राजनीति

युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता: प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई देशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकालाई उनीहरूको पुँजी, सीप र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नु रहेको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसद्हरुको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले सरकारले विक्रम संबत २०८२ देखि २०९२ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको पनि स्पष्ट गरे । नेपालको विकासका प्रमुख क्षेत्रहरू जस्तै कृषि, उद्योग, पर्यटन, ऊर्जा एवं पूर्वाधार निर्माणको क्षेत्रमा सरकारी तथा निजी क्षेत्रबाट ठुलो लगानी भइरहेकाले ती क्षेत्रमा… पुरा पढौ

पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने एमालेको निष्कर्ष

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपतिसमेत भइसकेको पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ । एमालेको यो निर्णयसँगै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउने बाटो बन्द भएको छ । सो दलको राति सम्पन्न केन्द्रीय कमिटीको बैठकले संविधानको पालना गराउने, राष्ट्राध्यक्ष भइसकेको र गणतन्त्रको प्रतीकलाई दलको कार्यकर्ता र नेता बनाउने विषय सुहाउँदो नभएको निष्कर्ष निकालिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख गौतमले पूर्वराष्ट्रपति… पुरा पढौ

राष्ट्रिय एकता अभियानका संयोजक गौतम एकीकृत समाजवादीमा समाहित

काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियान संयोजक वामदेव गौतम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा समाहित हुनुभएको छ । राष्ट्रियसभामा आज आयोजित एकतासभामा अभियानका संयोजक गौतमसहित सम्पूर्ण कमिटी समाहित भएको हो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले गौतमलाई पार्टीमा स्वागत गरे । विसं २०७७ मा तत्कालीन नेकपा (एमाले) बाट अलग भएका दुवै पार्टीले छुट्टाछुट्टै राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका थिए । लामो समयदेखि दुवै पार्टीका नेताबीच पार्टी एकीकरणका लागि औपचारिक तथा अनौपचारिक छलफल भएको थियो… पुरा पढौ

बामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै

काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियानको अन्तिम केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सँग एकता गर्ने निर्णय गरेको छ । अभियानका संयोजक वामदेव गौतमको अध्यक्षतामा भैँसेपाटीमा बसेको बैठकले विगत चार वर्षको समीक्षा गर्दै आज एकीकरण गर्ने निर्णय गरेको हो । एकताका लागि दुवै पार्टीका शीर्ष नेताले समझदारी गरिसकेकाले बैठकले त्यसलाई अनुमोदन गरेको हो । राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न दुवै पार्टी सैद्धान्तिक रूपमा सहमत भएपछि एकताका लागि वातावरण बनेको… पुरा पढौ

रवि लामिछानेको पक्षमा २४ लाख ५७ हजार ६१८ हस्ताक्षर, ४६ लाख सहयोग संकलन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको पक्षमा २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेको जनाएको छ। पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता दीपक बोहराले हस्ताक्षर अभियानलाई अझै अगाडि बढाउने पार्टीको तयारी रहेको बताए। साउन ५ गतेबाट सभापतिको अपिल र हस्ताक्षर अभियान लिएर घरदैलो कार्यक्रम गर्ने पनि उनले बताए। रास्वपाले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध सरकारले साँधेको भन्दै असार ७ गतेदेखि हस्ताक्षर अभियान सुरु गरेको थियो। अब केन्द्रीय कार्यालय, प्रदेश, सीमा नाका र विदेशमा समेत बुथ राखेर… पुरा पढौ

‘कुलिङ अफ पिरियड’को गडबडी छानबिन गर्न विशेष समिति घोषणा

काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’को व्यवस्था हेरफेर गरिएको भन्ने गुनासोका विषयमा छानबिन गर्न प्रतिनिधि सभाले विशेष समिति गठन गरेको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त समिति गठन गरिएकोबारे औपचारिक जानकारी गराएका हुन् । संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धमा प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट पेस भएको प्रतिवेदन, समितिमा भएको छलफल, सैद्धान्तिक सहमति, माइनट र विद्युतीय अभिलेख (अडियो-भिडियो) भन्दा फरक अर्थ झल्किने गरी ‘कुलिङ अफ पिरियड’सम्बन्धी व्यवस्था उल्लेख भएको भन्ने गुनासो… पुरा पढौ

‘कुलिङ अफ पिरियड’मा भएको गडबडी छानबिन गर्ने विशेष समिति घोषणा हुँदै

काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्न विशेष समिति घोषणा आज हुने भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले उक्त समिति गठन भएकोबारे औपचारिक जानकारी गराउनेछन्। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। यसअघि २१ असारमा सभामुख घिमिरेले विभिन्न दलका नेतासँग छलफल गरी विशेष समिति गठन गर्ने तयारी गरिएको जानकारी गराएका थिए। सो छलफलपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सात सदस्यीय समिति गठन भएको जानकारी दिएका थिए। पुरा पढौ