प्रमुख समाचार

इरान र अमेरिकाबीच दुई साता युद्धविराम र स्ट्रेट अफ होर्मुज खोल्ने सहमति

बीबीसी । संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले "सम्पूर्ण सभ्यता नष्ट हुने" चेतावनीसहित दिएको समयसीमा सकिन केही बेरअघि युद्धविरामको सहमति भएको हो। संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्। ट्रम्पले स्ट्रेट अफ होर्मुज खोल्न दिएको समयसीमा सकिनुभन्दा १० मिनेट अगाडी वार्ताको मध्यस्थता गरेका प्रधानमन्त्री शहबाज शरीफ युद्धविराम "तत्कालै लागु हुने" बताएका थिए। उक्त समयसीमा नेपाली समय अनुसार बुधवार बिहान ५:४५ मा सकिँदै थियो।… पुरा पढौ

एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा देशभर सात हजार पाँच सय ४७ विपदका घटना भएका छन् । विपदका कारण १३ हजार पाँच सय चार परिवार प्रतक्ष्य रुमपा प्रभावित भएका छन् । बाढी पहिरो, भारी वर्षा, चट्याङ, वन डढेलो, हावाहुरी, हिउँ पहिरो जस्ता विपद र विपदजन्य घटनाका कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । सामान्य सावधानी अपनाउँदा समेत रोक्न सकिने आगलागीको घटना सबैभन्दा धेरै रहेको प्राधिकरणको विवरणमा उल्लेख छ । झण्डै एक… पुरा पढौ

इरानले अमेरिकासँग सम्झौता नगरे पूरै सभ्यता आज राति नष्ट हुने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न तयार नभए पुरै सभ्यता आजै राति नष्ट हुने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसियलमा पोस्ट गर्दै चेतावनी दिएका छन्,’पूरै सभ्यता आज राति नष्ट हुनेछ, जुन फेरि कहिल्यै फर्किने छैन । म यस्तो होस भन्ने चाहन्न, तर सम्भवतः त्यस्तै हुनेछ।’ उनले इरानलाई समाप्त पार्न चाहेको सन्देश दिँदै यस्तो लेखेको हुन् । उनले भनेका छन्, ‘तर, अब पूर्ण र सम्पूर्ण शासन परिवर्तन भइसकेपछि, जहाँ फरक, बुद्धिमान र कम उग्र विचार… पुरा पढौ

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक लागेर चार विदेशी नागरिकसहित सात जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको गत भदौ २२ देखि यही चैत २० गतेसम्म यहाँ भ्रमणमा आएका पर्यटकमध्ये छ पुरुषसहित एक महिला पर्यटकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर महतका अनुसार मृत्यु हुनेमा भारतका तीन पुरुष र मेक्सिकोका एक गरी चार पर्यटक रहेका छन् । यसरी मृत्यु हुनेमा ४१ बर्ष उमेर समूहदेखि ७५ वर्ष उमेर समूहका… पुरा पढौ

आवश्यक परे जोर बिजोर प्रणाली लागू हुने

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको आपूर्तीमा देखिएको समस्यालाई मध्यनजर गर्दै आवश्यक परेको खण्डमा जोर बिजोर प्रणाली लागू हुनसक्ने बताएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै एक मन्त्रीले ऊर्जा बचत गर्न सरकारले आह्वान गरेको जानकारी दिए। त्यसका लागि थोक ब्रिक्रि नियन्त्रण र उच्च पदस्थको इन्धन कटौती समेत भइसकेको उनले बताए। पुरा पढौ

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौँ । बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि अर्थ मन्त्रालयले विशिष्ट पदाधिकारी तथा कर्मचारीहरुले पाउने इन्धन सुविधामा कटौती गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. वाग्लेले आज मंगलबार संशोधन स्वीकृत गरेका हुन् । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती गर्ने निर्णय स्वीकृत गरेका हुन् । १२५ लिटर इन्धन पाउँदै आएका सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीले अब ७० लिटर पाउने छन् । १०० लिटर इन्धन पाउँदै आएका सहसचिव स्तरका पदाधिकारीहरुले अब ५० लिटर पाउनेछन् । मन्त्री तथा संवैधानिक… पुरा पढौ

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उक्त क्षेत्रका विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । तीमध्ये दक्षिण एसियाली मुलुकका ३२ हजार २० र अन्य देशका १६ हजार ४९३ पर्यटक रहेका छन् । सन् २०२५ को मार्च महिनाको तुलनामा यस वर्ष ११ हजार ६७९ पर्यटक बढको आयोजना प्रमुख डा रविन कडरियाले बताए । पछिल्लो समय यस क्षेत्रमा पर्यटक… पुरा पढौ