प्रमुख समाचार

देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भू-भाग नजिक रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा तथा सुदूरपश्चिमको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म… पुरा पढौ

बझाङको सुँगरेमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, १२ जना घाइते

बाझाङ । बझाङ जिल्लामा जीप दुर्घटना हुँदा तीन जानाको मृत्यु भएको छ  भने १२ जना घाइते भएका छन् । केदारस्युँ गाउँपालिका र दुर्गाथलि गाउँपालिकाको सिमानामा पर्ने कांडाचौर बाट चुवापन आईरहेको जिप सुँगरे भन्ने ठाउँमा दुर्घटना हुदा तीन जना काे घटनास्थलमै मृत्यु भएको छ।  १२ जना गम्भीर घाइते भएका छन्  । आज दिउँसो करिब ३ बजेको समयमा केदारस्यूँ गाउँपालिका–७ बाट दुर्गाथली गाउँपालिका–६ चुवाबनतर्फ जाँदै गरेको से १ च २४४४ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो। चालक देव बहादुर धामीले चलाएको उक्त… पुरा पढौ

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन

काठमाडौँ । काठमाडौँको बुद्ध नगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ । उनको उपचारका क्रममा केही बेर अघि वीर अस्पतालमा निधन भएको प्रहरीले जानकारी दिएको छ । आज बिहान उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए। प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । उनलाई सघन कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो । उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो । पुरा पढौ

कोरला नाका जोड्ने (छुसाङ–घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ । उत्तररदक्षिण व्यापारिकमार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले कोरलानाका जोड्ने (छुसाङ–घमी) सडकको बहुवर्षीय ठेक्का आह्वान गरेको छ । आयोजनाले शुक्रबार सूचना प्रकाशित गरी छुसाङ–घमी सडकको स्तरोन्नति तथा कालोपत्रका लागि ठेक्का आह्वान गरेको हो ।  सडक स्तरोन्नति तथा कालोपत्रका लागि दुई प्याकेजमा बहुवर्षीय ठेक्का आह्वान गरिएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए। सडकमार्गअन्तर्गत छुसाङदेखि भेनासम्मको (२०.१) किलोमिटर सडक (पहिलो खण्ड)र भेनादेखि घमीसम्मको (२०.१) किलोमिटर (दोस्रो खण्ड) गरी बहुवर्षीय ठेक्का आह्वान गरिएको हो ।  छुसाङदेखि भेनासम्मको (१४ किलोमिटर) सडकका लागि… पुरा पढौ

बुद्धनगरमा आत्मदाह प्रयास, अस्पताल पुर्‍याइयो

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । आगो लगाएको खबर पाएलगत्तै घाइते राउतलाई काठमाडौं प्रहरीको टोलीले उनलाई वीर अस्पताल पुर्‍याएको एसपी पवन भट्टराईले जानकारी दिए । उनको छोरासँग केही विषयमा विवाद भएको प्रारम्भिक जाँचमा खुलेको छ । घरमा श्रीमती र छोरासहित उनी बस्दै आएका थिए । पुरा पढौ

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट-बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो । गत वर्षसम्म सामान्य वर्षा, सडक निर्माण, पहिरो पन्छाउने काम तथा सवारीसाधन बिग्रिए पनि दाउन्ने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो । विशेषगरी बर्खा र हिउँदमा हजारौँ यात्रुले घण्टौँ सडकमै बस्नुपर्ने अवस्था थियो । तर यस वर्ष सडकको अधिकांश… पुरा पढौ

गर्मी छल्न पर्यटक रिग क्षेत्रमा

ढोरपाटन (बागलुङ) । हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बागलुङको तल्लो क्षेत्रमा निकै गर्मी छ । जसका कारण समुन्द्री सतहदेखि तीन हजार २०० मिटरको उचाइमा रहेको रिगताल क्षेत्रमा सितल छ । यहाँ पुस माघ महिनाको जस्तो चिसो सिरेटो चिलिनै रहन्छ । गर्मी छल्न आन्तरिक पर्यटक दिनहुँ यहाँ पुग्छन् । उच्च पहाडी हावापानी, शान्त वातावरण र प्राकृतिक सुन्दरताको रसास्वादन गर्न आउने पर्यटकका कारण रिग क्षेत्रमा चहलपहल बढेको हो । बर्खा याममा फूलेका भुइँफूल र अहिया पालुवाले यहाँ… पुरा पढौ