प्रमुख समाचार

ओली पक्राउको विरोधमा काठमाडौँसहित देशभर एमालेको प्रदर्शन जारी

काठमाडौँ । नेकपा एमालेसँग आबद्ध विभिन्न जनवर्गीय संगठनहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति विरोध जनाउँदै आइतबार पनि राजधानीमा प्रदर्शनलाई निरन्तरता दिएका छन्। माइतीघर–बबरमहल क्षेत्र केन्द्रित रूपमा कार्यकर्ताहरू भेला भई विरोध प्रदर्शन गरिरहेका छन्। यससँगै देशका विभिन्न जिल्ला प्रशासन कार्यालयहरूमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम पनि समानान्तर रूपमा सञ्चालन भइरहेको छ। यसअघि शनिबारदेखि सुरु भएको विरोध कार्यक्रम आइतबार थप विस्तार भएको हो। राजधानीमा मात्रै नभई अन्य जिल्लाहरूमा पनि प्रशासन कार्यालय अगाडि प्रदर्शन भइरहेको जानकारी प्राप्त भएको छ। भदौ २३ र… पुरा पढौ

काँग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खड्कालाई पक्राउ गरेको हो । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ । जेनजेड आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भिडियो भाइरल भएको थियो । पुरा पढौ

ओली र लेखकलाई आज अदालतमा पेश गरिँदै

काठमाडौँ । भदौ २३ र २४ गतेको घटनामा छानबिनका लागि पक्राउ गरिएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई आज प्रहरीले अदालतमा पेस गर्ने भएको छ । शनिबार बिहानै निबासबाटै पक्राउ परेका दुवै नेतालाई अदालतबाट अनुमति लिएर म्याद थप्नु पर्ने भएकाले पेश गर्न लागिएको हो । प्रहरीको थुनामा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ हुँदै जिल्ला अदालत काठमाडौँ पेस गर्नु पर्ने हुन्छ । सो घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर… पुरा पढौ

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी,… पुरा पढौ

ओलीको गिरफ्तारीविरुद्ध पोखरामा पनि प्रदर्शन

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीविरुद्ध पोखरामा पनि प्रदर्शन भएको छ । शनिबार एमालेका कार्यकर्ताहरुले अध्यक्ष ओलीको तत्काल रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । शनिबार बिहानै ओली गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए। त्यस लगत्तै बसेको केन्द्रीय सचिवालय बैठकले सरकारको कदमको विरोध गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो। पुरा पढौ

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट (बागलुङ) । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको सिकार सुरु भएको छ । ढोरपाटन सिकार आरक्षमा दोस्रो याममा १४ नाउर र १० झारलको सिकार अनुमति दिइएको हो । दोस्रो सिकार यामका रूपमा मानिएको फागुनदेखि वैशाखसम्म सिकार खेल्न केही सिकारी ढोरपाटनमा व्यस्त छन् भने केही विदेशी सिकारी नेपाल आउने तयारीमा रहेका ढोरपाटन सिकार आरक्षका रेञ्जर सागर सुवेदीले जानकारी दिए । उनका अनुसार यस वर्षको दोस्रो याममा १३ बनेलकोसमेत सिकार गर्न अनुमति दिइएको छ । ढोरपाटन आरक्षले विभिन्न… पुरा पढौ

कार्की आयोगको प्रतिवेदन जलाउँदै एमाले कार्यकर्ताको विरोध प्रदर्शन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा सडकमा प्रदर्शन सुरु गरेका छन् ।  जेन जी आन्दोलनको जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदनको प्रति जलाउँदै उनीहरूले विरोध प्रदर्शन गरेका छन् । एमाले केन्द्रीय कार्यालय च्यासल नजिक एमाले कार्यकर्ताले टायर र कार्की आयोगको प्रतिवेदनको प्रति बालेर प्रदर्शन गरेका हुन् ।  जेन जी आन्दोलनको जाँचबुझ गर्न सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो ।  चुनावपछि गठन भएको बालेन नेतृत्वको… पुरा पढौ