समाचार

घण्टीमा मत दिएका नागरिकले प्रश्न उठाउने अवस्था आए रास्वपालाई गाह्रो हुन्छ : लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले घण्टी चिह्नमा मत दिएका नागरिकले नै सरकार र पार्टीप्रति प्रश्न उठाउने अवस्था आए रास्वपालाई अप्ठ्यारो पर्ने बताएका  छन् । रास्वपाले केन्द्रीय सदस्यहरूका लागि शनिबार र आइतबार काठमाडौंमा आयोजना गरेको ‘नीति, संगठन र नेतृत्व’ कार्यक्रमको पहिलो शृंखलाको समापन सम्बोधन गर्दै लामिछानेले सरकारका विषयमा ठूलो समस्या नरहेको दाबी गर्दै उनले विपक्षी दलले सरकारको आलोचना गर्नु स्वाभाविक भए पनि घण्टी चिह्नमा मत दिएका नागरिकले नै सरकार र पार्टीप्रति प्रश्न उठाउने अवस्था आए रास्वपालाई अप्ठ्यारो पर्ने… पुरा पढौ

देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भागका धेरै स्थानमा मेघगर्जन… पुरा पढौ

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण मादी गाउँपालिका १ पदुखोला क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । मादी १ का वडाध्यक्ष देवीजङ्ग गुरुङले शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहे पनि आज बिहान खिलाङ र पार्चेबीचको पदुखोला क्षेत्रमा पहिरो खस्दा पर्यटकीय गाउँ सिक्लेस जाने बाटो बन्द भएको जानकारी दिए । मादी गाउँपालिकाको पहलमा निर्माण गरिएको पदुखोलाको रेलिङ तथा ढलान क्षति भएको उनले बताए । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन सरोकार भएका निकायसँग आवश्यक समन्वय… पुरा पढौ

लेदोसहितको पहिरो खस्दा बेनी-जोमसोम सडक खण्ड पूर्ण रूपमा अवरुद्ध

म्याग्दी । लेदोसहितको पहिरो खसेपछि बेनी-जोमसोम सडकखण्ड म्याग्दीका दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ। शनिबार बिहान करिब ५:२५ बजे अन्नपूर्ण गाउँपालिका–३ स्थित सुकेबगरमा सडकमाथिबाट लेदो र माटोसहितको पहिरो खसे पछि बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो। पहिरोका कारण उक्त स्थानमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। त्यसैगरी, बिहान करिब ५:३० बजे रघुगंगा गाउँपालिका–२ स्थित बैँसरीमा पनि सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। दुवै स्थानमा खसेको पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ। पुरा पढौ

पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।  प्रहरी प्रधान कार्यालयले जारी गरेको आज बिहान ०५:०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् ।   काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ १८:०० बजेदेखि बिहान ०४:०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ०४:०० बजेदेखि बेलुका १८:०० बजेसम्म भने सवारीसाधन सञ्चालन… पुरा पढौ

देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर सामान्यतया बदली भएको छ ।  कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ ।  हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई तथा मधेस प्रदेशका साथै… पुरा पढौ

प्रधानमन्त्री बालेन्द्र शाह कास्कीको अस्ताममा

पाेखरा । निजी भ्रमणका क्रममा पोखरा आइपुगेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका नम्बर ६ अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा बास बसेका छन्। सडकमार्ग हुँदै दिउँसो निजी गाडीमा पोखरा आइपुगेका उनी स्थलमार्गबाटै अस्ताम पुगेका हुन् । मुस्ताङ भ्रमणको तालिका अनुसार पोखरा आएका प्रधानमन्त्री शाह शनिबार त्यसतर्फ जाने कार्यक्रम छ। पोखराबाट हेलिकप्टरमार्फत मुस्ताङ जाने गरी आवश्यक तयारी गरिएको छ। पोखरा क्षेत्रबाट करिब साढे चार किलोमिटरको दूरीमा रहेको उक्त रिसोर्ट माछापुच्छ्रे तथा अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकनका लागि परिचित स्थानका रूपमा रहेको छ… पुरा पढौ