समाचार

नेपालले अमेरिकालाई ९ विकेटको हरायो,कुशल भुर्तेलको शतकीय पारी

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु शृङ्खलामा नेपालले अमेरिकाविरुद्ध ९ विकेटले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा आज भएको खेलमा अमेरिकाले दिएको १९५ रनको लक्ष्यमा नेपाल ९ विकेटले विजयी भएको हो । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले १५४ रनको योगदान दिए । भुर्तेलको शतकसँगै नटआउट प्रदर्शनका कारण नेपालले १९६ रनको लक्ष्य सहजै भेटिएको हो । उनले १३ चौका र चार छक्काको मद्दतमा ११८ बल खेलेर १२० रन बनाएका हुन् । आशिफ… पुरा पढौ

चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक खण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिकतर्फ ८१ दशमलव दुई प्रतिशत प्रगति भएको हो । उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले पुल निर्माण तीव्र गतिमा भइरहेको जनाउँदै हाल दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्क डिजाइन निर्माण भइरहेको बताए । उनका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम सुरु गरिएकामा गत भदौ २१ गते ठेक्काको म्याद सकिएपछि आगामी… पुरा पढौ

केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशका थोरै स्थानमा, लुम्बिनी र कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी हिमाली, पहाडी र तराई… पुरा पढौ

सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु, एक वर्षमै थपियो ८८ अर्ब नौ करोड

काठमाडौँ । मुलुकको कूल बेरुजु रकम रु. सात खर्बमाथि पुगेको छ । महालेखापरीक्षकको कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदनमा बेरुजु रकम रु. सात खर्ब ५५ अर्ब बराबर पुगेको उल्लेख छ । महालेखापरीक्षकको कार्यालयले आव २०८१-८२ मा संघीय, प्रदेश , स्थानीय तह, संगठित संस्था र संघीय कानुनद्वारा तोकिएका अन्य संस्था तथा समितिको रु. ९४ खर्ब ८४ अर्ब ५० करोड बराबरको लेखापरीक्षण गरेको छ । महालेखापरीक्षक तोयम रायाका अनुसार, गत भदौ भदौ २३ र २४ को… पुरा पढौ

कास्कीमा प्रहरी नेतृत्वकै सहभागितामा आकस्मिक सवारी जाँच

कास्की । सवारी दुर्घटना न्यूनीकरण र प्रहरी कार्यशैलीमा सुधार ल्याउने उद्देश्यसहित कास्की प्रहरीले पोखरा महानगरपालिका–२५ हेमजा क्षेत्रमा विशेष आकस्मिक सवारी जाँच (सरप्राइज चेकिङ) सञ्चालन गरेको छ । उक्त अभियानमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्की स्वयं नेतृत्वमा सडकमा खटिएका थिए । प्रहरी उपरीक्षक कार्कीको नेतृत्वमा गरिएको जाँचमा प्रहरी नायव उपरीक्षकहरू हरिबहादुर बस्नेत, गुणराज बुढाथोकी र नमराज भट्टराईसहित जिल्लाका विभिन्न इकाइका प्रहरी निरीक्षकहरूको सहभागिता रहेको थियो । जाँचका क्रममा वरिष्ठ प्रहरी अधिकृतहरूले आफैँ सवारी साधन रोक्दै चालक तथा यात्रुसँग सोधपुछ… पुरा पढौ

आज अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदै

काठमाडौँ । दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदैछ ।  यसै अवसरमा संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारीस्वरुप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ । सन् १९८० को दशकदेखि परिवारसँग सम्बन्धित विषयमा राष्ट्रसंघले विशेष ध्यान दिन थालेको भए पनि आर्थिक तथा सामाजिक परिषद्को सिफारिसमा सामाजिक विकास आयोगले सन् १९८३ मा ‘विकास प्रक्रियामा परिवारको भूमिका’ सम्बन्धी प्रस्ताव पारित… पुरा पढौ

देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी भेगमा आंशिक बदली भएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा कोशी प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा… पुरा पढौ