फोटो ग्यालेरी

पुन हिलमा पर्यटकको चहलपहलः

पुन हिलमा पर्यटकको चहलपहलः पदयात्रा पर्यटनका लागि विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुन हिलमा वैशाख ४ गते शुक्रवार बिहान देखिएको स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल। तस्बिरः मनशान्त घिमिरे पुरा पढौ

भोजपुर–बेहेर नागबेली सडक

भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक । भोजपुर नगरपालिका–१२ मा पर्ने यो सडक करिब १३ किलोमिटर लामो रहेको छ । उकालो–ओरालोमा दर्जनौँ घुम्ती पार गर्दै निर्माण गरिएको यो मार्गले दुर्गम बस्तीलाई सदरमुकामसँग जोड्नुका साथै यहाँको जनजीवनमा ठूलो परिवर्तन ल्याएको स्थानीय बताउँछन् । तस्बिर : रासस पुरा पढौ

हिमाली गिद्ध

मनाङ चामे गाउँपालिका ३ काेताे स्थित बजार नजिक रहेको छाेर्तेनमा आइरहने करिब ८ महिनाको १४ किलोको हिमाली गिद्ध । नविन लामिछाने पुरा पढौ

पाथीभरा मन्दिर र हिमश्रृङ्खला

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर र पष्ठभूमिमा देखिएको हिमश्रृङ्खला । तस्बिर: सन्तोष पुर्कुटी / रासस पुरा पढौ

गुफा पोखरी

ताप्लेजुङ, सङ्खुवासभा र तेह्रथुम जिल्लाको सङ्गमस्थल तीनजुरे मिल्के क्षेत्रमा अवस्थित गुफा पोखरी । पूर्वी नेपालकै धार्मिक तथा प्राकृतिक गन्तव्यमध्ये एक गुफा पोखरीमा ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन् । तस्बिर: दिलकुमार लिम्बू/रासस पुरा पढौ

तालबाराही मन्दिर

पोखरा महानगरपालिका- २२ पुम्दिभुम्दीबाट देखिएको फेवातालको बिच भागमा रहेको तालबाराही मन्दिर । जहाँ देश विदेशबाट वर्षेनी हजारौं धार्मिक पर्यटकहरूको आगमन हुने गर्दछ । पुरा पढौ

मनाङ गाउँको पृष्ठभूमिमा गङ्गापूर्ण हिमाल, ग्लेसियर र ताल

मनाङ ङिस्याङ गाउँपालिका–६ मा अवस्थित मनाङ गाउँको पृष्ठभूमिमा गङ्गापूर्ण हिमाल, ग्लेसियर र गङ्गापूर्ण ताल । गाउँको नामबाट नै जिल्लाको नामकरण गरिएको हो । तस्बिरः नवीन लामिछाने/रासस  पुरा पढौ