प्रवास

इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने

आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने छ । परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार नेपाल फर्कन चाहनेहरुलाई लिन दुई सय ५० सिट क्षमताको विमान इजरायल गएको हो । उक्त आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने छ जना घाइते भएका थिए ।… पुरा पढौ

हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु

एजेन्सी । प्यालेस्टानी विद्रोही (हमास)को आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। तीन जना घाइते भएका छन् । इजरायलस्थित नेपाली राजदूतका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् । यस्तै पाँचनली, डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ । सारदा–२ सल्यानका विधान… पुरा पढौ

इजरायलमा नौ नेपाली घाइते, दुईको अवस्था गम्भीर

एजेन्सी । इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले बताएको छ । शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले यसको पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन । मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ । प्यालेस्टाइनी लडाकूहरूले गाजा पट्टीबाट हवाई, समुद्र र स्थलमार्ग हुँदै इजरायलविरुद्ध ‘युद्ध’ सुरु गरेका र आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु… पुरा पढौ

नेपालको विकासमा सहयोग गर्ने बेलायतको प्रतिबद्धता

काठमाडौँ, २० असोज । नेपाल–बेलायत मैत्रीसन्धि भएको शतवार्षिकीका अवसरमा शुक्रबार लण्डनस्थित नेपाली राजदूतावास र परराष्ट्र, राष्ट्रमण्डल एवं विकास कार्यालयद्वारा संयुक्त रुपमा इडनबरामा रहेको शाही वनस्पति उद्यानमा जलवायु परिवर्तन त्यसका असरमा केन्द्रित रहेर एक कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा बेलायतका लागि नेपालका राजदूत ज्ञानचन्द्र आचार्यले सन् १९२३ मा भएको नेपाल–बेलायत मैत्रीसन्धिका विविध पक्षबारे चर्चा गर्दै जैविक विविधता संरक्षण तथा नेपालमा जलवायु परिवर्तनका प्रभाव घटाउने बारेमा इडनबरा शाही वनस्पति उद्यानसँग साझेदारी भइरहेको बताए । विशेष गरी उद्यानसँग नेपालका संस्थाहरूले अनुसन्धान, क्षमता… पुरा पढौ

१९औँ एसियाली खेलकुद: नेपालको निराशाजनक खेल प्रदर्शन

हाङ्जाउ (चीन), ८ असोज । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन । उसुको पुरुष थाउलो छाङछ्वानमा नेपालका विजय सिंजालीले सातौं स्थान हासिल गरे । चौध खेलाडी सहभागी रहेको उक्त स्पर्धामा सिजालीले नौ दशमलव सात सय तीन स्कोर गरे । सो स्पर्धामा आयोजक चीनका खेलाडीले स्वर्ण पदक जिते भने इन्डोनेसियाले रजत तथा मकाउले कास्य पदक प्राप्त गरेको छ । यसैगरी उसुको सान्सौं (फाइट) तर्फ नेपालकी एलिना चौधरी र रोहित चुनारा पनि पराजित भए… पुरा पढौ

हाङ्चाओ पुगे प्रधानमन्त्री दहाल, आजै सी चीनफिङसँग भेट्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ हाङ्चाओ पुगेका छन्। चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा एक साता लामो भ्रमणका लागि प्रधानमन्त्री चीन पुगेका हुन्। चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा एक साता लामो भ्रमणका लागि चीन गएका उनलाई हाङ्चाओ विमानस्थलमा चिनियाँ उपप्रधानमन्त्री हि ली फाङले स्वागत गरेका छन्। संयुक्त राष्ट्र संघको महासभा सहभागी भएर उनी सोझै अमेरिकाबाट सोझै हाङ्चाओ सहरमा अवतरण गरेका हुन्। शनिबार उनी १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन्। उक्त समारोहमा चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि सहभागी हुँदैछन्।… पुरा पढौ

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिन्छः प्रधानमन्त्री दाहाल

काठमाडौँ, १ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन अमेरिकामा रहेका उनले त्यहाँस्थित नेपाली सञ्चारकर्मीसँग आइतबार भएको भेटमा नेपाली नागरिकलाई मतादानको अधिकारबाट बञ्चित हुन नदिइने बताए । उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको जानकारी दिए । प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि सरकार तयार रहेको बताउनुभयो । सरकारले गरेका राम्रा र सकारात्मक कुरालाई भन्दा… पुरा पढौ