राजनीति

सत्तागठबन्धनबारेका चर्चा असत्य हुन्ः मन्त्री शर्मा

काठमाडौँ, १७ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तागठबन्धनमा असमझदारीका हल्ला सत्य नभएको बताएकी छन् । मन्त्रिपरिषद्को आजको बैठकपछि सञ्चारमाध्यमसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल सत्ता परिवर्तन नहुने स्पष्ट पार्नुभएको जानकारी दिइन् । मन्त्री शर्माले आमसञ्चार माध्यममा आएको कुरा र यर्थाथबारे बैठकमा प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको र बाह्य चर्चामा आएका विषय मिडिया ट्रायलका रुपमा आइरहेका बताइन् । “गठबन्धनका दलबीच असमझदारी बढेको बाह्य चर्चा र अफवाह असत्य हुन्, त्यस्तो छैन”, उनले भनिन्, “गठबन्धन लामो समय… पुरा पढौ

एकीकृत समाजवादीप्रति जनताको विश्वास बढेको छः अध्यक्ष नेपाल

काठमाडौँ, १६ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी संविधान र गणतन्त्रको रक्षाका लागि स्थापना भएकाले देशभरका जनतामा विश्वास बढेको बताएका छन् । दशौँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले अहिले पनि लोकतन्त्र खतरामा रहेको बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले जनताको अधिकार स्थापित गर्न आत्मविश्वासका साथ पार्टीलाई जनतामा केन्द्रित गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस पार्टीले लोकतन्त्रको रक्षा तथा मुलुकको राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे ।… पुरा पढौ

देवकोटामाथिको कारबाही कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटामाथि गरिएको कारबाही कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न र सांसदको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै देवकोटाले गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न पाउनेछन् । ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो । माओवादीले गरेको कारबाहीको सूचना सभामुख कृष्ण धितालले प्रदेशसभामा पढेर सुनाएपछि उनी पदमुक्त… पुरा पढौ

प्रदेशसभा सदस्य देवकोटा पदमुक्त

पोखरा, ३२ जेठ । गण्डकी प्रदेशसभा सदस्य फणिन्द्र देवकोटा पदमुक्त भएका छन् । गण्डकी प्रदेशसभाको आजको बैठकमा सभामुख कृष्णप्रसाद धितालले देवकोटा पदमुक्त भएको सूचना प्रदेशसभामा जानकारी गराएको हो । नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (क) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को चुनाव चिह्नबाट निर्वाचनमा भाग लिई प्रदेशसभा सदस्यमा विजयी भएका थिए । उनले माओवादी केन्द्र संसदीय दलको ह्वीप उल्लङ्घन गर्दै यही जेठ २८ गते प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । ह्वीप उल्लङ्घन गरेको भन्दै… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेश सभा बैठकमा माओवादीको चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले फ्लोरक्रस गरेपछि पाण्डेलाई विश्वासको मत प्राप्त भएको हो । पाण्डेको पक्षमा कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र १(राजीव गुरूङ) र माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा गरी ३१ सांसदले मतदान गरेका हुन् । पाण्डेका पक्षमा ३१ सांसदले मत दिएकाले विश्वासको मत प्राप्त भएको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे । पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी, २८ जेठ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । यही जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेको हो । संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री भएका उनलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । साठी… पुरा पढौ

एमालेसँग मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग विश्वासको मत दिन आग्रह गरेका छन् । उक्त पत्र कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एमालेको मुख्य सचेतक गोविन्द नेपालीलाई हस्तान्तरण गरेका हुन् । सोमबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका उनले आज पत्र लेखेर उक्त आग्रह गरेका हुन् । नेपालको संविधान र प्रदेशसभा नियमावली २०८० ले व्यवस्था गरेबमोजिम आफूले २०८१ जेठ २८ गते दिनको ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्न… पुरा पढौ