प्रमुख समाचार

सुस्तामा अस्थायी माटोको बाँध हटाउने विषयमा स्थानीय र भारतीय एसएसबीबीच विवाद

पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी माटोको बाँध (डिल) हटाउने क्रममा स्थानीय बासिन्दा र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीच विवाद भएको छ। घटनापछि स्थानीयले विरोध जनाए पनि प्रशासनको पहलमा तत्कालका लागि अवस्था सामान्य बनेको छ। स्थानीयका अनुसार सुस्ता गाउँपालिका-५ स्थित थारु टोल क्षेत्रमा निर्माण भइरहेको करिब १३२ मिटर लामो माटोको कच्ची बाँध भारतीय एसएसबीका सुरक्षाकर्मीले हटाएका थिए। त्यसपछि स्थानीय बासिन्दाले त्यसको विरोध गरेका थिए। प्रशासन : अवस्था सामान्य, थप छलफल हुनेपश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बाहिर प्रचार भएजस्तो… पुरा पढौ

निर्मल पुर्जाको निधनप्रति अन्नपूर्ण गाउँपालिकामा शोक बिदा

विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाई’को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उनको जन्मस्थल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले आइतबार सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक गाउँपालिकाका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोक बिदा दिइने जनाएको छ। गाउँपालिकाले दिवंगत पुर्जाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। पुरा पढौ

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको तथा बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो… पुरा पढौ

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ । काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । यसैगरी, कान्तिलोकपथमा पनि बेलुका ५ः०० देखि… पुरा पढौ

ब्रोड पिक हिमपहिरो : प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौँ । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रोड पिक’ हिमालमा बिहीबार गएको हिम पहिरोमा परेका प्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित १० जनाकै आरोहीको मृत्यु भएको पुष्टि भएको छ । हिम पहिरोमा परी बेपत्ता भएका उनीहरूमध्ये चार जनाको शव शुक्रबार फेला परेको थियो । बाँकी छ जना भने बेपत्ता नै रहेको बताइएको थियो । आज मात्रै सबै आरोहीको मृत्यु भएको आधिकारिक जानकारी ‘निम्स दाइ फाउन्डेसन’ र ‘एलिट एक्सपिडिसन’ले सामाजिक सञ्जालमार्फत गराएको हो । सो घटनामा म्याग्दीको दानामा जन्मिएका पूर्वबेलायती गोर्खा निर्मल पुर्जा ‘निम्स… पुरा पढौ

निर्मल पुर्जासहित ६ नेपाली आरोहीको निधनमा प्रधानमन्त्री बालेनद्वारा श्रद्धाञ्जली व्यक्त

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पाकिस्तानको ‘ब्रोड पिक’ हिमपहिरोमा ज्यान गुमाउने आरोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पिक’ मा विश्व कीर्तिमान धारी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ)सहित १० जना आरोहीको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।  शनिबार फेसबुकमार्फत प्रधानमन्त्री बालेनले मृत्युले आरोहीको भौतिक यात्रा मात्रै रोकिएको टिप्पणी गर्दै साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहने बताएका छन् । ‘आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई… पुरा पढौ

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ । पाकिस्तानस्थित ब्रोड पिकमा आएको हिम पहिरोमा परी निधन भएको उनको कम्पनीले जनाएको छ। हिम पहिरोमा उनीसहित अन्य १० जना बेपत्ता भएका थिए । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको जानकारी सञ्जालमार्फत गराएको हो । जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आज हामी अत्यन्तै गहिरो दुःख र हृदयविदारक पीडाका साथ ब्रोड पिकमा आएको हिमपहिरोपछि निर्मल ‘निम्सदाइ’ पुर्जाको दुःखद् निधन भएको पुष्टि गर्दछौं। साथै, अभियानका अन्य सदस्यहरू पनि… पुरा पढौ