समाचार

सामाजिक सद्भावका लागि एमाले अध्यक्ष ओलीको अपिल

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा विगत केही दिनदेखि उत्पन्न तनावपूर्ण अवस्था, राज्य पक्षबाट भएको बल प्रयोग तथा त्यस क्रममा स्थानीय युवा ओमप्रकाश मेहता र सिरहाका गणेश यादवको गोली लागेर भएको मृत्युको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। केही बेर अघि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले देवानगञ्जमा भएको अमानवीय घटनाक्रम रोकिनुको सट्टा झन् उग्र बन्दै गएको र त्यसको प्रभाव सिरहासहित विभिन्न स्थानमा फैलिएको भन्दै थप नागरिकले गोली लागेर ज्यान गुमाएको खबरले आफूहरू… पुरा पढौ

लगातार चौथो दिन घट्यो सेयर बजार

साताको चौथो कारोबार दिन पनि नेपाली सेयर बजारमा गिरावट आएको छ। बिहीबार नेप्से परिसूचक १६.२९ अंकले घट्दै २६७२ अंकको विन्दुमा कायम भएको छ। यो साताको सुरुवातदेखि नै बजारमा निरन्तर दबाब देखिएको छ। साताका चारवटै कारोबार दिनमा नेप्से परिसूचक कुल ६२ अंकले घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से २७३४ अंकमा रहेको थियो। बजारमा आएको गिरावटसँगै कारोबार रकममा समेत कमी देखिएको छ। बिहीबार कुल ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन भने ४… पुरा पढौ

फिर्के खोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी । पोखरा महानगरपालिकाले फिर्के खोलाभित्रका सबै संरचना हटाउन सम्बद्ध पक्षलाई पुनः सूचना जारी गरेको छ । खोला घर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका केही ठूला संरचना गत जेठमा महानगर आफैँले डोजर लगाएर हटाए पनि अन्य संरचना यथावत् रहे पनि महानगरपालिकाले ताकेता गरेको हो । महानगरपालिकाले बुधबार सार्वजनिक सूचनामार्फत केही घरधनी र संस्थाले मौखिक प्रतिबद्धताअनुसार संरचना नहटाएकामा ध्यानाकर्षण भएको जनाउँदै कबुल गरेबमोजिम संरचना हटाउन आग्रह गरेको छ । महानगरको आग्रहलाई अटेर गरेमा वर्षायाम सकिनासाथ खोला घरभित्र बनेका संरचना पूर्ण रूपमा हटाउने… पुरा पढौ

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ… पुरा पढौ

बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या ५१ पुग्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार बाघको संख्या २५ बाट बढेर अहिले ५१ पुगेको हो । सो निकुञ्जमा सन् २०२२ मा २५ बाघ रहेका थिए ।  बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलका अनुसार निकुञ्जमा सबैभन्दा पहिले २०१३ सालमा बाघको  संख्या चार रहेकामा २०१८ सालमा बढेर २१ पुगेको थियो । प्रमुख संरक्षण अधिकृत कँडेलले बाघको आहार प्रजातिका लागि घाँसे मैदानको व्यवस्थापनका कारण बाघको  संख्या  बढेको बताए ।  उनले भने,… पुरा पढौ

पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती

गण्डकी । पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा साहित्यकार सरस्वती प्रतीक्षा नियुक्त भएकी छिन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधबार उनलाई नियुक्ति पत्र प्रदान गरेका हुन् । यस्तै उपकुलपतिमा तिलक पुर्जा पुन (कला तथा साहित्य) र सदस्य सचिवमा जीवन दाहाल (लोकगीत तथा सङ्गीत) नियुक्त भएका छन् । प्रतिष्ठानको प्रज्ञा परिषद् सदस्यमा श्रीजङ्ग गुरुङ (नृत्य), हरेराम जोजेजु (ललितकला), दिलीप गायक (सङ्गीत तथा वाद्यवादन) र प्रमीला ताम्राकार तुलाचन (रङ्गमञ्च तथा अभिनय) रहेका छन् । यस्तै प्रज्ञा सभा सदस्यमा कल्पना चिलवाल, कृष्णप्रसाद गौतम गमबहादुर… पुरा पढौ

पोखरामा पर्यटकलाई सूचना दिन क्युआर कोर्ड, पर्यटक सुरक्षाका बारेमा छलफल

पोखरा, १२ साउन । गण्डकी प्रदेश प्रहरी कार्यालय र पोखरा पर्यटन परिषद्को संयुक्त पहलमा पर्यटकलाई सुरक्षित र पर्यटन क्षेत्रको जानकारी दिने उद्देश्यले क्युआर कोर्ड सञ्चालनमा ल्याएको छ । क्युआर कोर्ड स्क्यान गरेर स्वदेशी तथा विदेशी पर्यटकहरूले नेपाल प्रहरीका आपत्कालीन सम्पर्क नम्बर, पर्यटकीय सुरक्षा सम्बन्धी जानकारी, आवश्यक सम्पर्क विवरण, भ्रमणका सूचनाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन् । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दिपेन्द्र जिसीले क्युआर कोर्डको उद्घाटन गरे । यसले आपत्कालीन अवस्थामा पर्यटकलाई आवश्यक जानकारी तत्काल उपलब्ध गराउँदै… पुरा पढौ