फोटो ग्यालेरी

धौलागिरी हिमाल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल पुनहिलबाट देखिएको धौलागिरी हिमालको मनोरम दृश्य। तस्बिर: कमल खत्री / रासस पुरा पढौ

पुलिमराङ गाउँ

तनहुँको व्यास नगरपालिका–८ स्थित पुलिमराङ गाउँ । सहिद गाउँको रुपमा परिचित यस ठाउँमा गुरुङ जातिको बाहुल्यता छ । तस्बिर: कृष्ण न्यौपाने/रासस पुरा पढौ

तालमाथि जमेको हिउँमा रमाउँदै पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड तालमा चिसोले हिउँ जमेपछि त्यसमाथि रमाउदै पर्यटक । अन्नपूर्ण हिमालको फेदीमा रहेको पञ्चकुण्ड ताल चिसोका कारण पानी जमेको छ । तस्बिर ः सन्तोष गौतम÷रासस पुरा पढौ

याकचौरी

जाडो बढेसँगै गाउँ झारिएका याकचौरी मनाङ ङिस्याङ गाउँपालिका–५मा अवस्थित मुङ्जेगाउँ छेउछाउमा चरिरहेका । पृष्ठभूमिमा मुङ्जे गाउँ र अन्नपूर्ण दोस्रो हिमाल । तस्बिर: नवीन लामिछाने /रासस पुरा पढौ

निलगिरि हिमाल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ तातोपानीबाट बिहीबार देखिएको निलगिरि हिमाल । तस्बिर: रामबहादुर थापा/रासस पुरा पढौ

च्याङग्राको बथान

दसैँका लागि देशका विभिन्न ठाउँको सहरमा निकासीका लागि उपल्लो मुस्ताङबाट कोवाङको बोक्सीखोलामा ल्याइएको च्याङग्राको बथान । दसैँका लागि मुस्ताङबाट भेडाच्याङग्रा निकासी हुन थालेको छ । तस्बिर: सन्तोष गौतम/रासस पुरा पढौ

सडकमा पहिरो झरेपछि अलपत्रमा परेका यात्रु

बेनी जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको बैसरीमा गएको पहिरोका कारण बाटो अवरुद्ध भएपछि गलेश्वर पुलमा अलपत्रमा परेका यात्रु । तस्बिर: वासुदेव पौडेल/रासस पुरा पढौ