प्रमुख समाचार

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आह्वान गरेका छन्। संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले चैत १९ गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्। यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो। पुरा पढौ

मुग्लिङ नागढुंगा सडक खण्डमा ३ दिनसम्म रातिको समयमा सवारी सञ्चालन बन्द गरिने

मुग्लिङ नागढुंगा सडक खण्डमा ३ दिनसम्म रातिको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-४ अन्तर्गत घोप्टेभिरसहित विभिन्न स्थानमा सडक स्तरोन्नति कार्य गर्नुपर्ने भएकाले चैत १७ देखि १९ गतेसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायात सञ्चालन रोक्ने निर्णय गरिएको हो। सडक आयोजनाका अनुसार पटक-पटक आवागमन अवरुद्ध हुँदा यात्रुहरूलाई असुविधा भएको गुनासो आएपछि निश्चित समय निर्धारण गरी अत्यावश्यक बाहेकका सवारी साधन रोक्ने व्यवस्था मिलाइएको हो। निर्धारित समयावधिमा वैकल्पिक व्यवस्था अपनाउन र आवश्यक बाहेकका यात्रा स्थगित गर्न सम्बन्धित निकायले… पुरा पढौ

चैत १९ मा संघीय संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

काठमाडौँ । सरकारले संघीय संसद्को नयाँ अधिवेशन आह्वानका लागि चैत १९ गतेको मिति प्रस्ताव गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त मितिमा संसद् अधिवेशन सुरु गर्ने प्रस्ताव अघि बढाउने निष्कर्ष निकालेको एक मन्त्रीले जानकारी दिएका छन्। संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ। पुरा पढौ

महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतद्वारा अस्वीकार

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्न अनुमति दिन अस्वीकार गरेको छ। अदालतका अनुसार सम्बन्धित जाहेरी तथा सोसँग सम्बन्धित सम्पूर्ण मिसिल उच्च अदालत पाटनमा विचाराधीन रहेकाले हालको अवस्थामा पक्राउसम्बन्धी आदेश जारी गर्न नमिल्ने निष्कर्ष निकालिएको हो। पुरा पढौ

नेप्से परिसूचकमा दोस्रो दिन पनि उच्च अङ्कको गिरावट

नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन ७१ अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन पनि उच्च अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक ४७ दशमलव ७१ अङ्कले घटेर दुई हजार ८३१ दशमलव ३९ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ६५ प्रतिशतको गिरावट हो । आज ३४१ कम्पनीको तीन करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर एक लाख ५९ हजार ३२८ पटक खरिदबिक्री हुँदा रू १२ अर्ब ९६ करोड ६६ लाख ५९… पुरा पढौ

मुस्ताङको (लेते–धम्पु) पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । यहाँस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते-धम्पु) प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ ।  थासाङ गाउँपालिका–३ लेतेस्थित कालीगण्डकी नदी पारी ओझेलमा परेका दुर्गम गाउँहरू जोड्ने (लेते–धम्पु) मोटरेबल पुल निर्माण कम्पनीको चरम ढिलासुस्ती र बेवास्ताका कारण पटकरपटक अलपत्र परेको हो । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयको अख्तियारीमा परेको कालीगण्डकी नदीमा निर्माणाधीन प्रिस्टेज मोटरेबल पुल निर्माणमा चरम ढिलासुस्ती देखिएको हो । यहाँ निर्माणाधीन पुलको विसं २०७६ फागुन २९ गते निर्माण कम्पनी देव एण्ड सायर कन्ट्रक्सनसँग रु पाँच करोड… पुरा पढौ

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने ४७ वर्षीय होमबहादुर बुढाथोकी, सोही स्थानका २४ वर्षीया जेनिशा श्रेष्ठ सुनार, २३ वर्षीया शर्मिला परियार, ४२ वर्षीय सुरेश विक, २७ वर्षीय जीवन श्रेष्ठ, ३० वर्षीया अप्रिना खातुन, ४४ वर्षीय राजु थापामगर र पोखरा–१७ का २८ वर्षीय सरोज सुनार रहेको कार्यालयले जनाएको छ । मापदण्ड विपरीत स्पा सेन्टर चलाएको, बालिकाहरूलाई कामदार… पुरा पढौ