प्रमुख समाचार

पोखराको लेकसाइडमा खानेपानी समस्या

कास्की । पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गराएका छन् । होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा गएको टोलीले शुक्रबार संस्थान पुगेर लेकसाइड क्षेत्रमा खानेपानी समस्याबारे जानकारी गराउँदै तत्काल समाधानको माग गरेको हो । अध्यक्ष सुवेदीले देशकै प्रमुख पर्यटकीय गन्तव्यमा खानेपानी अभाव हुनु चिन्ताजनक रहेको बताए । “पर्यटनको राजधानी भनिने पोखराको मुख्य पर्यटकीय क्षेत्रमा आधारभूत आवश्यकता नै पूरा हुन नसक्नु दुःखद विषय हो,” उनले भने । पर्यटन… पुरा पढौ

विश्वकप फुटबलः अमेरिकाद्वारा अष्ट्रेलिया पराजित

फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण प्रवेश गरेको छ । अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियालाई २–० गोलअन्तरले पराजित गर्दे अमेरिका नकआउट चरण प्रवेश गरेको हो । विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो । अमेरिकाको जितमा एलेक्स फ्रीम्यानले एक गोल गरे भने एक गोल उपहार प्राप्त गरयो । खेल सुरुवाती ११औँ मिनेटमा अष्ट्रेलियाका क्यामरुन बर्गेसको आत्मघाती गोलमार्फत अमेरिकाले पहिलो अग्रता दिलाए । अष्ट्रेलियाका डिफेन्डर क्यामरुनले क्लियर… पुरा पढौ

पोखरा महानगरको बजेट सात अर्ब १५ करोड

कास्की । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि रु. सात अर्ब १५ करोड २५ लाख बजेट ल्याएको छ । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले आज पोखरा सभागृहमा बसेको १९औँ नगर सभामा बजेट कार्यक्रम प्रस्तुत गरेकी हुन् । चालु वर्षमा रु. आठ अर्ब ३५ करोड १२ लाख बजेट ल्याएको महानगरले आगामी वर्षका लागि बजेटको आकार घटाएको हो । आगामी वर्षको बजेट चालुको भन्दा रु. एक अर्ब १९ करोड ८७ लाखले न्यून हो । बजेटका स्रोतहरूमा सङ्घीय सरकार सशर्त अनुदानबाट रु.… पुरा पढौ

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज (शुक्रवार) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको गरेको हो । परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए । यसपटक नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए । त्यसमा १ लाख ७२, हजार ०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९०… पुरा पढौ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का रूपमा स्थापित हुँदै गएको छ । कालीगण्डकी, मिस्त्री, निलगिरी, रेले, घलेम्दी र घारखोला नदीहरू ऊर्जा उत्पादनका स्रोतमा रूपान्तरण भएसँगै यहाँ आर्थिक, सामाजिक र भौतिक विकासले तीव्रता पाएको छ । तर जलविद्युत् विकाससँगै वातावरणीय प्रभाव, जैविक विविधताको संरक्षण र प्राकृतिक तातोपानीका मुहानको भविष्यलाई लिएर चिन्ता पनि बढ्न थालेको छ । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार अन्नपूर्णमा हाल १७६ मेगावाट क्षमताका छवटा जलविद्युत् आयोजना सञ्चालनमा छन् भने २५५.५ मेगावाट क्षमताका तीनवटा… पुरा पढौ

क्यानडाद्वारा कतार ६-० गोल अन्तरले पराजित

क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । विश्वकपमा क्यानडाले पहिलोपटक समूह चरणको खेलमा विजयी भएको हो । क्यानडाले कतारलाई ६-० मा पराजित गरेको हो । क्यानडाका लागि पहिलो हाफको १६ औँ मिनेटमा क्लाइल केरिनले पहिलो गोल गरे । पहिलो हाफको ३९ औँ मिनेटमा गोल गरेका जोनाथ डेभिसले पहिलो हाफ समाप्त हुनु केही क्षणअघिमात्रै दोस्रो गोल गरे । पहिलो हाफमा कतारविरुद्ध क्यानडाले ३-० को अग्रता लियो । यसअघि समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक र… पुरा पढौ

जाग्यो बसपार्क बन्ने आशा

गण्डकी, ४ असार । पोखरा बसपार्कको जग्गामा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सुरु गरिएको छ । पोखरा महानगरपालिकाले पोखरा–९ पृथ्वीचोकस्थित बसपार्कको जग्गा मिचेर बनाइएका संरचना हटाउन थालेको हो ।  आधुनिक पोखरा बसपार्क निर्माणका लागि पोखरा उपत्यका नगर विकास समितिले पाँच दशकअघि उक्त जग्गा अधिग्रहण गरेको थियो । यसअघि महानगर र नगर विकास समितिले अतिक्रमित संरचना हटाउन पटकपटक सूचना जारी गरेको थियो । सोही सूचनाअनुसार खाली भएका घरटहरा र पसल हटाउन सुरु गरिएको पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए ।  “संरचना… पुरा पढौ