राजनीति

कांग्रेसको विरोधपछि बैठक स्थगित

काठमाडौँ, २ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएपछि प्रतिनिधिसभाको आजको दोस्रो बैठक स्थगित भएको छ । यसअघि १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः सुरु भएको थियो । दोस्रो पटक बैठक सुरु भए लगत्तै सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेलाई ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न अनुमति दिएका थिए । सभामुखले सो अनुमति दिने वित्तिकै कांग्रेसका सांसदहरुले वेल घेराऊ गरेर विरोध जनाएपछि बैठक स्थगित भएको हो । प्रतिनिधिसभाको… पुरा पढौ

राष्ट्रिय हितका लागि सबै दल एक ठाउँमा हुनुपर्छः अध्यक्ष ओली

दोधारा चाँदनी (कञ्चनपुर), १ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दलहरू एक ठाउँमा हुनुपर्ने बताएका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ नं वडा कार्यालय भवनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामलामा सबै दल एक ठाउँमा हुनुपर्ने बताए । “सुशासनका लागि भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी छ”, उनले भने–“विकास निर्माणका काम अगाडि बढाउन देशमा सबैले शान्ति… पुरा पढौ

राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित

काठमाडौँ, २९ फागुन । राष्ट्रियसभाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रिसभाको आजको बैठकमा भएको मतविभाजन प्रक्रियाको मत–परिणाम सुनाउँदै सभाको अध्यक्षता गरिरहेका उपाध्यक्ष उर्मीला अर्यालले दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरे । त्यसअघि दाहालका प्रतिस्पर्धी विपक्षी दलका उम्मेदवार नेपाली काँग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत परेको थियो । दुवै प्रस्तावको मतदानमा ५६ सांसद सहभागी भए भने एक सांसद तटस्थ… पुरा पढौ

दीर्घकालीन असर गर्ने निर्णय नगर्न एमालेको आग्रह

गण्डकी, २८ फागुन । नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलले दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ । दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले आइतबार बसेको दलको बैठकले सो निर्णय गरेको जानकारी दिए । “सरकार अल्पमतमा परेर काम चलाउको अवस्थामा परिणत भइसकेकाले दीर्घकालीन असर पर्ने खालका कुनै पनि निर्णय नगर्न सचेत गराइएको छ”, उनले भने । बैठकले परिवर्तित अवस्थामा दलका तर्फबाट आवश्यक संवाद र समन्वयका लागि दलका नेता खगराज अधिकारीलाई जिम्मा दिने निर्णय गरेको छ । गण्डकी… पुरा पढौ

अन्योलमा गण्डकीको सत्ता–राजनीति

गण्डकी, २४ फागुन । केन्द्रमा भएको सत्तासमीकरण परिवर्तनको असर गण्डकी प्रदेश सरकारमा पनि देखिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई पदमुक्त गरेको भोलिपल्ट बुधबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ । बहुमत गुमाएका मुख्यमन्त्री पाण्डेले संविधानतः ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । नयाँ समीकरणअनुसार सरकार गठनका लागि नेकपा (एमाले) र माओवादी केन्द्रलाई प्रदेशसभाको गणित सहज छैन । मुख्यमन्त्री… पुरा पढौ

माओवादीद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता

पोखरा, २३ फागुनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सो दलका नेता हरिबहादुर चुमानले जानकारी दिए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । यसअघि मङ्गलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीलाई पदमुक्त गरेका थिए । माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको छ । ६० सदस्यीय गण्डकी… पुरा पढौ

कांग्रेसले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने

काठमाडौँ, २२ फागुन । नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै पार्टीले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय लिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकले २०७९ मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा साझा ढङ्गले गरिएका वाचा र निर्वाचनमार्फत मतदाताले दिएको कार्यादेशप्रति कांग्रेस प्रतिबद्ध रहेको तर त्यो कार्यादेशलाई बेवास्ता… पुरा पढौ