राजनीति

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ । आयोगले आगामी पुस ११  गते राष्ट्रिय सभाको निर्वाचनको मिति तय गरेको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै आयोगले निर्देशन दिएको छ । निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा सुशासन कायम गर्नका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दललाई आवश्यक… पुरा पढौ

घोषित मितिमै चुनाव गराउन सरकार सम्पूर्ण रूपमा जुटेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारी गरिरहेको बताएकी छन् । २२औँ ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने निर्वाचनमार्फत सत्ता युवापुस्ताको हातमा हस्तान्तरण गर्दै देशलाई द्रुत विकासको बाटोमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।  भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनबाट धेरै पाठ सिकिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जनआन्दोलनका चाहनालाई पूरा गर्न सबै पक्ष एकजुट हुनु आह्वान गरिन ।  “सरकारले आगामी फागुन… पुरा पढौ

‘हक हित, अधिकार सुविधाको क्षेत्रमा प्रेरणा र ऊर्जा मिलोस्’-प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अपांगता भएका व्यक्तिको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था, सम्बन्धित सबै सरोकार भएकाहरूलाई अपांगता भएका व्यक्तिको हक, हित, अधिकार, संरक्षण र सुविधाको क्षेत्रमा प्रेरणा र ऊर्जा मिलोस् भन्ने कामना गरेकी छन् । अपांगता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस अवसरमा शुभकामना सन्देशमार्फत उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपांगता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउनेसमेत बताएकी छन् । सन्देशमा प्रधानमन्त्रीले… पुरा पढौ

अराजकता र आपराधिक गतिविधि स्वीकार्य छैन : महेश बस्नेत

पूर्वमन्त्री एवम् एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य नहुने बताएका छन्। सुनसरीमा आयोजित राष्ट्रिय युवा संघको कोशी जागरण सभामा सहभागी हुन गइरहेका बेला लोला हानेको विषयमा प्रतिक्रिया दिँदै बस्नेतले लोकतन्त्रमा विरोधको पनि मर्यादा हुने बताएका हुन् । उनले विराटनगर विमानस्थलमा आफूमाथि गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय भएको बताए। शान्तिपूर्ण सभा-जुलुस र देशभर स्वतन्त्र रूपमा आवत-जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य नहुने उनको भनाई छ।… पुरा पढौ

आज देशका ७७ जिल्लामा एमालेका सभा सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज ७७ वटै जिल्लामा जनप्रदर्शनसहित जनसभा गरेको छ । पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तेस्रो चरणको कार्यक्रमअन्तर्गत आज जिल्ला स्तरमा जनसभा गरेको बताए। जिल्लामा हुने सभालाई पार्टीका केन्द्रीय नेतादेखि शीर्ष नेताहरूले सम्बोधन गरेका छन् । उनका अनुसार आजको जनसभामा महासचिव शंकर पोखरेलले बाँकेको नेपालगञ्ज, उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी र उपमहासचिव पृथ्वी सुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गरेका छन् । यसैगरी रुपन्देहीको कार्यक्रममा सचिव छविलाल विश्वकर्मा, झापाको बिर्तामोडमा सचिव पद्मा अर्याल र… पुरा पढौ

मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई हटाएका छन्। राष्ट्रपति पौडेलले मंगलबार भण्डारीलाई प्रदेश प्रमुखको पदबाट हटाएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्। प्रवक्ता कोइरालाले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिशमा भण्डारीलाई हटाइएको जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०७/२४ गतेको निर्णय एवम् सिफारिशमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मधेस प्रदेशका प्रदेश प्रमुख श्री सुमित्रा सुवेदी भण्डारीलाई मिति २०८२/०७/२५ गतेदेखि पदमुक्त गर्नुभएको छ।’ पुरा पढौ

‘प्रतिनिधि सभा निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको पनि दायित्व हो’ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले आगामी फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन सफल पार्नु प्रदेश सरकार पनि दायित्व रहेको बताएका छन् ।  गण्डकी प्रदेशसभा बैठकलाई आज सम्बोधन गर्दै उनले संविधानत: हुने निर्वाचन प्रक्रियालाई सहयोग गर्न प्रदेशसभा सदस्य, राजनीतिक दल, नागरिक समाजलगायत सबै प्रदेशवासीमा अनुरोध गरेका हुन् । मुख्यमन्त्री पाण्डेले युवा पुस्ताको व्यावहारिक आकाङ्क्षा र भावनालाई समेट्दै वैधानिक तथा लोकतान्त्रिक बाटोबाट देशमा आइपरेको संकटलाई दीर्घकालीन समाधान गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए। “पछिल्ला घटनाक्रमले हामी राजनीतिक… पुरा पढौ