समाचार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रवारको तुलनामा सुन तोलामा रु. ४०० र चाँदी रु. १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु. दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु. चार हजार ६०५ कायम भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला रु. दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातु रु. चार हजार ६१५ मा कारोबार भएको थियो… पुरा पढौ

हात्तीको आक्रमणमा आमा छोराको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमा छोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका  सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उनकी चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो । हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उनको कच्ची घरमा आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो । पुरा पढौ

गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई… पुरा पढौ

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलो पटक बाँदरलगायत रुखमा बस्ने वन्यजन्तुलाई सडक सुरक्षित रूपमा वारपार गराउन ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिएको छ । जैविक विविधता संरक्षणलाई प्राथमिकता दिँदै नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट जङ्गलस्थित पितौजीमा उक्त संरचना निर्माण गरिएको हो । वन क्षेत्र हुँदै सडक विस्तार भएपछि वन्यजन्तुको प्राकृतिक आवागमनमा असर नपरोस् भन्ने उद्देश्यले जैविक विविधता संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत क्यानोपी ब्रिज निर्माण गरिएको आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले… पुरा पढौ

बालेन सरकारले १०० दिनमा के-के गर्‍यो ? (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले सय दिने उपलब्धि सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रवक्ता सस्मित पोखरेलले आज सरकारको उपलब्धि सार्वजनिक गरेका हुन्। सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत रहेको जानकारी दिए । यस्तै १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुमानित रासायनिक मल बिक्री वितरण गरेको छ । विसं २०८२ चैतदेखि हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडबाट ५३ हजार… पुरा पढौ

बैतडी बस दुर्घटना अपडेट: १७ जना घाइते

बैतडी । बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइेत भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस आज दिउँसो ३ः३० बजे बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक भुवन तिमिल्सेनाले जानकारी दिए । घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको र उनीहरूको पहिचान हुन बाँकी रहेको उनले बताए । घाइतेहरूको… पुरा पढौ

सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त

प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकका ७ वटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेका छन् । कुलपति समेत रहेका शाहले खुला प्रतिस्पर्धाका आधारमा सिफारिस भएका व्यक्तिहरुलाई शुक्रबार नियुक्त गरेका हुन् । शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठन भएको छनोट तथा सिफारिस समितिको प्रतिवेदनका आधारमा यी नियुक्ति भएका हुन् । नयाँ नियुक्ति अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापा चयन भएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको जिम्मेवारी किसन दत्त भट्टलाई दिइएको छ । मध्यपश्चिम विश्वविद्यालयको नेतृत्व राजन सुवालले पाएका छन् । कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिमा… पुरा पढौ