विश्व फोटोग्राफी दिवस: राप्ती नदी किनारबाट सुर्यास्तमा अन्नपूर्ण हिम श्रृंखला नियाल्दा, सौराहा, चितवन । फोटो: मनशान्त घिमिरे । पुरा पढौ मूल्य बुझ्दै ग्राहकः पोखराको सडक छेउमा टुसा बेच्दै एक महिला । टुसा काठमाडौं तथा धरानतिर कोसेलीको रुपमा पनि लैजाने गरिन्छ । पुरा पढौ खुल्दै गरेको हिमाल, पर्ख र हेरको अबस्थामा पर्यटन: अन्नपूर्ण संरक्षण क्षेत्र भित्रको ख्यातिप्राप्त मर्दि हिमाल पदमार्गमा पर्ने पोथनाको होटलबाट बिहानमा देखिने सुन्दर दृश्य । फोटो: मनशान्त घिमिरे । पुरा पढौ बाटो लामो छ, थकाई त मार्नु पर्यो निः लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकाको उत्तरी भुभागमा अबस्थित दुधपोखरी यात्राका क्रममा भेटिएका बाख्राका बथान पोखरी नजिक थकाई मार्दै । यो पदमार्गबाट नामुन भञ्ज्याङ कटि मनाङको तिमाङ पुग्न सकिन्छ । फोटो: गंगा बहादुर घले । पुरा पढौ दामोदर कुण्डमा श्रद्धालु भक्तजन: समुन्द्री सतहदेखि ४८९० मिटर उचाईमा रहेको मुस्ताङ जिल्लाको पबित्र तिर्थस्थल दामोदर कुण्ड मा पितृलाई तर्पण गर्दै एक भक्तजन । फोटो: मनशान्त घिमिरे । पुरा पढौ सुनसान राधाकृष्ण मन्दिरः कृष्ण जन्माष्टमीका दिन पोहोर–परार श्रद्धालुको घुँइचो लाग्ने यस पोखराको राधाकृष्ण मन्दिर कोरोनाभाइरसको संक्रमणका कारण यसपटक सुनसान बन्यो । तस्विरः खेम गुरुङ पुरा पढौ बाटो खुल्यो, रासन लिएर अगाडि बढ्दै खच्चरहरु: असार २५ र २६ गतेको भीषण बर्षा र त्यसपछि पहिरोले म्याग्दी जिल्लाको पश्चिमी क्षेत्रको धौलागिरी गाउँ पालिका-मराङ्ग र मालिका गाउँ पालिका-बिम मा धेरै जनधनको क्षति भएको थियो । पहिरोले अवरूद्ध बाटो खुलेसँगै खच्चरबाट रासन ढुवानी गर्दै स्थानीय । फोटो: मनशान्त घिमिरे । पुरा पढौ