प्रमुख समाचार

संविधानको धारा ७६-१ अनुसार सरकार गठन हुँदै

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाउँदै छ। निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै मुलुक नयाँ सरकार गठनको प्रक्रियामा अघि बढ्ने छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० गरी कुल २७५ सदस्यीय प्रतिनिधिसभामा करिब दुई तिहाइ (१८२ सांसद) सांसद राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएका छन् । रास्वपाबाट प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सांसद… पुरा पढौ

पोखरामा २१ औं खुल्ला नेपाल प्याराग्लाइडिङ सुरु

पोखरा । पोखरामा २१ औँ संस्करणको खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा सुरु भएको यस प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे । उद्घाटनका क्रममा नगर प्रमुख आचार्यले पोखराको पर्यटनमा प्याराग्लाइडिङ मेरुदण्डका रूपमा रहेको बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै प्याराग्लाइडिङ विस्थापित हुने जोखिम बढे पनि यसलाई निरन्तरता दिन विभिन्न प्रयास भइरहेको बताए । ‘विमानस्थलका कारण संकटमा परेको यो व्यवसायलाई पुनः सञ्चालन गर्न विभिन्न चरणमा समाधानमुखी छलफल गरिरहेका छौँ,’… पुरा पढौ

शुक्रबार भारी वर्षा र हावाहुरीको सम्भावना, सचेत रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान शाखाले शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली स्थानमा भारी वर्षा: हिमपातको सम्भावना रहेको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले चट्यांङ, असिनासहित वर्षा र हावाहुरीको सम्भावना रहेको छ। शुक्रबार दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लाहरूमा र शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा तीव्र हावाहुरी (झण्डै ३३ मिटर/सेकेण्ड वा करिब ११९ किमि/घण्टा) चल्ने सम्भावना रहेको छ। यस कारण रुख… पुरा पढौ

बन्दीपुरमा केबलकार गेट अगाडि ट्रक पल्टिँदा दुई जना घाइते

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका–४ स्थित केबुलकार गेट नजिकै ट्रक दुर्घटना भएको छ । अनियन्त्रित भएर ट्रक दुर्घटनाग्रस्त भएको हो । आँबुखैरेनीबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १९६३ न. को मालवाहक ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो ।  दुर्घटनामा ट्रकमा सवार दुई जना घाइते भएका छन् । उनीहरूको डुम्रेस्थित अस्पतालमा उपचार भइरहेको छ। पुरा पढौ

गगनले दिए सभापतिबाट राजीनामा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा. अमरेशकुमार सिंहले पराजित गरे । उनले निर्वाचन परिणामपछि नै पार्टी सभापतिबाट राजीनामा दिने मनस्थिति बनाएका थिए । थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा निर्वाचित भएका थिए । थापाले दिएको राजीनामाबारे पार्टीको आगामी… पुरा पढौ

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही… पुरा पढौ

लेखनाथ-दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास

नेपाल विद्युत् प्राधिकरणले जर्मनी सरकारको सहकार्यमा लेखनाथ-दमौली २२० केभी प्रसारण लाइन परियोजनाको शिलान्यास गरेको छ । आज तनहुँको दमौली सबस्टेसनमा भएको कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य, नेपालका लागि जर्मन राजदूत उडो भोल्ज, केएफडब्लु विकास बैंकका बंगलादेश तथा नेपाल निर्देशक माइकल सुम्सरलगायतका प्रतिनिधिको सहभागिता थियो । जर्मनी सरकारको केएफडब्लु विकास बैंकमार्फत सह-वित्तपोषित यस परियोजनाअन्तर्गत करिब ४५ किलोमिटर लामो २२० केभी डबल–सर्किट प्रसारण लाइन निर्माण तथा लेखनाथ र दमौलीमा आधुनिक ‘ग्यास–इन्सुलेटेड सबस्टेसन’ स्थापना गरिने यहाँस्थित जर्मनी दूतावासले जनाएको छ । करिब… पुरा पढौ