समाचार

बुकीफूलको मोह: मध्यबर्खामा पनि पर्यटकीय चहलपहल

गण्डकी ।वर्षायामलाई पर्यटनमा बेमौसम (अफसिजन) मानिन्छ । सामान्यतया यो बेला पर्यटकीय गतिविधि न्यून हुने गर्छन् । प्रतिकूल हावापानी, विपद्को जोखिम, आवतजावतमा कठिनाइजस्ता कारणले मानिस हत्तपत्त घुमफिरमा निस्कँदैनन् । तर, केही यस्ता गन्तव्य छन्, जहाँको पर्यटन यही याममा बढी चलायमान हुन्छ । मनसुन पदयात्रामा बढ्दो आकर्षणले कास्कीको कोरी, बागलुङको ढोरपाटन, पूर्वीरुकुमको चुङ्ग्रीबुकीलगायत गन्तव्यमा मध्यबर्खामा पनि पर्यटकीय चहलपहल बढेको हो । उच्च पहाडी भेगका पाटन र खर्कमा फुल्ने बुकीफूल, लेकाली जनजीवन, वर्षात्मा हरियाली देखिने डाँडापाखा, रिमझिम वर्षा र बादलभित्र लुकामारी खेल्ने हिमालको… पुरा पढौ

आर्थिक बर्षको पहिलो दिन सेयरमा उछाल, करिब ८० अंकले बढ्यो नेप्से

आर्थिक बर्षको पहिलो दिन आज नेप्सेमा उछाल आएको छ । आज नेप्से करिब ८० अंकले बढेर परिसूचक २६७७ दशमलव ७४ विन्दुमा उक्लिएको छ। लगातार ओरालो लागेको नेप्सेमा आज उछाल आएको हो । आज सबै उपसमुहका परिसूचक बढेका छन । आज श्रीनगर एग्रिटेक इन्डष्ट्रीको शेयरमा सकारात्मक सर्किट लाग्यो भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा नकारात्मक सर्किट लागेको छ । आज विभिन्न कम्पनीका कुल १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड भन्दा बढीको… पुरा पढौ

देशभर मनसुन वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने छ । महाशाखाका अनुसार हाल देशभर साधरणतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर… पुरा पढौ

आज साउने सङ्क्रान्ति पर्व

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ । अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले… पुरा पढौ

लगातारको वर्षाले पृथ्वी राजमार्गको यात्रा जोखिमपूर्ण र कष्टकर

धादिङ । लगातारको वर्षापछि पृथ्वी राजमार्ग अन्तर्गत निर्माणाधीन नागढुंगा–मुग्लिन तथा मुग्लिन–नारायणघाट सडकखण्डमा पहिरो र ढुंगा खस्ने घटना बढ्दै जाँदा यात्रा थप कष्टकर र जोखिमपूर्ण बनेको छ। वर्षासँगै सडकमा पटक–पटक पहिरो खस्दा र ढुंगा झर्दा स्थानीय प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै भारी वर्षाका बेला केही समयका लागि सवारी आवागमनसमेत रोक्ने गरेको छ। यसका कारण सयौं सवारीसाधन लामो जाममा पर्ने गरेका छन् भने हजारौं यात्रु घण्टौंसम्म राजमार्गमै अलपत्र पर्ने अवस्था सिर्जना भएको छ। लामो जामका कारण यात्रुले खानेपानी, शौचालय तथा विश्रामस्थलको अभाव झेल्नुपरेको… पुरा पढौ

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

लमजुङ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका छन् । पुराना घरमा लागेको ताल्चा, आँगनमा उम्रिएको झार, भत्किँदै गरेका घर र बाँझो जमिन गाउँको परिचय जस्तै बनेको छ । चौतारा र बस्तीहरू सुनसान छन् । बस्ती शून्य लाग्छन् । केही वर्षअघिसम्म चहलपहल हुने गाउँहरू अहिले मानिसविहीन बन्दै गएका छन् । गाउँमा सडक, बिजुली, खानेपानी र सञ्चार सुविधा पुगे पनि रोजगारी, शिक्षा र स्वास्थ्यको खोजीमा मानिसहरू सहर तथा विदेश जान थालेपछि गाउँ खाली हुँदै गएका हुन् । यसको असर… पुरा पढौ

मिटरब्याज समस्या समाधानका लागि सरकार र पीडित पक्षबीच पुनः छलफल जारी

मिटर ब्याजसम्बन्धी समस्या समाधानका विषयमा सरकार र पीडित पक्षबीच चौथो चरणको वार्ता सुरु भएको छ। बाराको निजगढमा गृहमन्त्री सुधन गुरुङको सहभागितामा बुधबार राति करिब सवा ८ बजेदेखि वार्ता प्रारम्भ भएको हो। यसअघि सरकार र मिटरब्याज पीडित पक्षबीच मंगलबार रातिसम्म तीन चरणमा छलफल भइसकेको थियो। ती वार्तामा पीडितका माग, समस्या र समाधानका सम्भावित उपायबारे छलफल भएको थियो। गृहमन्त्री गुरुङले प्रारम्भिक चरणमा पीडितका गुनासा र मागबारे जानकारी लिएपछि आन्दोलनको नेतृत्वसँग क्रमशः पहिलो, दोस्रो र तेस्रो चरणको संवाद गरेका थिए। यद्यपि तेस्रो चरणको… पुरा पढौ