प्रमुख समाचार

सभामुखमा डीपी अर्याल निर्विरोध चयन

काठमाडौँ । प्रतिनिधि सभामा नयाँ सभामुखको पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध चयन भएका छन्। संसद् सचिवालयले दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न गरेपछि अर्यालको मात्रै नाम दर्ता भएकाले उनी स्वतः सभामुखमा चयन भएका हुन्। पुरा पढौ

गृहमन्त्री गुरुङले लिए जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले काठमाडौँ मेडिकल कलेजमा पुगेर जेनजी आन्दोलनका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।  पूर्वसांसद एवं काँग्रेस नेतासमेत रहेका अस्पतालका सञ्चालक डा. सुनिल शर्माले घाइतेहरूलाई निःशुल्क उपचार सेवा दिँदै आएको बताएका थिए । सो क्रममा अधिकांश घाइतेहरूको नि:शुल्क उपचार गरेको भन्दै डा.शर्मालाई गृहमन्त्री गुरुङले धन्यवाद दिए।  गएराति त्रिभुवन विमानस्थलको निरीक्षणपश्चात् गृहमन्त्री गुरुङ केएमसी अस्पताल पुगेका थिए । डा.सुनिल शर्मालाई भेटेर उनले घाइतेहरूको अवस्था बुझेका थिए । अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही घाइतेहरू अझै होसमा… पुरा पढौ

सिक्लेसमा पर्यटक आगमन घट्यो

गण्डकी । अघिल्लो महिनाको तुलनामा मार्चमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटक आगमन घटेको छ । मार्चमा एक हजार ९२६ जना पर्यटकले यो स्थानको भ्रमण  छन् ।  मार्चमा मौसम अनुकूल नहुँदा अघिल्लो महिनाको तुलनामा सिक्लेसमा कम पर्यटक आएका त्यहाँस्थित पर्यटक सूचना केन्द्रले जनाएको छ ।  जंगलले घेरिएको बस्ती, ढुंगाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका सिक्लेस गाउँ प्राकृतिक सौन्दर्यसँगै गुरुङ संस्कृति, परम्परा र इतिहासका कारण प्रसिद्ध छ । यो नेपालको शान्ति प्रक्रियाको उद्गमस्थलका रूपमा परिचित छ ।  समुद्र सतहबाट  एक हजार ९५०… पुरा पढौ

डुम्रे-बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली (तनहुँ) । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी- तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति यही चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो ।  जिल्ला प्रशासन कार्यालयका अनुसार मध्याह्न १२:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म र बेलुका ५:०० बजेदेखि  राति ९:०० बजेसम्म सडक बन्द हुनेछ । उक्त कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ । पुरा पढौ

हाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लागेको छ भने अन्य भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका हिमाली भागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली हुनेछ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही स्थान तथा अन्य प्रदेशका हिमाली र पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित… पुरा पढौ

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । चैत २० गते (अहिले मध्यरात) बिहानैदेखि लागु हुने गरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ । नयाँ वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो वर्ग अर्थात काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि १८७ रुपैयाँ थियो । यी तीन ठाउँमा यसअघि डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँ लिटर रहेकामा अब १८२ रुपैयाँ पुगेको छ । पुरा पढौ

ओली र लेखकलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गरिने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई हिरासतमा राख्न दुई दिन म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले ओली र लेखकमाथि अनुसन्धान गर्न थप दुई दिनको समय थप गरिदिएको हो । ओलीलाई अदालतले भर्चुअल माध्यामबाट सुनुवाइमा सहभागी गराएको थियो । बयानका क्रममा ओलीले आफ्नो स्वास्थ्यमा समस्या रहेको जानकारी गराएको अदालतको आदेशमा उल्लेख छ । अदालतले आदेशमा बयान सकिएपछि ओलीको उपचारमा असर नपर्ने गरी अनुसन्धान गर्न… पुरा पढौ