समाचार

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ, १५ चैत । सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चालु आर्थिक वर्ष २०८०÷८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु दुई हजार सात सय सात २८ पैसा न्यूनतम समर्थन मूल्य तोकेको हो । साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम् समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ । बैठकले आव २०८१÷८२… पुरा पढौ

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ, १५ चैत । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३६ ओरालो लागेर तीन सय ५९ दशमलव शून्य नौमा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहकोे शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ । कुल… पुरा पढौ

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छः प्रधानमन्त्री

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै सङ्घर्ष र आन्दोलनबाट प्राप्त दूरगामी महत्वका उपलब्धिको रक्षा गर्दै निराशा चिर्ने र भरोसा जगाउने कार्य सरकारको मुख्य चुनौती भएको बताएका छन् । सिंहदरबारमा आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनतामा भरोसा जगाउनेगरी सेवा प्रवाहमा ध्यान दिन निर्देशनसमेत दिए । “समाजमा विशेषतः युवाहरूमा प्रकट भइरहेको नैराश्यता र नकारात्मक सोचमा परिवर्तन गर्नुछ”, प्रधानमन्त्री दाहालले भने, “सबै सङ्घर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्त्वका उपलब्धिको रक्षा गर्दै… पुरा पढौ

एसइईः गण्डकीका ४० हजार बढी विद्यार्थी सहभागी

गण्डकी, १५ चैत । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा गण्डकी प्रदेशका ४० हजार नौ सय आठ विद्यार्थी सहभागी भएका छन् । प्रदेशको ११ जिल्लामध्ये सबैभन्दा बढी कास्कीबाट १० हजार दुई सय २३ र सबैभन्दा कम मनाङबाट ४० विद्यार्थीले एसइई दिने प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार बागलुङबाट चार हजार तीन सय ९९, पवर्तबाट दुई हजार २८, म्याग्दीबाट एक हजार नौ सय ३८, मुस्ताङबाट एक सय ८८ र स्याङ्जाबाट चार हजार एक सय २४ विद्यार्थी परीक्षामा… पुरा पढौ

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

तनहुँ, १५ चैत । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि घुम्ने याम सुरु भएसँगै विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वर्षको भदौ यता बन्दीपुरमा चिनियाँ पर्यटकको सङ्ख्या बढेको होटल व्यवसायी बैँस गुरुङले जानकारी दिए । “हप्ताको दुई÷तीन दिन चिनियाँ पर्यटक करिब पाँच÷छ सयका दरले आउने गरेका छन्”, उनले भने, “जर्मनी, श्रीलङ्का, ताइवानी स्पेनलगायत देशबाट दैनिक दुई सयको हाराहारीमा पर्यटक आउने गरेका छन् ।” कोरोनाको समयपछि यहाँका होटल व्यवसायले विस्तारै गति लिन थालेकाले… पुरा पढौ

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताए । उनका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने (होल्ड) भएका छन् । अहिले पनि सिचुवना एयरलाइन्सको जहाज होल्डमा रहेको छ । “प्रतिकूल मौसमले विमानस्थलको भिजिबिलिटी कमजोर रहेको छ ।… पुरा पढौ

सुनको मूल्य प्रतितोला एक हजार एक सयले बढ्यो

स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २७ हजार नौ सय तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला रु एक लाख २६ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु एक लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु एक लाख २६ हजार दुई सयमा कारोबार भएको थियो… पुरा पढौ