राजनीति

कार्यसूची अघि नबढ्दै प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको सोमबार बसेको दोस्रो बैठक निर्धारित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर विरोध जनाएपछि बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि सारिएको हो। बैठक प्रारम्भ हुनासाथ विपक्षी सांसदहरूले आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्याल ले संसद् कानुन निर्माणको प्रमुख थलो भएकाले सदन सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई आग्रह गरेका थिए। विवाद समाधान नभएपछि सभामुखले दिनका लागि तय गरिएका सम्पूर्ण कार्यसूची हटाइएको जानकारी गराएका थिए। उनले सदनको नियमित… पुरा पढौ

देउवा दम्पतीविरुद्ध जारी पक्राउ पुर्जी कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त आदेश दिएको हो । अदालतले काठमाडौँ जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पुर्जीका आधारमा उनीहरूलाई पक्राउ नगर्न तथा नगराउन आदेश जारी गरेको अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धानसम्बन्धी मुद्दाको क्षेत्राधिकारबारे पनि प्रारम्भिक व्याख्या गरेको छ । गत वैशाख १८ गते लागू गरिएको अध्यादेशअनुसार… पुरा पढौ

संसदमा श्रम संस्कृतिको निरन्तर विरोध, प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने अडान

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए मार्ग प्रशस्त गर्दा राम्रो हुने बताएका छन् ।  प्रतिनिधि सभाको बिहीबारको बैठक सुरु हुने बित्तिकै आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाएपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय दिएका थिए ।  सांसद राईले संसद् नियमावलीमा सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले ७ दिनभित्र दिनुपर्ने भए पनि वैशाख २८ गते राखेका प्रश्नको जवाफ आफूहरूले अझसम्म नपाएको बताए ।  उनले गृह र रक्षा मन्त्रालय प्रधानमन्त्री शाहले… पुरा पढौ

प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षीको विरोध, सदनमा राजीनामाको माग

काठमाडौँ । प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल सुरु हुने क्रममा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को राजीनामा माग गरेका छन्। नीति तथा कार्यक्रमसँग सम्बन्धित प्रश्नको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्नेमा बैठकमा अनुपस्थित रहेको भन्दै विपक्षी सांसदहरूले आपत्ति जनाएका हुन्। बुधबारदेखि नीति तथा कार्यक्रममाथिको छलफल अघि बढाउने कार्यसूची तय भएको थियो। तर प्रधानमन्त्रीको स्थानमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ प्रस्तुत गर्ने तयारी भएपछि विपक्षी सांसदहरूले सदनमा विरोध जनाएका थिए। प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्नुपर्ने माग गर्दै… पुरा पढौ

मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम स्वीकृत

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको हो । आज अपराह्न ४ बजे राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सम्भावित कार्यसूची  छ ।  मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिद्वारा हुने सम्बोधनलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान… पुरा पढौ

संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै  नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ । संघीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले राससलाई बताए ।  नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४:०० बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उनले जानकारी दिए ।  उक्त धारामा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै… पुरा पढौ

संघीय संसद् बैठक आह्वान, वैशाख २८ गते दुवै सदन बस्ने

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक बोलाउने निर्णय गरेका छन्। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले आगामी वैशाख २८ गते दिउँसो २ बजे संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले औपचारिक रूपमा अधिवेशन आह्वान गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार तोकिएको मितिमा दिउँसो २ बजेबाट दुवै सदनको बैठक प्रारम्भ हुने छ। पुरा पढौ