प्रमुख समाचार

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

गण्डकी । सुन्दा पनि अचम्म लाग्न सक्छ । तनहुँको भिमाद नगरपालिका–९ धन्दुरस्थित सिद्ध गुफा नौ तले संरचनामा फैलिएको छ । पृथ्वी राजमार्गअन्तर्गत भिमाद चोकबाट १० किलोमिटर दुरीस्थित धन्दुर क्षेत्रमा रहेको यो गुफामा अपेक्षित रूपमा पर्यटक भित्र्याउन सकिएको छैन । गुफा क्षेत्रको पूर्वाधार विकाससँगै यसको प्रवर्द्धनमा नगरपालिकाले निरन्तर काम गरिरहेको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले जानकारी दिए । ऐतिहासिक एवम् धार्मिक महत्वको यस गुफाको प्रवद्र्धनमार्फत यस क्षेत्रको पर्यटकीय विकास गर्ने नगरपालिकाको सोच रहेको छ । यो गुफाका सम्बन्धमा परापूर्व कालदेखि स्थानीय… पुरा पढौ

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो । पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक वर्ष करिब ३० हजार किलोमिटर उडान भर्ने अद्भुत शोरबर्ड प्रजाति हड्सनियन गोडविट अहिले अस्तित्वकै सङ्कटमा पुगेको छ । जलवायु परिवर्तनदेखि मानव गतिविधिसम्मका कारण यसको सङ्ख्या चार दशकमा ९५ प्रतिशतले घटेको तथ्यले विश्व संरक्षण प्रयासमाथि गम्भीर प्रश्न खडा गरेको छ । आर्कटिकबाट दक्षिण अमेरिकाको पुछार प्याटागोनियासम्मको कठिन यात्रा गर्दै फेरि फर्किने यो चरालाई विश्वकै असाधारण यात्रु प्रजातिमध्ये एक मानिन्छ । तर बदलिँदो वातावरणीय अवस्थाले यसको बाँच्ने आधार नै कमजोर बन्दै गएको… पुरा पढौ

नेप्से परिसूचक करिब ५५ अङ्कले बढ्यो

साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५४ दशमलव ५१ अङ्क अर्थात् एक दशमलव ८९ प्रतिशतले बढेर दुई हजार ९३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । आज विभिन्न ३६४ कम्पनीका छ करोड १४ लाख सात हजार ७४ कित्ता शेयर दुई लाख चार हजार ९५५ पटक खरिदबिक्री हुँदा रू २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा व्यापार समूह शून्य दशमलव ११ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको… पुरा पढौ

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: २१ जना प्रतिवादीबाट ४६ करोड बढी बिगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा २१ जनाविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गर्दै कुल ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो दाबी गरेको छ। आयोगका अनुसार विमानस्थल निर्माण आयोजनामा परामर्शदाता नियुक्ति प्रक्रियामा अनियमितता तथा भ्रष्टाचार भएको ठहर गरिएको छ। सोही आधारमा तत्कालीन उच्च पदस्थ अधिकारीहरूसहित २१ जनालाई प्रतिवादी बनाइएको हो। प्रतिवादीमध्ये केदारबहादुर अधिकारी (तत्कालीन सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय), सञ्जीव गौतम, राजन पोखरेल र… पुरा पढौ

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार, विभिन्न संघ संस्था तथा आमनागरिकलाई आपसी सहकार्य, समन्वय र प्रतिबद्धताका साथ अघि बढ्न आह्वान गरेका छन् । विश्व पानी दिवस, २०२६ (२२ मार्च) का अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले खानेपानी व्यवस्थापनका हरेक तहमा लैङ्गिक समानता, समानुपातिक सहभागिता र न्यायोचित पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकतासमेत औँल्याएका छन् । राष्ट्रपति पौडेलले भनेका छन्, “पानी जीवन, स्वास्थ्य, समृद्धि र सामाजिक न्यायको आधार हो,… पुरा पढौ

कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ । साथै कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी… पुरा पढौ

एम्बुलेन्समा करिब ७१ लाखको चिनियाँ चुरोट तस्करी, ४ जना पक्राउ

रसुवा । एम्बुलेन्स प्रयोग गरी चुरोटको तस्करी गरेको अवस्थमा रसुवा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ भने करिब ७० लाख ९२ हजार रुपैयाँ बराबरको चिनियाँ चुरोट बरमद गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार २०८२ चैत ६ गते साँझ करिब ८ बजे उत्तरगया गाउँपालिका वडा नं. ५ बेत्रावतीस्थित पासाङ ल्हामु राजमार्ग सडकखण्डमा प्रहरी चौकी बेत्रावतीबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा गुडिरहेको बागमती प्रदेश ०१००२ झ ७४२६ नम्बरको एम्बुलेन्स उक्त चुरोट बरामद गरिएको हो । जाँचका क्रममा एम्बुलेन्सभित्र ‘होर्मोनाइजेसन’ लेखिएको… पुरा पढौ