समाचार

गण्डकीमा मन्त्रालयको जिम्मेवारी फेरबदल, देवकोटालाई ऊर्जा र न्यौपानेलाई भौतिक

गण्डकी प्रदेश सरकारमा मन्त्रालयको जिम्मेवारी हेरफेर गरिएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणीन्द्र देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् भने यसअघि उक्त मन्त्रालय सम्हाल्दै आएका नन्दप्रसाद न्यौपानेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको छ। देवकोटा २१ जेठ २०८१ मा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएपछि प्रदेश सरकारमा मन्त्री बनेका थिए। उनी तत्कालीन नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेसपाका सांसद हुन्। केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच गठबन्धन… पुरा पढौ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग

कास्की । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पोखराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १२ लाख २७ हजार ७७६ सहयोग गरेको छ । सो बाढीबाट प्रभावितका लागि देशको पर्यटकीय राजधानी पोखराको लेकसाइड क्षेत्रमा व्यवसायमा गर्दै आएका व्यवसायीहरूको संस्था रेवान पोखरासँग आबद्ध रेस्टुरेन्ट तथा क्याफे व्यवसायी, संस्थाका पदाधिकारी तथा सदस्यहरूको सहकार्यमा रकम संकलन गरी कोषमा जम्मा गरिएको हो । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत व्यवसायी, पदाधिकारी… पुरा पढौ

भोटेकोशी बाढीपीडितका लागि कर्मफ्लाइट्सको राहत अभियान

नुवाकोटका विस्थापित परिवार तथा अस्थायी आश्रयस्थलमा करिब १४ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण नुवाकोट — भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा विस्थापित परिवारको पीडामा मलम लगाउने उद्देश्यले कर्मफ्लाइट्स फाउन्डेसन नेपालले नुवाकोटका विभिन्न क्षेत्रमा करिब १४ लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री वितरण गरेको छ। बाढीले सडक, पुल तथा यातायातका संरचनामा ठूलो क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रसम्म राहत सामग्री पुर्‍याउनु आफैंमा चुनौतीपूर्ण बनेको थियो। क्षतिग्रस्त सडक, अवरुद्ध मार्ग र कठिन भूगोल पार गर्दै पोखराबाट तीनवटा जिपमा राहत सामग्री बोकेर फाउन्डेसनको टोली… पुरा पढौ

पोखरामा २१ शवको सनाखत

कास्की । रसुवा भोटेकोशी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र परीक्षण तथा व्यवस्थापनका लागि पोखरा ल्याइएका १०२ शवमध्ये मङ्गलबार २१ शवको सनाखत गरी परिवारलाई बुझाइएको छ । पहिचान हुन नसकेका ७६ शवलाई पोखरा–१६ माथिल्लो दीपस्थित सिसौघारीमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा अझै पाँच शव रहेका छन् । ती शवमध्ये एकभन्दा बढी परिवारले तस्बिर हेरेर दाबी गरेकाले थप परीक्षण गर्न बाँकी छ… पुरा पढौ

पृथ्वी राजमार्गको नौबिसे–मलेखु खण्डमा तीन ठाउँमा कटान

चितवन । रसुवा बाढीले सडकको फेदमा कटान गरेपछि पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक खण्डमा तीन ठाउँमा सडक भाँसिएको छ । मुग्लिनबाट २३ किलोमिटर काठमाडौँतर्फ पर्ने कृष्णभीरमा त्यसबाट सबैभन्दा बढी क्षति पुगेको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर शचेन्द्र मिश्रका अनुसार कृष्णभीरमा झण्डै २०० मिटर सडक भासिएको छ । सडकको भित्तोको डाँडासमेत चिरिएको छ । मलेखुबाट तीन किलोमिटर मुग्लिनतर्फ पर्ने सीतल बजारमा पनि सडक ५० मिटर हाराहारी भासिएको छ । मलेखु पुलबाट एक किलोमिटर काठमाडौँतर्फ परेवाभीरमा पनि १००… पुरा पढौ

पोखरा ल्याइएका १०२ शवमध्ये पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन

रसुवाको भोटेकोशी नदीमा गत बुधबार गएको बिनासकारी बाढीपछि पोखरामा संकलित शव मध्ये हालसम्म पहिचान हुन नसकेका शवको कानुनी प्रक्रिया पुर्याएर जमिनमुनि व्यवस्थापन गरिएको छ । १०२ जनाको पोस्टमार्टम गरिएकामध्ये पहिचान हुन नसकेका ७८ वटा शवलाई जिल्ला विपद् व्यवस्थापन समिति र पोखरा महानगरपालिकाको समन्वयमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने कार्य सुरु गरिएको हो । पोखरा ल्याइएका १०२ वटा शवहरूमध्ये पूर्वी नवलपरासीका ४१, धादिङका २७, तनहुँका २४ र गोरखाका ११ वटा रहेका थिए । तीमध्ये २४ वटा शवको पहिचान भई आफन्तलाई हस्तान्तरण गरिसकिएको… पुरा पढौ

हिमाली हप्सिलोको दुर्लभ अभिलेख

नेपालमा दुर्लभ रुपमा रहेको हिमाली हप्सिलोको हालै मुस्ताङको छोसेरमा अभिलेख भएको छ । पंछी अबलोकन तथा वन्यजन्तुको फोटाहरु खिच्ने क्रममा वन्यजन्तु फोटोग्राफरत्रय संजय था श्रेष्ठ, दीपक बुढाथोकी र मनिष महतोको टोलीले गत हप्ता तस्बिर सहित अभिलेख गरेका छन् । नेपालको उत्तर–पश्चिमी क्षेत्रमा भेटिने यस प्रजाति  मध्य नेपालमा समेत अभिलेख गरिएको छ । यो प्रजाति हप्सिलोबाट छुट्टिएर अर्को प्रजाति बनेपछि सन् १९९० भन्दा अघिको यसको वास्तविक अवस्था स्पष्ट नभएको र अन्नपूर्ण संरक्षण क्षेत्र एकमात्र संरक्षित क्षेत्रमा अभिलेख रहेको नेपालका संकटापन्न चराहरुको… पुरा पढौ