समाचार

मुस्ताङबाट २२ हजार केजी फोहर संकलन

मुस्ताङ । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)जोमसोमले फोहरमैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ । जिल्लाको घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा संकलन भएको फोहरलाई एक्याप जोमसोमले गत वर्षदेखि व्यवस्थापन गर्न थालेको हो । एक्याप प्रमुख राजेश गुप्तका अनुसार आव २०८२/८३ को साउनदेखि असार अन्तिमसम्म जिल्लाका तीन पालिकामा संकलन गरिएको २२ हजार १८९ केजी नकुहिने विभिन्न प्रकारका फोहरलाई ट्रकमा ढुवानी गरी जिल्ला बाहिर निकासी गरेको जानकारी  दिए ।  एक्याप प्रमुख गुप्तका अनुसार… पुरा पढौ

देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको… पुरा पढौ

कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज भएको खेलमा स्वीट्जरल्यान्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित ९० मिनेटमा र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । स्वीट्जरल्यान्डको जितमा ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गरे । त्यस्तै म्यानुअल अकांजीको प्रहार भने बहिरियो । प्रतियोगितामा कोलम्बियाका लागि जुआन क्विन्टेरो, जामिन्टन… पुरा पढौ

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी दोषी ठहर

नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन वर्षअघि दायर मुद्दामा जिल्ला अदालत काठमाडौंले सबै प्रतिवादीहरुलाई कसुरदार ठहर गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले प्रतिवादीहरु पूर्व उपप्नधानमन्त्री टोप बहादुर रायमाझी, गृहमन्त्री बालकृष्ण खाँड, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत मुद्दा चलाइएका सबै आरोपीहरुलाई कसुरदार ठहर गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई भने सफाइ दिएको छ । सफाइ पाउनेमा रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक… पुरा पढौ

यस्तो छ आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।  राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आज सार्वजनिक गर्नु भएको  मौद्रिक नीतिमा वित्तिय क्षेत्र सुधारमा जोड दिएको छ । अर्थतन्त्रको कुनै क्षेत्रमा प्रणालीगत जोखिमका संकेतहरु देखा परेको अवस्थामा मौद्रिक नीतिले त्यस्ता जोखिम न्यूनीकरण गर्न समष्टिगत विवेकशील नियमनका औजारहरू प्रयोग गर्ने अभ्यासलाई निरन्तरता दिइने भएको छ । ब्याजदर करिडोर अन्तर्गतका नीतिगत दर स्थायी निक्षेप सुविधा दर एवम् बैंकदरलाई यथावत् राखिएको छ । अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात एवम्… पुरा पढौ

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक २४ दशमलव ५७ अङ्कले उकालो लागेर दुई हजार ६५१ दशमलव ६९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ३३ अङ्कले बढेर लागेर ४६० दशमलव ६१ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ७३ अङ्कले बढेर १८१ दशमलव ९६ मा पुगेको छ । यस्तै सेन्सेटिभ फ्लोट सूचक भने एक दशमलव ५७ अङ्कले बढेर… पुरा पढौ

एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले  नतिजा  सार्वजनिक गरेको हो ।  बोर्डले आज पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिँदै परीक्षामा ८३ हजार ५२३ जनाअर्थात् ६४.६८ प्रतिशत छात्रछात्रा उत्तीर्ण भएका परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए।  यही असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको पूरक परीक्षामा सहभागी हुन एक लाख ४६ हजार ५०७ परीक्षार्थीले आवेदन दिएकामा एक लाख २९ हजार ११४ जना परीक्षार्थी मात्रै सहभागी भएको उनले… पुरा पढौ