समाचार

पोखरा महानगर प्रमुख र बंगलादेशका फोटो पत्रकारहरुकाे भेटघाट

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपाल भ्रमणमा रहेका बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष ए.के.एम मोहसिनको नेतृत्वमा आएको १२ जनाको टोलीले भेट गरेको छ । भेटका क्रममा पोखराको पर्यटन प्रवद्र्धन, दुई पक्षीय हित तथा जनस्तरमा सांस्कृतिक आदानप्रदान लगायतका विषयमा छलफल भएको थियो । त्यस अवसरमा नगरप्रमुख आचार्यले अन्तर्राष्ट्रिय बजारमा पोखराको प्रवद्र्धनका लागि महानगरपालिकाले विभिन्न पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएको बताउँदै बङ्गलादेशमा समेत पोखराको प्राकृतिक सुन्दरता, जीवन्त संस्कृति, आतिथ्यता तथा साहसिक पर्यटनका गतिविधिको सकारात्मक प्रचारप्रसार गरिदिन आग्रहगरे। पोखरा फ्लाई दुबईमार्फत… पुरा पढौ

सभामुख अर्यालद्वारा प्रधानमन्त्रीलाई संसद्मा जवाफ दिनको लागि रुलिङ

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सदस्यले संसद्मा उठाएको जिज्ञासाको उत्तर दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । विपक्षी दलका सांसदले यसअघिका अधिकांश बैठकमा प्रधानमन्त्रीबाट जवाफ आउनुपर्ने मागसहित रुलिङका लागि अनुरोध गर्दै आएका थिए । सभामुख अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम प्रतिनिधिसभाका सदस्यको जवाफ दिनको लागि प्रधानमन्त्रीलाई निर्देश गरेका हुन् । यसअघिजस्तै आजको बैठकमा पनि विपक्षी सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुखको रुलिङ पछि उनीहरुले विरोध रोकेपछि बैठक सुचारु भएको छ । विपक्षी… पुरा पढौ

देशभर मनसुनको प्रभाव: यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालनजिक छ। अहिले देशभर साधारणतया बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत मध्यमसम्मको पानी परिरहेको महाशाखाले जनाएको छ। सोमबार देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने… पुरा पढौ

आज नाग पञ्चमी: पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ ।  हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराईले जानकारी… पुरा पढौ

पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट

पोखरा महानगरपालिका वडा नम्बर ५ मा अवैध रूपमा व्यावसायिक उद्देश्यले उत्पादन गरिँदै आएको ठूलो परिमाणको घरेलु मदिरा बनाउने कच्चा पदार्थ प्रहरीले बरामद गरी नष्ट गरेको छ ।  स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य वस्तुहरू मिसावट गरी स्थानीय मदिरा उत्पादन भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उक्त क्षेत्रमा छापा मारेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र पासवानका अनुसार पोखरा-५ मा कोठा भाडामा लिएर बस्ने वसन्त दुलामी र सपना लामिछानेले उक्त अवैध कार्य गरिरहेको फेला परेको… पुरा पढौ

विजयपुर खोलामा बगेका दुई बालक अझै भेटिएनन्

पोखरा । पोखराको विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुई जना बालकको खोजी कार्यलाई सशस्त्र प्रहरीले तीव्र पारेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वाटर कालिका कास्कीको टोलीले आइतबार बिहानैदेखि सम्भावित क्षेत्रमा खोजी गरिरहेको छ । सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिक विजयपुर खोला तर्ने क्रममा दुई बालक बेपत्ता भएका हुन् । पोखरा १४ विजय बस्तीबाट खोला तरेर सक्नेरीतर्फ आउँदै गर्दा उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । वारिबाट फुटबल खेल्न पारि जाँदा विजयपुर खोलाले बगाएर बेपत्ता हुनेमा खोटाङ घर… पुरा पढौ

सुन-चाँदीको मुल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा आज सुन चाँदीको मूल्य बढेको छ ।  सुन प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेर आज प्रतितोला ३ लाख पाँच हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने सुन ३ लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला चार हजार ७१० कायम भएको छ । शुक्रबार एक तोला चाँदी चार हजार ६६० मा कारोबार भएको थियो । पुरा पढौ