राजनीति

एमालेको सङ्कल्प यात्रा पर्वतमा

पर्वत, २१ मङ्सिर । नेकपा (एमाले)ले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पर्वत आइपुग्ने भएको छ । बिहान बागलुङको गलकोटबाट सुरु भएको यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वत आउन लागेको हो । सङ्कल्प यात्रालाई लक्षित गरेर नेकपा एमाले पर्वतले कुश्माबजारमा जनसभाको तयारी गरेको छ । उक्त जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष राजु पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलका अनुसार दिउँसो १ बजे ओली पर्वत र बागलुङको सिमाना मालढुङ्गामा आइपुग्ने र पर्वतमा… पुरा पढौ

‘विप्लव’ र ‘प्रकाण्ड’विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ, १८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका प्रमुख नेताहरुविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको छ । उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौँमा राज्यविरुद्धको कसुरमा ४ वर्षअघि मुद्दा दायर भएको थियो । अदालतमा राज्यविरुद्धको कसुरमा चार वर्षअघि दायर गरिएको मुद्दामा विप्लवसहित उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्की, माइला लामाविरुद्ध उक्त पक्राउ पुर्जी जारी गर्दै अदालतमा उपस्थित हुन भनेको हो । “यो पक्राउ पूर्जीको सूचना प्रकाशित भएका मितिले बाटोका… पुरा पढौ

एमालेको सङ्कल्प यात्रा बैतडीबाट आरम्भ

बैतडी, १४ मङ्सिर । नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखि आरम्भ भएको छ । यात्राको एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरे । अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा आज बिहान नेपाली झण्डा झण्डोत्तोलन गरेर सङ्कल्प यात्रा शुभारम्भ गरेको हो । सो अवसरमा अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताए । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनको भनाइ थियो । सङ्कल्प यात्रा शुभारम्भपछि आजै बैतडी सदरकुकाम गोठलापानीमा… पुरा पढौ

कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैनः सभापति देउवा

त्रिवेणी (नवलपरासी), ११ मङ्सिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहदैमा राजतन्त्र नआउने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलालाई आज सम्बोधन गर्दै सभापति देउवाले कसैले भन्दैमा राजतन्त्र नआउने बताए । सभापति देवउवाले संविधानसभाले राजा हटाउने निर्णय गरिसकेकाले राजतन्त्र अब नफर्किने स्पष्ट पार्दै भने, “पूर्वराजा फर्कने कुरा छैन, संविधानसभाले राजा हटाउने निर्णय गरिसकेको छ, कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन ।” सभापति देउवाले अन्य विषयमा छलफल गर्न सकिए पनि राजतन्त्र फर्काउने… पुरा पढौ

युवा संघका कार्यकर्ता र दुर्गा प्रसाईँ समूहबीच बल्खुमा ढुंगा हानाहान

काठमाडौँ । काठमाडौँमा प्रदर्शनरत नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहबीच ढुंगा हानाहान भएको छ । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका दुवै समूहबीच आज दिउँसो झडप भएको हो। तीनकुनेमा हुने प्रदर्शनका लागि युवा संघका कार्यकर्ता मोटरसाइकल र्‍याली गर्दै बल्खु पुगेपछि दुर्गा प्रसाईं समूह र युवा संघ कार्यकर्ताबीच ढुंगा हानाहान भएको हो। प्रहरी उक्त स्थानमा पुगे लगत्तै स्थिति नियन्त्रणमा आएको छ। भ्रष्टाचार, महंगी, अनियमितता र राज्यको अराजकताविरुद्ध र गणतन्त्रको पक्षमा काठमाडौंमा जनप्रदर्शन गरेको युवा संघ नेपालले जनाएको छ। प्रसाईँ… पुरा पढौ

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नयाँ मतभार

काठमाडौँ, ६ मङ्सिर । राष्ट्रिय जनगणना २०७८ को नतिजाबमोजिम राष्ट्रियसभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका मतदाताका लागि नयाँ मतभार कायम भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको सिफारिससमेत आधारमा राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट आज निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनमा उक्त मतभार प्रदेशसभा सदस्यका लागि ४८ र गाउँपालिकाका अध्यक्ष… पुरा पढौ

कोशी सरकारबाट बाहिरियो एमाले, मन्त्री राम रानाले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमालेसँगको सहमतिविपरीत गठबन्धनलाई सरकारमा ल्याएपछि एमाले मन्त्री राम रानाले राजीनामा दिएका छन् । योसँगै कोशीबाट नेकपा एमाले औपचारिकरूपमा बाहिरिएको छ । मन्त्रिपरिषद् विस्तारमा असहमति जनाउँदै पार्टीको निर्णयअनुसार रानाले आज बिहान मुख्यमन्त्री कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । मुख्यमन्त्रीले सहमति अनुसार कदम नचालेको भन्दै सरकार छाडेको मन्त्री रानाको भनाइ छ। उनी विना विभागीय मन्त्री थिए। एमालेको समर्थनमा काङ्ग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री बनेका कार्कीले शुक्रबार उसको सहमति बेगर माओवादी र एकीकृत समाजवादीबाट एक एक जना मन्त्रीलाई… पुरा पढौ