
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमालेसँगको सहमतिविपरीत गठबन्धनलाई सरकारमा ल्याएपछि एमाले मन्त्री राम रानाले राजीनामा दिएका छन् । योसँगै कोशीबाट नेकपा एमाले औपचारिकरूपमा बाहिरिएको छ ।
मन्त्रिपरिषद् विस्तारमा असहमति जनाउँदै पार्टीको निर्णयअनुसार रानाले आज बिहान मुख्यमन्त्री कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।
मुख्यमन्त्रीले सहमति अनुसार कदम नचालेको भन्दै सरकार छाडेको मन्त्री रानाको भनाइ छ। उनी विना विभागीय मन्त्री थिए।
एमालेको समर्थनमा काङ्ग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री बनेका कार्कीले शुक्रबार उसको सहमति बेगर माओवादी र एकीकृत समाजवादीबाट एक एक जना मन्त्रीलाई सपथ गराएका थिए।