प्रमुख समाचार

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका हिमाली र पहाडी भाग तथा… पुरा पढौ

विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा आज भएको खेलमा जर्मनीलाई २–१ को गोल अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो । खेलमा पहिलो अग्रता भने जर्मनीले लिएको थियो । खेल सुरु भएको दोस्रो मिनेटमा लेरोय सानेले गोल गरेपछि जर्मनीले अग्रता लिएको हो ।  त्यसपछि खेलको नवौँ मिनेटमा इक्वेडरका निल्सन एङ्गुलोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।  खेलको दोस्रो हाफको ७७ औँ मिनेटमा इक्वेडरका अर्का… पुरा पढौ

कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि उत्तरपुस्तिका प्रमाणीकरण गर्न समिति गठन

शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा १२ को नतिजा त्रुटिपूर्ण सम्बन्धमा थप अध्ययन गर्न छानबिन समिति गठन गरेको छ । शिक्षा मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क एवं डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् । शिक्षामन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजाका विषयमा प्रश्न उठेपछि उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क… पुरा पढौ

फेवातालका जलपर्यटन व्यवसायमा प्रशासनको कडाइ

कास्की । पोखरास्थित पर्यटकको प्रमुख आकर्षक गन्तव्यका रूपमा रहेको फेवातालमा पछिल्ला समय दुर्घटनाका घटना बढ्न थालेपछि प्रशासनले जलपर्यटनसँग सम्बन्धित गतिविधि सञ्चालनमा कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले फेवातालमा सञ्चालनमा रहेका डुङ्गा, कायकिङ तथा सर्फिङ व्यवसायलाई थप व्यवस्थित र सुरक्षित बनाउन आज १९ बुँदे निर्देशन जारी गरेको हो । सूचनाअनुसार अब डुङ्गा, कायकिङ र सर्फिङमा सहभागी सबैले अनिवार्य रूपमा लाइफ ज्याकेट लगाउनुपर्नेछ । ज्याकेटबिना कुनै पनि जलपर्यटन गतिविधि सञ्चालन गर्न पाइने छैन । सेवा प्रदायकले गतिविधि सुरु गर्नुअघि सेवाग्राहीलाई सञ्चालन… पुरा पढौ

बेनी-जोमसोम सडक १२ घण्टापछि खुल्यो

म्याग्दी । सडकमा थुप्रिएको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा १२ घण्टापछि यातायात सेवा सञ्चालन भएको छ ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा गए राति विद्युतीय गाडीमाथि ढुङ्गा खसेर च्यापिँदा मुस्ताङस्थित कोरला नाकाबाट विद्युतीय गाडी चलाएर पोखरातर्फ जाँदै गरेका वीरगञ्ज महानगरपालिकाका २३ वर्षीय सोहिल मियाको मृत्यु हुनुका साथै सडक अवरुद्ध बनेको थियो ।  बेनी– जोमसोम– कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले सडक विभागका उपकरण परिचालन गरेर सडकमा थुप्रिएको ढुंगा पन्छाएर आज बिहानदेखि सवारी आवतजावत सुचारु… पुरा पढौ

शिशुवामा २१ औं असारे रोपाइँ महोत्सव

पोखरा पर्यटन परिषद्ले गर्दै आएको असारे रोपाइँ पोखरा–३० स्थित लेखनाथ शिशुवा देउराली खोला छेउमा हुने भएको छ । पोखरा सबै मौसमका लागि भन्ने नाराका साथ यसपटकको २१ औँ संस्करणको असारे रोपाइँ महोत्सवको परिषद्ले आज पत्रकार सम्मेलन आयोजना गरी महोत्सवका बारेमा जानकारी दिएको हो । ‘पोखरा सबै मौसमका लागि‘ भन्ने मूल नाराका साथ विगत दुई दशकदेखि सञ्चालन हुँदै आएको असारे रोपाइँ महोत्सव यस वर्ष पोखरा महानगरपालिका–३० स्थित लेखनाथ शिशुवा देउराली खोलाछेउमा आयोजना गरिने भएको छ । पूर्णिमाका दिन कृषकले हलो नचलाउने परम्परा… पुरा पढौ

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

तनहुँ । “कामको सिलसिलामा धेरै समय घर बाहिर भइन्छ, त्यति बेला आफ्नो भाषा बोलिँदैन, हामीले काम गर्दै गर्दा खस भाषा मात्रै बोलियो । अहिले हाम्रो भाषा हराउने अवस्थामा पुगेको छ”, आँबुखैरेनी गाउँपालिका–२ घुम्तीका इन्द्रबहादुर भुजेलले गुनासो गरे । आफ्नो भाषा कम बोलिने अवस्थाका कारण नयाँ पुस्ताले पनि भाषा सिक्न नसकेको उनले सुनाए । पहिले त विद्यालयसम्म पुगेर पढ्ने अवस्था थिएन । एकापसमा भाषा बोलिएको हो र अहिले आफ्नो भाषामा पठनपाठन नहुने र खस भाषामा पढ्न सिक्दा आफ्नो मातृभाषा नै बोल्न… पुरा पढौ