प्रवास

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

भुवनप्रसाद आचार्य काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस महामारीबाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३,  अमेरिका १०, युएई दुई, आयरल्याण्ड एक, जापान एक, टर्कि एक र नेदरल्याण्डमा एक, जनाको ज्यान गएको हो । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर एक हजार नौ सय ८२ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको… पुरा पढौ

कास्कीका विजय गुरुङको कोरोनाका कारण युकेमा मृत्यु

लण्डन । बेलायतको रेडिङ शहरमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । रेडिङको ‘रोयल बर्कशायर अस्पताल’मा उपचारकै क्रममा गत आइतबार साँझ उनको निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले जानकारी दिए । उनले विगत केही महिनादेखि ढाडको समस्या झेलिरहेका थिए । ढाडकै समस्याका लागि नियमित औषधि सेवन गर्दै आएका गुरुङलाई श्वासप्रश्वासमा अफ्ठेरो भएपछि अप्रिल १३ तारिख आइतबार अस्पताल भर्ना गरिएको थियो । अस्पतालले परिवारलाई उपलब्ध गराएको ‘रिपोर्ट’मा उनलाई निमोनिया र कोरोना भाइरसको… पुरा पढौ

यस्तो छ आपतकालीन घोषणापछि जापानमा नेपालीको अवस्था

सन थापा जापान (क्योतो), वैशाख ७ (अप्रिल १९) । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाईरस संक्रमित बढेपछि जापान सरकारले अप्रिल १७ मध्यरातबाट लागू हुने गरी देशव्यापी आपतकालीन घोषणा गरेको छ । घोषणापछि यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यातायात, कलकारखाना, उद्योग व्यवसाय सञ्चालन भए तापनि आंशिक रुपमा प्रभावित बनेको छ । करिब १ लाखको हाराहारीमा रहेको नेपाली समुदाय समेत प्रभावित बनेको छ । बढी प्रभावित होटेल रेष्टुरेन्ट आपतकालीन घोषणापछि व्यवसायमा ६०÷७० प्रतिशत घटेको करीब ८ वर्षदेखि फुकुओका प्रान्तमा… पुरा पढौ

कोभिड–१९ बाट विश्वभर २८ नेपालीको मृत्यु, हजार जना सङ्क्रमित

काठमाडौँ  – विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड–१९० बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेका छन् । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा १७, अमेरिकामा आठ, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको निधन भएको हो । स्वास्थ्य उपसमितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर एक हजार १६६   गैरआवासीय नेपाली अहिले कोरोनाबाट संक्रमित छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सको समूहले तयार पारेको सो आँकडानुसार २१… पुरा पढौ

बहराइनमा थप २७ नेपालीमा कोरोना, संक्रमित नेपाली ४९ पुगे

मुकुन्द गैरेकाठमाडौं, बैशाख ५ गते । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९ पुगेको छ । बहराइन स्थित नेपाली राजदूतावासले आज प्रेस विज्ञप्ती जारी थप २७ जना नेपाली नागरिकमा कोरोनाको संक्रमण देखिएको बताएको हो ।  यस अघि २२ जना नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएकोमा थप २७ जना थपिए संगै ४९ पुगेको हो ।बहराइन अधिराज्यमा १६ अप्रिल बेलुका ७ बजे सम्ममा ७६ हजार ९ सय ४४ जनामा कोरोना संक्रमण भए / नभएको परिक्षण गरिएको दूतावासले जानकारी दिएको छ । संक्रमित व्यक्तिहरुको संख्या… पुरा पढौ

कोरोना संक्रमणबाट घान्द्रुकका लक्षिन गुरुङको बेलायतमा मृत्यु

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बेलायतमा अर्का एक पूर्व गोर्खा सैनिकको निधन भएको छ । कास्कीको घान्दु्रक घर भई बेलायतको रेडिङ बस्दै आएका लक्षिनबहादुर गुरुङको आज बिहान निधन भएको हो । उनका भाञ्जा कमल गुरुङका अनुसार, उनी १२ दिनदेखि रेडिङस्थित बक्सायर अस्पचालमा उपचाररत थिए । उपचारका क्रममा आज बिहान निधन भएको उनले बताए ।६५ वर्षीय लक्षिन गण्डकीका चर्चित फुटबल खेलाडी समेत हुन् । उनी घान्द्रुक समाज रेडिङका पूर्वअध्यक्ष हुन् भने तमुधिँ यूकेका आजीवन सदस्य हुन् । लक्षिनका… पुरा पढौ

कोभिड–१९ बाट विदेशमा १४ नेपालीको मृत्यु, ६६५ मा सङ्क्रमण पुष्टि

काठमाडौँ, चैत ३० गते । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको ज्यान गएको छ । सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले सो तथ्याङ्क सार्वजनिक गरेको हो । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार हालसम्म विभिन्न मुलुकमा रहेका ६६५ गैरआवासीय नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ… पुरा पढौ