समाचार

गोरखामा पहिरोले पेट्रोल पम्पमा क्षति

 गोरखा नगरपालिका-११ बाह्रकिलोमा रहेको पेट्रोल पम्पमा क्षति पुर्‍याएको छ। बिहीबार बिहान गोरखकाली फ्युल सेन्टर पेट्रोल पम्पको पछाडिको भागबाट करिब ५० मिटर माथिबाट पहिरो खसेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पहिरोले पेट्रोल पम्पको डिस्पेन्सर मेसिन तथा पार्किङ गरी राखिएका ५ वटा मोटरसाइकलमा क्षति पुर्‍याएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर पहिरोले पुरिएका मोटरसाइकल निकाल्ने तथा पहिरो हटाउने काम भइरहेको बताइएको छ । पुरा पढौ

सुनको मूल्य आठ हजारले बढ्यो

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु आठ हजारले वृद्धि भई दुई लाख ९६ हजार  कायम भएको छ ।  बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य प्रतितोला रु ९५ ले बढेर रु चार हजार ५७० पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ४७५ मा कारोबार भएको थियो । पुरा पढौ

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली सङ्कलनका लागि आवश्यक सहयोग गर्न स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयले बुधबार सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली सङ्कलन गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो । निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली अद्यावधिक गर्ने निर्णय गरिसकेको छ । आयोगको साउन १५ गतेको बैठकले मतदाता नामावली अद्यावधिक गर्ने र त्यसका लागि वडास्तरमा नै आवश्यक कार्यक्रम सञ्चालन… पुरा पढौ

आज यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ । हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई मेघगर्जन चट्याङसहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू–भागका धेरै स्थानमा… पुरा पढौ

मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक सम्पर्कविहीन

पोखरा । कास्कीको पर्यटकीय गन्तव्य मर्दी हिमाल पदयात्रामा निस्किएका पोखराका ३ जना युवक सम्पर्कविहीन भएका छन् । माछापुच्छ्रे गाउँपालिका ९ स्थित बादलडाँडा क्षेत्रको जंगलमा उनीहरु सम्पर्कविहीन भएका हुन् । बाटो बिराएर अलपत्र परेको हुन सक्ने प्रहरीले जनाएको छ । कास्की प्रहरीका सूचना अधिकारी तथा डिएसपी विरेन्द्र पासवानका अनुसार उनीहरु बुधबार बिहान ८ बजेसम्म सम्पर्कमा थिए । ‘बिहान ८ बजेतिर सम्पर्क भएको र त्यसपछि सम्पर्कमा नरहेको भन्ने बुझिएको छ,’ उनले भने, ‘उनीहरुको मोबाइल अफ भएको छ । उक्त क्षेत्रमा नेटवर्कले पनि… पुरा पढौ

सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँ बढ्यो

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा रु चार हजार दुई सय रुपैयाँले बढेर रु दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छन् ।   मंगलबार सुन तोलामा दुई लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ  । आज चाँदी ९५ रुपैयाँले बढेर रु चार हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ३८० मा कारोबार… पुरा पढौ

पहिराले नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सेवा अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल नजिक आज बिहान पहिरो खस्दा दुईतर्फी नै यातायात सेवा अवरुद्ध भएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तत्काल पहिरो पन्छाउने काम सुरुआत गरिएको जानकारी दिए। यसका लागि डिभिजन सडक कार्यालयसँग समन्वय गरिएको छ । पुरा पढौ