

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका-५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली-५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्‍याएको छ । एक्कासी असिना पानी परेपछि खसेको पहिराले विद्यालय भवन सहित खेतीयोग्य जग्गा र गोठ पनि क्षति पुर्‍याएको चङ्खेली-५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिए । चङ्खेली-५ वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ । त्यहाँ रहेका भेँडाबाख्रामा क्षति पुगेको छ । पहिरोले गोठ पुरिए पनि के कति क्षति भयो भन्ने एकिन विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख… पुरा पढौ

मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

मुस्ताङ । मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्चलेंक, खर्क र पाटनमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गर्न सुरु गरिएको जनाएको छ । मुस्ताङमा ड्रोन प्रविधिद्वारा चलचित्र, डकुमेन्ट्री फिल्म र चाडपर्वलगायत श्रव्यदृष्यहरु छायाङ्कन गरिने गरिएको भए पनि अन्नपूर्ण संरक्षण आयोजनाले पहिलो एआई प्रविधिको ड्रोन क्यामेरा वन गस्ती गर्ने कार्यमा प्रयोगमा ल्याएको हो । यहाँको कठिन भूगोल र उच्च स्थानका न्यून मानव बस्ती रहेका स्थानमा वन अनुगमन गर्नका… पुरा पढौ

नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति निवास शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधान न्यायाधीश पदको शपथ गराएका हुन्। शपथ समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सहित उच्च पदस्थ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो। पुरा पढौ

नीति तथा कार्यक्रम अनुसार नै आगामी बजेट ल्याइने अर्थमन्त्री डा. वाग्लेको दाबी (पुर्णपाठ)

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सरकारको नीति तथा कार्यक्रमसँग पूर्ण रूपमा मेल खाने गरी तयार गरिने बताएका छन् । प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नीति तथा कार्यक्रम र विनियोजन विधेयकबीच पूर्ण समन्वय रहेको स्पष्ट पारे । सोही आधारमा आगामी बजेट पनि त्यही दिशामा केन्द्रित हुने उनको भनाइ थियो । अर्थमन्त्री वाग्लेले निजी क्षेत्रभित्रको अनियमित अभ्यासलाई ढाकछोप नगर्न विपक्षी सांसदहरूलाई आग्रह गर्दै श्रमिक, किसान, भूमिहीन तथा… पुरा पढौ