राजनीति

देवकोटामाथिको कारबाही कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटामाथि गरिएको कारबाही कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न र सांसदको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै देवकोटाले गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न पाउनेछन् । ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो । माओवादीले गरेको कारबाहीको सूचना सभामुख कृष्ण धितालले प्रदेशसभामा पढेर सुनाएपछि उनी पदमुक्त… पुरा पढौ

प्रदेशसभा सदस्य देवकोटा पदमुक्त

पोखरा, ३२ जेठ । गण्डकी प्रदेशसभा सदस्य फणिन्द्र देवकोटा पदमुक्त भएका छन् । गण्डकी प्रदेशसभाको आजको बैठकमा सभामुख कृष्णप्रसाद धितालले देवकोटा पदमुक्त भएको सूचना प्रदेशसभामा जानकारी गराएको हो । नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (क) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को चुनाव चिह्नबाट निर्वाचनमा भाग लिई प्रदेशसभा सदस्यमा विजयी भएका थिए । उनले माओवादी केन्द्र संसदीय दलको ह्वीप उल्लङ्घन गर्दै यही जेठ २८ गते प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । ह्वीप उल्लङ्घन गरेको भन्दै… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेश सभा बैठकमा माओवादीको चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले फ्लोरक्रस गरेपछि पाण्डेलाई विश्वासको मत प्राप्त भएको हो । पाण्डेको पक्षमा कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र १(राजीव गुरूङ) र माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा गरी ३१ सांसदले मतदान गरेका हुन् । पाण्डेका पक्षमा ३१ सांसदले मत दिएकाले विश्वासको मत प्राप्त भएको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे । पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी, २८ जेठ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । यही जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेको हो । संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री भएका उनलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । साठी… पुरा पढौ

एमालेसँग मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग विश्वासको मत दिन आग्रह गरेका छन् । उक्त पत्र कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एमालेको मुख्य सचेतक गोविन्द नेपालीलाई हस्तान्तरण गरेका हुन् । सोमबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका उनले आज पत्र लेखेर उक्त आग्रह गरेका हुन् । नेपालको संविधान र प्रदेशसभा नियमावली २०८० ले व्यवस्था गरेबमोजिम आफूले २०८१ जेठ २८ गते दिनको ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्न… पुरा पढौ

विश्वासको मतका लागि २८ गते ३ बजे प्रदेश सभा बैठक

पोखरा । गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि जेठ २८ गते ३ बजे प्रदेश सभाको बैठक आव्हान गरिएको संसद सचिवालयले एक सूचना जारी गरेको छ । १६ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेले नीति तथा कार्यक्रम र बजेट अगावै विश्वासको मत लिन लागेका हुन् । अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले विश्वासको मतबारे छलफल गर्न काठमाडौं गएका थिए । काठमाडौँबाट फर्किए लगत्तै उनले विश्वासको मत लिने निर्णय गरेका हुन् । पाण्डे जेठ १६… पुरा पढौ

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

पोखरा, १६ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । यसअघि उनी विसं २०८० वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । सोमबार सर्वोच्च अदातलतले नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । केन्द्रीय सत्ता समीकरण बदलिएसँगै अल्पमतमा परेका पाण्डेले… पुरा पढौ